माघ २२, २०८०
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सञ्चार माध्यमहरूबाट बुधबार दिउँसो खबर फैलियो– मुलुकभित्रै तेस्रो व्यक्तिमा कोभिड–१९ संक्रमणको पुष्टि । तर अनलाइनहरूमा मुख्य समाचार बनिसक्दासम्म पनि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा कार्यरत चिकित्सकलाई मात्र हैन, निर्देशकलाई समेत त्यसबारे पत्तो थिएन । जबकि संक्रमित बिरामी त्यही अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन् ।
बिरामीमा कोभिड–१९ संक्रमण देखिएको सूचना बाहिरिएलगत्तै त्यसबारे बुझ्न उक्त अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीलाई कान्तिपुरले सम्पर्क गर्दा उनले अनभिज्ञता जनाए। ‘हामीले उपचार गरिरहेको बिरामी, हामीलाई नै रिपोर्ट आएको छैन,’ उनले भने, ‘यहाँ डाक्टरहरू सबैले मलाई कराइरहेका छन्। मैले के जवाफ दिने?’
लगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटालाई सम्पर्क गर्दा उनले भने, ‘म पनि विवरण खोज्दै छु, पाएको छैन। आधा घण्टामा कल गर्नुस् न है।’
दुवैको जवाफबाट स्वास्थ्य मन्त्रालयका विभागहरूबीच अहिलेको विषम परिस्थितिमा पनि राम्रो समन्वय नरहेको प्रस्टै बुझिन्थ्यो। मन्त्रालयका यस्तै कमजोरीबीच स्वास्थ्यमन्त्री भानुभक्त ढकालले अपराह्न ४ः१५ बजे पत्रकार सम्मेलन गरी जानकारी दिए– एयर अरेबियाको फ्लाइट नम्बर जी–९५३७ मार्फत यूएईबाट आएका व्यक्तिमा कोभिड–१९ को संक्रमण देखियो। पत्रकार सम्मेलनमा उनले अब सबै संयन्त्र ‘चेन अफ कमान्ड’ का आधारमा चल्ने र त्यसलाई सबैले मान्नुपर्ने पनि बताए।
चिकित्सकहरूले भने संक्रमित व्यक्तिबारे मन्त्रालयले १४ घण्टाभन्दा बढी सूचना लुकाएको भन्दै आपत्ति जनाएका छन्। ‘ती व्यक्ति संक्रमित रहेको कुरा हिजो (मंगलबार) राति नै मन्त्रालयलगायतलाई थाहा रहेछ, तर हामी उपचारमा संलग्न चिकित्सकले बुधबार साँझ मात्र सञ्चार माध्यमबाट थाहा पायौं,’ टेकु अस्पतालका डा. राजेश साहले भने, ‘बिरामीको उपचारमा संलग्न चिकित्साकर्मीसँग संक्रमणको स्थिति लुकाउँदा ठूलो दुर्घटना हुन सक्ने अवस्था छ।’
टेकु अस्पतालका चिकित्साकर्मीले बुधबारै आफ्ना निर्देशक डा. राजभण्डारीलाई भेटेर बिरामीको अवस्थाबारे जानकारी लुकाउने काम भए उपचार प्रक्रिया नै छोड्ने चेतावनी दिएका छन्। जवाफमा डा. भण्डारीले आफूलाई पनि ती बिरामी संक्रमित रहेको जानकारी नरहेको चिकित्साकर्मीहरूलाई बताएका थिए।
‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कुनै व्यक्तिको कोभिड–१९ रिपोर्ट पोजेटिभ आउनेबित्तिकै इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखालाई जानकारी दिनुपर्ने हो। त्यसले तुरन्तै हामीलाई सूचित गर्नुपर्ने हो,’ डा. राजभण्डारीले भने। तर जनस्वास्थ्य प्रयोगशालालाई कोभिड–१९ देखिएको रिपोर्ट अस्पताललाई नदिई सिधै स्वास्थ्य मन्त्रालयमा पठाउन लगाइँदा यसअघि पनि यस्तै समस्या देखिएको उनले जनाए।
पहिलो कोरोना संक्रमितबारेको जानकारी पनि हङकङको प्रयोगशालाबाट राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा आएको २४ घण्टापछि मात्र स्वास्थ्यमन्त्रीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेका थिए।
मुख्य अस्पतालमै छैन पीपीई
बुधबारको पत्रकार सम्मेलनमा मन्त्री ढकालले बढीमा तीन दिनभित्र सरकारले पीपीई (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) लगायतका चिकित्सा सामग्री विदेशबाट आउने जनाए। उनले यस्तो जानकारी दिए पनि सरकारले खरिदका लागि आह्वान गरेको बोलपत्रमा भने कसैले इच्छा प्रकट नगरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ।
सरकारले कोभिड–१९ को उपचारका लागि प्रमुख रूपमा तोकेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीपीई नै छैन भने हुन्छ। अस्पताल स्रोतका अनुसार चिकित्सकहरूले हालसम्म जेनतेन बिरामी जाँच गरिरहेका भए पनि संक्रमितको संख्या बढे गम्भीर समस्या निम्तिने अवस्था छ। पीपीईबिना डाक्टरहरू कोरोना संक्रमितको उपचारमा संलग्न हुन सम्भव हुन्न।
अस्पतालमा कार्यरत एक चिकित्सकका अनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डका आधारमा प्रयोग गर्ने हो भने अहिले मौज्दात पीपीईले दुई/तीन दिन धान्न पनि मुस्किल छ। ‘अहिले त खासमा चिकित्सकहरूले मात्रै प्रयोग गरिरहेका छौं। भोलि बिरामी बढेको खण्डमा अरू स्टाफहरूका लागि पनि पीपीई चाहिन्छ, त्यस्तोमा कसरी व्यवस्था हुन्छ भनेर चिन्तित छौं,’ उनले भने।
स्वास्थ्यमन्त्री ढकालले भने पीपीई मन्त्रालयमा रहेको बताए। ‘हामीसँग मन्त्रालयमा अझै पनि स्टक छ। त्यो अपुग होला, तर हामीले थप व्यवस्था गर्ने प्रयत्न गरिरहेका छौं,’ उनले भने, ‘आउनेबित्तिकै आवश्यक सबै स्थानमा पठाउँछौं।’
पीपीईलगायत सामग्री आपूर्ति नहुँदै संक्रमितको संख्या बढे सीमित सरकारी तथा निजी अस्पतालले केही दिन सेवा दिए पनि त्यसलाई निरन्तरता दिन मुस्किल पर्ने चिकित्सक बताउँछन्। सरकारले लकडाउन गरेर स्थिति नियन्त्रण गर्न खोजे पनि कतारलगायत विश्वका विभिन्न कुनाबाट स्वदेश भित्रिएका नेपालीले होम क्वारेन्टाइनको नियम नमानेकाले संक्रमितहरूको संख्या बढ्न सक्ने उनीहरूले बताए।
अझै पनि अपर्याप्त परीक्षण
जनस्वास्थ्यविद् तथा विज्ञ चिकित्सकले कोभिड–१९ को महामारी नियन्त्रण गर्नका लागि धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने सुझाव दिए पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पछिल्ला दुई दिनमा ७७ वटा मात्रै नमुना परीक्षण गरेको छ। हालसम्म प्रयोगशालाले ६ सय ८७ नमुना परीक्षण गरेको छ, तीमध्ये तीन जनामा संक्रमण रहेको पुष्टि भएको हो।
स्वास्थ्यमन्त्री ढकालले लकडाउनका कारण नमुनाहरू काठमाडौं ल्याइपुर्याउन मुस्किल भएकाले छिट्टै पूर्वमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि नमुना परीक्षण गरिने जानकारी दिएका छन्। पश्चिमबाट भने नेपालगन्जमा नमुना संकलन गरेर बेलुका विमानबाट ल्याइने बताएका छन्। काठमाडौंबाट तीन/चार घण्टाको दूरीमा रहेको स्थानबाट एम्बुलेन्समा नमुना ल्याइने उनले जनाए। उनले परीक्षणको दायरा किन नबढाइएको हो भन्ने विषयमा भने केही बोलेनन्। कान्तिपुर दैनिकमा खबर छ ।
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...