×

NMB BANK
NIC ASIA

नर्सहरूको गुनासो– हाम्रो सुरक्षाका आधारभूत सामग्रीविनै कोरोना शंकास्पदको उपचारमा खटाइयो

चैत १२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत नर्सहरूले कोरोना शंकास्पद बिरामीको उपचारमा खटिनु परेपनि आफूहरूको सुरक्षाका लागि आधारभूत सामग्री पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) समेत उपलब्ध नगराइएको गुनासो गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

प्रतिष्ठानको इमर्जेन्सी वार्डमा कार्यरत एक नर्सले आफूहरूको आधारभूत सुरक्षाविना नै कोरोनाका शंकास्पद् बिरामीहरूको उपचारमा खटिनुपरेको गुनासो गरिन् । त्रास नै त्रासमा काममा खटिनुपरेको उनको गुनासो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘एक जनालाई आइसोलेसनमा राखेको छ । अहिलेसम्म ४/५ शंकास्पद बिमारीलाई हेरिसक्यौं, तर हाम्रो आधारभूत सुरक्षा नै भएन,’ प्रतिष्ठानमा कार्यरत एक नर्सले लोकान्तरसँग भनिन् ।


Advertisment
Nabil box
Kumari

प्रतिष्ठान प्रशासनले आफूहरूलाई सामान्य सर्जिकल मास्क, साधारण गाउन र साधारण क्याप मात्रै उपलब्ध गराएको उनको गुनासो छ ।

Vianet communication
Laxmi Bank

प्रशासनका कर्मचारीले पर्याप्त स्यानिटाइजर प्रयोग गर्ने गरेपनि आफूहरूलाई आंशिक मात्र उपलब्ध गराइएको आरोप समेत उनले लाइन् ।

‘हामीले पर्याप्त स्यानिटाइजर पनि पाएका छैनांै, थोरै स्यानिटाइजर उपलब्ध गराएको भएर स्प्रिट मिसाएर प्रयोग गरेका छौं, चस्मा पनि हामीहरूले नै किनेर प्रयोग गरेका छौं,’ प्रतिष्ठानमा कार्यरत एक नर्सले लोकान्तरसँग भनिन् ।

आवश्यक सामग्रीका लागि वार्ड इञ्चार्ज र प्रशासनमा कुरा गरेपनि सुनुवाइ नभएको उनको गुनासो छ । ‘पहिला त हामी आफू सुरक्षित भयौं भने पो निर्धक्क साथ काम गर्न सकिन्छ,’ उनले थपिन् ।

नर्सहरूलाई आधारभूत सामाग्री उपलब्ध नगराइएको बारे प्रश्न गर्दा प्रतिष्ठानका इमर्जेन्सी विभाग प्रमुख ज्ञानेन्द्र मल्लले समाग्री नभएका कारण उपलब्ध गराउन नसकिएको बताए ।

‘हामीले भै–भै त नदिएको होइन, यदि मेरो कर्मचारी इन्फेक्टेड भयो भने म आफैं बाँच्दिनँ । हामी यहाँ ३ हजारभन्दा धेरै कर्मचारी छौं, अहिलेको स्थितिमा धान्न नै सक्ने अवस्था छैन, बाहिर पनि किन्न पाइँदैन,’ मल्लले लोकान्तरसँग भने ।

उनले थपे, ‘प्रशासन, प्रदेश र केन्द्रलाई भनेका छौं, कतैबाट नआइसकेपछि लोकल प्रोडक्सन गर्न सकिन्छ कि भनेर धेरै सोच्यौं, स्यानिटाइजार यहिँ कसरी उत्पादन गर्न सकिन्छ भनेर सोच्यौं, तर उत्पादन गर्न सामाग्री चाहियो । अब हामीलाई केहि दिनपछि खानाको समेत समस्या पर्न सक्छ । कोरोनाको पहिलो बिमारी देखिएको दिनदेखिनै हामी कसरी समस्याहरूलाई सामाधान गर्ने भन्नेतिर लागिराखेका छौैं ।’

आफूहरू जोखिममा रहेको गुनासो उनले पनि गरे ।

‘हामी डाक्टर तथा नर्सहरू निकै जोखिममा छौं, तर प्रशासन र हामीहरू समस्या समाधानका लागि नलागेको भने होइन,’ उनले भने ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ भने अस्पताल र प्रतिष्ठाहरूले पनि आवश्यक सामग्री खरिद गर्नुपर्ने बताउँछन् ।

केही सामग्री आफूहरूले पठाउने तयारी गरिरहेको उनले बताए ।

‘अहिले ग्लोभ्सको अभाव छ, अरू सामग्रीहरू हामीले पठाउने तयारी गरिराखेका छौं,’ श्रेष्ठले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x