×

NMB BANK
NIC ASIA

‘लक-डाउन’मा तरकारी र फलफूलको मूल्यले आकाश छुँदै, गरीब निमुखाले खानै छोड्नुपर्ने बाध्यता

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड १९ को सम्भावित महामारी रोक्न देशैभर ‘लक-डाउन’ भएपछि खाद्य सामग्री र तरकारीको अभाव भएको जनताले गुनासो गर्न थालेका छन् ।

Muktinath Bank

‘लक-डाउन’का कारण कर्णाली प्रदेशको राजधानी सुर्खेतमा तरकारीको मूल्य दोब्बर हुन थालेको छ ।  


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘वीरेन्द्रनगर लकडाउन हुनुभन्दा दुई दिनअघि बन्दा गोभी प्रतिकेजी तीस रुपैंयामा फुटकर बिक्री हुन्थ्यो,’ विरेन्द्रनगरकी रिता शाहीले लोकान्तरसँग भनिन्, ‘केरा ८० रुपैंयाको दर्जन बजारमा पाईन्थ्यो । टमाटर प्रति केजी ४० रुपैंया प्रतिकेजी बजारमा फालाफाल पाइन्थ्यो । अहिले तरकारी र फलफूलको मूल्य छोइनसक्नु भएको छ । कोठा भाडामा लिई बसेका हामीजस्ता नागरिकले तरकारी किन्न छोड्नुपर्ने अवस्था आइसकेको छ ।’


Advertisment
Nabil box
Kumari

उनका अनुसार बजारमा अहिले एक त तरकारी नै पाउन छोडेको छ भने पाइएको तरकारीको भाउले आकाश छोइरहेको छ ।

Vianet communication
Laxmi Bank

अर्का विरेन्द्रनगर निवासी शर्माको दुखेसो छ, ‘एक त भनेको बेलामा बजारमा जान सकिँदैन । नजिक भएका तरकारी पसलमा तरकारी खरिद गर्न जाँदा असाध्यै महँगो भइससकेको छ ।’

लकडाउन भएको तीन दिनमा नै तरकारीको मूल्यमा भएको भारि वृद्धिले गरीब निमुखालाई तरकारी र फलफूल किनेर खान पाउनु ठूलो चुनौती भएको शर्माले बताए ।

‘हुने खानेहरुका लागि त लकडाउनले जति महंगो भएपनि समस्या भएन तर हुँदा खानेहरुको भने बिचल्ली भएको छ । न राज्यको नजर यता परेको छ, न उता कोहीले केहि नहुने नागरिकप्रति ध्यान नै दिन सकेका छन्,’ शर्माले भने ।

राज्यले भने कोही पनि नागरिकलाई भोकै बस्न नदिने दाबी गरिरहेका बेलामा सडकमा माग्दै हिडने, दैनिक ज्यालादारी गर्दै हिडने, ढुंगागिट्टी कुटेर खाने आम नागरिकको चुलोमा तरकारी पाक्नै छोडेको वीरेन्द्रनगर ९ का शैलेश कार्की बताउँछन् ।

‘सबैभन्दा बढी पीडा त दैनिक ज्यालादारी गर्ने मजदुरलाई भएको छ,’ उनले भने, ‘न त उनीहरुले सस्तोमा तरकारी खरिद गर्न पाएका छन्, न त उनीहरुको चुलोमा तरकारी पाक्न थालेको छ, न त उनीहरुले काम गर्ने वातावरण नै छ ।’

वीरेन्द्रनगरमा दैनिक ज्यालादारीमा काम गर्दै आइरहेकी सुन्तली विश्वकर्माले आफूहरुलाई के खाउँ भन्ने दिन आएको बताइन । ‘दैनिक सात सयमा काम गरेर जहान बच्चा पालिरहेकी थिएँ,’ श्रीमान भारतमा काम गरिरहेको बताउँदै उनले भनिन्, ‘केही दिन पहिले थोरै जम्मा गरेको पैसा खाद्यान्न र तरकारी खरिदमै सकिएको छ । अबका दिन के गर्ने हो थाहा छैन ।’

वीरेन्द्रनगरमा अहिले टमाटर प्रतिकेजी एक सय, अंगुर प्रतिकेजी तीन सय, केरा प्रतिदर्जन एक सय बीस, आलु प्रतिकेजी पचास, भिण्डी एक सय, करेला एक सय, सिमी एक सय, बन्दा गोभी पचास रुपैंया, काउली साठी रुपैंयामा बिक्री भइरहेको छ ।

सुन्तला, स्याउ, केरा, तथा अन्य फलफूलको अभाव भएको स्थानीय व्यापारीहरूले बताएका छन् । ‘सब्जीमण्डीमा नेपालगञ्जबाट आउने तरकारी आउन करीब-करीब बन्द भएजस्तै भएको छ,’ स्थानीय एक तरकारी र फलफूल पसलेले भने, ‘कागती, अन्य तरकारीहरु हामी मण्डीमा नै पाउँदैनौ । त्यही कारण तरकारीको मूल्य बढेको हो ।’

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x