×

NMB BANK
NIC ASIA

कोरोना कहर : १० दिनमा राजधानीबाट १२ लाख र भारतबाट ५ लाख नागरिक गाउँ पसे, तर पसेन जागरण

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोनाको त्राससँगै सहरका मान्छे सोहोरिएर गाउँ पसेका छन् । भारतबाट सीमा नाकाहुँदै ठेलमठेल फर्किएका हजारौँको भीड पनि गाउँमै पुगेको छ । तेस्रो मुलुकबाट जेजति फर्किए, ती पनि गाउँमै गएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

गाउँका क्वारेन्टाइन रोजगारीका लागि भारत गएका र कोरोना संक्रमण फैलिएपछि गाउँ फर्किएका सर्वसाधारणलाई कतिपय गाउँमा क्वारेन्टाइनमा राखिएको छ । तर, ती क्वारेन्टाइनको अवस्था कस्तो छ ? अछाम मंगलसेनमा रहेको क्वारेन्टाइनको यो तस्बिरले देखाउँछ, जहाँ ५० जनाको समूहमा २८ पुरुष र १० महिलामात्र होइन, १२ बालबालिका पनि असुरक्षित बसाइमा छन् । तस्बिर : ध्रुव बिसी (अछाम)
तर, गाउँमा संक्रमण फैलिए जुध्ने प्रभावकारी तयारी छैन । मान्छेको चापका तुलनामा क्वारेन्टाइन र आइसोलेसन बेड नगन्य छन् । स्वास्थ्य संस्थाहरूमा सामान्य उपकरणको समेत अभाव छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

१ देखि १० चैतसम्म १२ लाख सर्वसाधारणले काठमाडौं उपत्यका छोडेका छन् । यस अवधिमा सात लाख भने उपत्यकामा भित्रिएका छन् । उपत्यकाबाट बाहिरिएका धेरैजसो सार्वजनिक यातायात चढेर गृहघर गएका छन् । उनीहरूमध्ये कतिपय कामविशेषले आएर फर्किनेहरू पनि छन् । उपत्यकाबाहिरका सहरहरूबाट समेत ठूलो संख्यामा सर्वसाधारण गाउँ पुगेका छन् । 


Advertisment
Nabil box
Kumari

त्यस्तै, भारतमा कोरोना संक्रमण देखिएपछि नेपाल–भारत सीमा क्षेत्रमा पनि स्वास्थ्य जाँच सुरु गरिएको थियो । त्यसबीचमा करिब १० लाखको ज्वरो परीक्षण भएको छ । सशस्त्र प्रहरीको तथ्यांकअनुसार २४ फागुनदेखि १२ चैतसम्म सीमामा रहेका सशस्त्रको हेल्प डेस्कमा मात्रै सात लाख चार हजारको ज्वरो परीक्षण गरिएको छ । त्यसमध्ये ९० प्रतिशत नेपाली र १० प्रतिशत भारतीय भएको सशस्त्रका प्रवक्ता डिआइजी प्रवीणकुमार श्रेष्ठको भनाइ छ । 

Vianet communication
Laxmi Bank

भारतबाट फर्किने कतिपयलाई सेनाको स्वास्थ्य टोलीले परीक्षण गरेको थियो । कतिपय भने परीक्षण नै नगराई भित्रिएका छन् । सबै गरी भारतबाट करिब १० लाख भित्रिएको र यसमध्ये आधाजसो सीमा क्षेत्रका नागरिक भएको गृह मन्त्रालयको आकलन छ । भारतमै रोजगारी गरिरहेका नेपाली पाँच लाखजति फर्किएको गृहको अनुमान छ । भारतमा संक्रमण देखिएयता सीमामा परीक्षण थालिएको थियो । उताबाट आएका कतिपय क्वारेन्टाइनबाट समेत भागेका थिए । 

नौ दिनमा विदेशबाट १५ हजार भित्रिए
१ चैतयता विभिन्न देशबाट नेपालमा १५ हजारजना भित्रिएको अध्यागमन विभागको तथ्यांक छ । उनीहरू अधिकांश नेपाली हुन् ।सरकारले उनीहरूलाई अनिवार्य रूपमा होम क्वारेन्टाइनमा बस्न भनेको थियो । तर, त्यसको अनुगमन हुन सकेको छैन । संक्रमणका पछिल्ला दुवै संक्रमित विदेशबाट आएको प्रस्ट भइसकेको छ । आएका १५ हजारमध्ये अरूमा पनि संक्रमणको आशंका छ । तर, उनीहरू कहाँ छन् भने राज्यलाई जानकारी छैन ।

चितवन : ११२ आइसोलेसन वार्ड छन्, क्वारेन्टाइन छैन 

चितवनमा स्थानीय तहले केही आइसोलेसन वार्ड तयार गरे पनि क्वारेन्टाइनको व्यवस्था गरेका छैनन् । भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग संघको प्रदर्शनी केन्द्रमा ‘भरतपुर कोरोना विशेष अस्थायी अस्पताल’ सञ्चालन गरिएको छ । अस्पतालमा १०–१० आइसियू र एचडियूसहित जम्मा ७० आइसोलेसन बेड छन् । भरतपुर अस्पतालमा पनि १९ बेडको आइसोलेसन वार्ड छ । तर, निजी अस्पतालले भने कुनै तयारी नै गरेका छैनन् । यसअघि प्रशासनले प्रत्येक अस्पताललाई आइसोलेसन वार्ड बनाउन भनेको थियो । 

रत्ननगर नगरपालिका–१४ स्थित गुञ्जमान अस्पतालमा २० बेडको आइसोलेसन वार्ड बनाइएको छ । कालिका, खैरहनी र राप्ती नगरपालिकाले रत्ननगर नगरपालिकासँगै सहकार्य गरेका छन् । उनीहरूले पनि बिरामी आए गुञ्जमान अस्पतालमै राख्ने निर्णय गरेका छन् । 

भारतसँग सीमा जोडिएको माडी नगरपालिकाले वसन्तपुरस्थित कृषि सेवा केन्द्रको भवनमा तीन बेडसहितको आइसोलेसन वार्ड बनाएको छ । जिल्लाको एक मात्र गाउँपालिका इच्छाकामनामा क्वारेन्टाइन र आइसोलेसन दुवै छैन । 

दैलेख : ११५ बेडको क्वारेन्टाइन, १५ बेड आइसोलेसन 

दैलेखमा ११५ बेडको क्वारेन्टाइन र १५ बेडको आइसोलेसन बनाइएको छ । नारायण नगरपालिकाको रामपुरस्थित नारायण क्याम्पसका १५ कोठामा सय बेडको क्वारेन्टाइन बनाइएको छ । जिल्ला प्रहरी कार्यालयमा पनि १५ बेडको क्वारेन्टाइन निर्माण गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयमा ११ आइसोलेसन वार्ड तयार छन् । त्यस्तै, इन्द्र दल गुल्मले ४ आइसोलेसन बेड तयार गरेको हो । 

क्वारेन्टाइनका लागि आवश्यक पर्ने औषधि करिब दुई महिनालाई पुग्ने गरी स्टक राखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. निरञ्जन पन्तले बताए । क्वारेन्टाइनमा बस्ने बिरामीलाई खाना, पानी र शौचालय व्यवस्थापन सुरक्षा निकायले जिम्मा लिएर थालेको इन्द्र दल गुल्मका गुल्मपति गणेश पन्तले बताए । स्वास्थ्यकर्मीहरूलाई स्थानीय स्तरमै ड्रेस निर्माण गर्न थालिएको छ । 

नगरभित्र ६ हजारभन्दा बढी मास्क वितरण गरिएको र जनचेताना बढाइएको नारायण नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले बताए । तर, बिरामीको संख्या ह्वात्तै बढे ज्वरो नाप्ने मेसिन नभएको उनले बताए । ‘काठमाडौंबाट पाँचवटा मेसिन मगाउन खोजेको, तर बिल चाहिन्छ भनेपछि व्यापारीले दिएनन्,’ उनले भने । 

बारा : १०२ बेडको आइसोलेसन वार्ड र क्वारेन्टाइन बन्दै 

बाराको जितपुर–सिमाना उपमहानगरपालिकाले १०२ बेडसहितको आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउँदै छ । आइसोलेसन वार्ड निर्माण तथा सरसफाइमा नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी र इलाका प्रशासन कार्यालयलगायत निकायले सहयोग गरिरहेका छन् । 

रुकुम (पश्चिम) : ३१ बेडको क्वारेन्टाइन, १० आइसोलेसन बेड

मुसिकोट नगरपालिकामा सेनाले २० तथा नेपाल प्रहरी र सशस्त्र प्रहरीले ४–४ बेडको क्वारेन्टाइन बनाएका छन् । मुसिकोटमै रहेको जिल्ला अस्पतालमा पाँच बेडको आइसोलेसन तयार छ । नगरपालिकाले पनि सामुदायिक विद्यालय, होटेल, सहिद प्रतिष्ठानको सभाहलमा क्वारेन्टाइन र आइसोलेसन निर्माणको तयारी गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले बताए । नगरपालिकाले पाँच हजारभन्दा बढी मास्क उत्पादन गरिरहेको जनाएको छ । चौरजहारी नगरपालिकामा ७० बेडको आइसोलेसन तयारी गरेको निमित्त प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । सामुदायिक विद्यालयहरूमा हजार बिरामी क्षमताको क्वारेन्टाइन निर्माणको तयारी भइरहेको छ । 

त्यस्तै, बाँफिकोट गाउँपालिका–४ छिन्खेतस्थित ल्याब भवनमा तीनजना क्षमताको क्वारेन्टाइन बनाइएको छ । गाउँपालिकाले प्रत्येक वडाका सामुदायिक विद्यालयलाई पनि क्वारेन्टाइनका रूपमा प्रयोग गर्ने तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत महेश गुरुङले बताए ।  सानीभेरी गाउँपालिकामा एक बेडको आइसोलेसन मात्रै बनाइएको छ । सानीभेरी शिक्षा क्याम्पस र प्रत्येक वडाका सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत भूपालसिंह विष्टले बताए । 

त्रिवेणी गाउँपालिकाले पनि आइसोलेसन वार्ड र क्वारेन्टाइन बनाउने तयारी भइरहेको जनाएको छ भने आठबिसकोट नगरपालिकाले राडीज्युला शिक्षा क्याम्पसको भवनमा चार बेडको आइसोलेसन स्थापना गरेको छ । रुकुम (पश्चिम)का स्थानीय तहले मास्क उत्पादनसमेत गर्दै छन् भने कोरोना राहत कोष पनि बनाएका छन् । हेल्थ डेस्क स्थापना गर्नेदेखि पर्चा–पम्प्लेटबाट कोरोनाबारे जानकारी गराएका छन् ।

सिराहा : २० बेड आइसोलेसन

१७ स्थानीय तह भएको सिराहामा चार अस्पतालमा २० बेड आइसोलेसन तयार गरिएको छ । सिराहा अस्पतालमा पाँच बेड आइसोलेसन तयार गरिएको छ । त्यस्तै, निजीस्तरमा सञ्चालित धनगढीमाई नगरपालिकाका–९ मुसहर्नियास्थित आरको मेडिसिटी अस्पताल र कर्जन्हा नगरपालिका–९ कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पतालमा पाँच–पाँच बेडको आइसोलेसन तयार छन् । त्यस्तै, प्रदेश सरकारको योजनाअन्तर्गत लहानको सप्तऋषि अस्पतालमा पाँच शय्याको आइसोलेसन वार्ड बनाइएको छ । 

जिल्ला अस्पतालमा सूचना संकलन केन्द्र र ज्वरो जाँच क्लिनिक स्थापना गरिएको छ । चिकित्सकको सुरक्षाका लागि चाहिने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) नहुँदा समस्या भएको पालिकाका स्वास्थ्य संयोजकहरूले गुनासो गरेका छन् । लहान बजारमा अत्यावश्यक सामग्रीबाहेकका पसल बन्द छन् । हाटबजारहरू बन्द भएका छन् । 

रसुवा : नौ बेड आइसोलेसन तयार, २१० क्वारेन्टाइन र ३५ बेड आइसोलेसन बन्दै 

रसुवा अस्पताल धुन्चेमा चार बेड र जिबजिबे ग्रामीण अस्पतालमा पाँच बेड आइसोलेसन तयार छ । ७२ घन्टाभित्र सक्ने गरी दुई सय १० बेड क्वारेन्टाइन र ३५ बेड आइसोलेसन निर्माण सुरु भएको छ । 

चीनसँगको सिमाना रसुवागढी क्षेत्रमा रहेका होटेल तथा लज भाडामा लिई ३०, स्याफ्रुबेसीमा रहेको कोमिन श्याङफेल माविमा १५, धुन्चेस्थित कृषि ज्ञान केन्द्र र पशुविज्ञ तथा भेटेनरी अस्पतालमा ५०, कालिका गाउँपालिकाको कालिका हिमालय कलेजमा ५० बेडको क्वारेन्टाइन बनाइँदै छ । त्यस्तै, आमाछोदिङ्मो गाउँपालिकाको सरस्वती माविमा १५, नौकुण्ड गाउँपालिका भवनमा १५, उत्तरगया गाउँपालिकाको डाँडागाउँ माविमा १५ र बेत्रावतीस्थित सहकारी भवनमा २० बेडको क्वारेन्टाइन निर्माण भइरहेको छ । त्यस्तै, धुन्चेको महिला विकास भवनमा २० र जिबजिबे ग्रामीण अस्पतालमा १५ गरी ३५ बेडको क्वारेन्टाइन बन्दै छ ।  सवारी आवतजावत ठप्प छ, जिल्लाका व्यक्तिलाई स्वास्थ्य परीक्षण गरेर प्रवेश दिइएको छ । अत्यावश्यक कामका लागि मात्रै अर्को जिल्ला र एक–अर्को स्थानीय तहमा आउजाउ गर्न अनुमति दिइएको छ । 

सिन्धुपाल्चोक : १४ बेडको आइसोलेसन तयार

सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा चार आइसोलेसन बेड तयार छन् । त्यहाँ चौतारा अस्पतालका डाक्टरले सेवा दिनेछन् । चौतारा अस्पतालमा यसअघि नै ६ आइसोलेसन बेड तयारी अवस्थामा छन् । 

त्यस्तै, मेलचौरस्थित खुलाचउर र साँगाचोकस्थित जुगल बहुमुखी क्याम्पसमा क्वारेन्टाइन तयार भएको छ । मेलम्ची नगरपालिकाले मेलम्ची अस्पतालमा चार आइसोलेसन बेड र जागेश्वरी आधारभूत विद्यालयलाई क्वारेन्टाइन बनाएको छ । तर, स्वास्थ्य परीक्षण गर्ने सामग्री अभावले काम प्रभावित भएको मेयर डम्बरबहादुर अर्यालले बताए । 

बाह्रबिसे नगरपालिकाले सुनकोसीस्थित सामुदायिक भवनलाई क्वारेन्टाइन बनाएको छ । भोटेकोसी गाउँपालिकाले अध्यागमन कार्यालयको पुरानो भवनलाई क्वारेन्टाइनको रूपमा प्रयोग गर्ने भएको छ । जिल्लाका सबै स्थानीय तह महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेर प्रचारप्रसारमा लागेका छन् ।

जुगल गाउँपालिकाले स्थानीयको घरघर पुगेर साबुनपानीले हात धुन सिकाइरहेको छ । हेलम्बु गाउँपालिकाले प्रत्येक वडामा मास्कसहित व्यक्तिगत सुरक्षा सामग्री वितरण गरेको छ । यद्यपि, इन्द्रावती, सुनकोसी, लिसंखुपाखर, त्रिपुरासुन्दरी र बलेफी गाउँपालिकामा स्वास्थ्य उपकरण अभाव छ । इन्द्रावती गाउँपालिका अध्यक्ष वंशलाल तामाङले ज्वरो नाप्ने उपकरण, मास्क, स्यानिटाइजर र औषधि अभाव भएको बताए । 

खोटाङ : तीन बेड आइसोलेसन तयार, ३६ बेडको क्वारेन्टाइन बनाइँदै

दिक्तेल बजारमा ३६ शय्याको क्वारेन्टाइन निर्माण हुँदै छ । माउन्ड एभरेष्ट बोर्डिङ स्कुलमा क्वारेन्टाइन बनाउन लागिएको हो । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, नेपाली सेना र नेपाल रेडक्रस सोसाइटी खोटाङले क्वारेन्टाइन निर्माण गर्ने जिल्ला समन्वय समिति खोटाङका प्रमुख बबि चाम्लिङले बताए । क्वारेन्टाइन निर्माणसँगै जिल्लामा सञ्चालित एम्बुलेन्स सेवा पनि तयारी अवस्थामा राख्ने निर्णय भएको छ । यसअघि दिक्तेल अस्पतालमा तीन बेडको आइसोलेसन वार्ड तयार गरिएको छ । 

कैलाली : रंगशालामा  १०९ बेड आइसोलेसन 

सुदूरपश्चिम प्रदेश सरकारले धनगढी रंगशालामा टेन्ट लगाएर आइसोलेसन बेड बनाएको छ । सेनाले १९ टेन्टमा ३९ बेड आइसोलेसन बनाएको हो । त्यस्तै रंगशालाको भवन र पूर्वतर्फको प्यारापिटपछाडि ७० आइसोलेसन बेड तयार छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x