इरानमा कोरोनाले धेरैको ज्यान लिए पनि अमेरिकी सहयोग अस्वीकार

कोरोनाभाइरसका कारण संसार नै आक्रान्त बनिरहेको बेलामा इरानमा पनि यसको कहर जारी छ । अहिलेसम्म त्यहाँ २ हजार ७७ जनाले ज्यान गुमाइसकेका छन् । 

यस्तो अवस्थामा अमेरिकाले इरानलाई सहयोग गर्नका लागि लगातार प्रस्ताव गरिरहेको छ । तर इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनीले अमेरिको सहायता प्रस्ताव लगातार अस्वीकार गरिरहेका छन् । 


Advertisement

अमेरिकाको परराष्ट्र मन्त्रालयले अमेरिकालाई इरानको सहायता गर्ने अनुमति इरानले दिनुपर्ने बताएको छ । मानवीय संकटमा दिइने सहायतालाई प्रतिबन्धले नछेक्ने उसको भनाइ छ । खमेनीलाई आफ्नो जनताको चिन्ता छैन, नगद लिएर फटाही गर्न मात्र मन लाग्छ भनी उसले गम्भीर आरोप समेत लगायो । 

उता खमेनी चाहिँ अमेरिकी नेताहरूले झूटो दाबी गरिरहेको बताउँछन् । हामीलाई सहायता गर्ने भए हामीमाथिको प्रतिबन्ध हटाउनू नि, खमेनी भन्छन् । आफूहरू कोरोनाविरुद्धको लडाइँ आफैं लड्न सक्ने उनको भनाइ छ । 


Advertisement

अमेरिकाले इरानका कमान्डरलाई गत जनवरी महिनामा मारेपछि दुई देशबीचको तनाव चरममा छ । त्यसै पनि अमेरिकाले इरानमाथि आर्थिक नाकाबन्दी लगाएको छ । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्