×

NMB BANK
NIC ASIA

गोदावरीमा ५१ लाखको आकस्मिक कोष खडा

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

गोदावरी नगरपालिकाले रु ५१ लाखको आकस्मिक कोष खडा गरेको छ । कोभिड–१९को सङ्क्रमणबाट नगरवासीको स्वास्थ्यमा पर्न सक्ने जोखिमलाई ध्यानमा राखी यसको न्यूनीकरणका लागि उक्त कोष खडा गरिएको हो ।

Sagarmatha Cement
Muktinath Bank

कोषमा सहयोग गर्न चाहने इच्छुक सङ्घसंस्था, व्यवसायी, बुद्धीजिवी, सहकारीलगायतका महानुभावहरू लाई नेपाल बैंक लिमिटेड, चापागाउँ शाखामा रहेको ०७८००१००६२८०२३०००००१ नं.को खातामा रकम जम्मा गर्न सक्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

छ स्थानबाट एम्बुलेन्स सेवा शुरू गरिने


Advertisment
Nabil box
Kumari

नगरपालिकाले नगर क्षेत्रका छ स्थानबाट एम्बुलेन्स सेवा शुरू गर्ने भएको छ । कोही कसैलाई कोराना भाइरसको सङ्क्रमण वा आशङ्का भई तत्काल स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुपरेमा एम्बुलेन्स सेवाका लागि उक्त निर्णय गरिएको हो । 

Vianet communication
Laxmi Bank

नगरपालिकाले वडा नं ३ गोदावरी, ५ लेले, ६ आनन्दवन अस्पताल, ८ डुकुछाप, ११ बज्रबाराही र १२ ठेचोबाट सो सेवा सञ्चालन गरिने जनाएको छ । 

नगरपालिकाका अनुसार यदि यी एम्बुलेन्स सेवा व्यस्त रहेमा नगरपालिका प्रमुख गजेन्द्र महर्जन र उपपमुख मुना अधिकारीद्वारा प्रयोग गर्दै आउनुभएका सवारी साधनलाई समेत एम्बुलेन्सको रुपमा प्रयोग गर्न सक्नेछ ।
 
चार हजार ४८० बोरा चामल मौज्दात

नगरपालिकाका प्रमुख महर्जनसहितको टोलीले बजार अनुगमन गर्दा प्याङ्गाउँ–चापागाउँ–ठेचोमा अवस्थित खाद्यान्न स्टोरहरू मा चार हजार ४८० बोरा चामल आजसम्म मौज्दात रहेको बताएका छन् । 

मुलुकमा कोभिड–१९ को त्रास बढेसँगै यी क्षेत्रमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना हुन नदिने उद्देश्यका साथ गरिएको अनुगमनका क्रममा सो मौज्दात रहेको पाइएको छ । अनुगमनको क्रममा ३२५ बोरा दाल, ३२४ बोरा चिनी, ७४५ बाकस तेल, १४२ बोरा नुन, केही बोरा गेडाडुडी र मैदाको पिठो पनि मौज्दात रहेको नगरपालिकाले जनाएको छ । 

यसैगरी गोदावरीले यी स्टोरका अलवा अन्य किराना स्टोरमा पनि केही समयका लागि आवश्यक खाद्यन्न रहेको जानकारी गराएको छ । अनुगमन टोलीमा प्रमुख महर्जनसहित वडाध्यक्ष जगतबहादुर महर्जन, निलबहादुर देशार, दर्शनकुमार विष्ट, महानगरीय प्रहरी परिसर चापागाउँका प्रहरी नायब उपरीक्षक (डिएसपी) कृष्णराज ओझा र गोदावरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जगनाथ महर्जन रहेका थिए ।

कोरोना प्रतिकार्य टोली गठन 

नगरपालिकाले महानगरीय प्रहरी वृत चापागाउँका १५ प्रहरी सम्मिलित कोराना प्रतिकार्य टोली गठन गरी तत्काल परिचालन गरिने व्यवस्था मिलाएको छ । यी प्रहरी टोलीले कोभिड–१९ विरुद्धका विभिन्न काम गर्नेछन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x