×

NMB BANK
NIC ASIA

यसरी जित्यो चीनले कोरोनाभाइरसविरुद्धको लडाइँ

चैत १३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

केही हप्ता अघिसम्म कोभिड–१९ का रोगीहरूले भरिभराउ चिनियाँ अस्पतालहरूमा अहिले खाली शय्या देखिन्छन् । कतिपय अस्थायी अस्पतालहरू बन्द गरिएका छन् । 

Muktinath Bank

कोरोनाभाइरसको उद्गमविन्दु वुहान शहरमा अब बन्दाबन्दी (लकडाउन) हटाउने तयारी गरिँदैछ । वुहान रहेको हुबेई प्रान्तमा त आवागमन खुला गरिसकिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्थानीयहरूलाई संक्रमण नभएको लगातार एक हप्ता भइसकेको छ । अहिले देखिएका संक्रमणहरू बाहिरबाट आएका मानिसले ल्याएका हुन् । 


Advertisment
Nabil box
Kumari

आफ्नो देशमा संक्रमण रोकिएपछि अहिले चीनले आफ्ना स्वास्थ्यकर्मीहरूलाई युरोपका देशमा पठाएर कोरोनाभाइरस रोक्नका लागि खटाइरहेको छ । 

Vianet communication
Laxmi Bank

विश्व स्वास्थ्य संगठन र चिनियाँ सरकारले १३ जना विदेशीहरूलाई चीनका पाँचवटा शहरको भ्रमण गराएर कोभिड–१९ महाव्याधिको स्थिति र त्यसलाई जित्न चीनले गरेको प्रयासका बारेमा जानकारी दिएको थियो । लगभग एक महिनाअघि गरिएको उक्त भ्रमणमा १२ जना चिनियाँ वैज्ञानिक पनि समावेश थिए । 

भ्रमणपछि विदेशी वैज्ञानिकहरू चीनको कामकारवाही देखेर छक्क परे । उक्त भ्रमणको प्रतिवेदनमा लेखिएको छ, ‘यो महाव्याधि फैलिनबाट रोक्नका लागि चीनले अपनाएको बहादुरीपूर्ण उपायले चीनमा साँच्चिकै भाइरस संक्रमणमा कमी आएको छ ।’

चीनको सफलताबाट विश्वले पनि पाठ सिक्न सक्छ । तर चीनको निरंकुश व्यवस्थाले व्यापक मात्रामा बन्दाबन्दी गरेर अनि कठोर निगरानी गरेर भाइरस संक्रमण रोक्नका लागि सफलता पाएको कुरा अन्य देशको हकमा लागू हुन्छ हुँदैन भन्ने प्रश्न पनि आफ्नै ठाउँमा छ । ‘यस क्षेत्रमा लामो समय बिताएको मान्छे हुनुको नाताले मलाई सोध्न मन लाग्छ– त्यस्तो कठोर उपाय अपनाएर पनि भाइरस फैलिनबाट रोक्न सकिँदो रहेछ त ? तर चीनमा लाखौं मानिसलाई भाइरसको संक्रमण नहुनुमा यही आक्रामक उपाय नै जिम्मेवार छ,’ क्यानडाका संक्रामक रोग विशेषज्ञ ब्रुस एलवार्डले बताए । उनी पनि भ्रमण टोलीमा थिए ।

वुहान शहरलाई पूरै बन्दाबन्दी गरियो र त्यस वरपरका अन्य शहरमा बस्ने ५ करोड मानिसलाई अनिवार्य क्वारेन्टाइनमा राखियो । त्यसले गर्दा संक्रमित व्यक्तिहरू देशका अन्य भागमा जान पाएनन् । चीनका अन्य क्षेत्रमा मानिसहरू स्वेच्छाले क्वारेन्टाइनमा बसे अनि उनीहरूलाई टोलछिमेकका नेताहरूले निगरानी समेत गरे । 

चिनियाँहरूले वुहानमा कोरोनाभाइरसको उपचारकै लागि भनेर दुईवटा अस्पताल जम्मा एक हप्तामा बनाए । चीनभरिका स्वास्थ्यकर्मीलाई वुहान पठाइयो । सरकारले कोरोना पुष्टि भएका मानिसको सम्पर्कमा आउने सबैलाई पत्ता लगाउन अभूतपूर्व प्रयास गर्‍यो । वुहानमा मात्र पाँच वा बढी मानिसका १८ सय भन्दा बढी समूहले दशौं हजार मानिसलाई पत्ता लगाए । 

आक्रामक रूपमा सामाजिक दूरी देशभरि अपनाइयो । सबै सार्वजनिक स्थानहरू बन्द गरिए । चिनियाँ नववर्षमा बन्द भएका विद्यालयहरूको बिदा अवधि बढाइयो । पसलहरू सबै बन्द गरिए । बाहिर निस्कने मानिसले मास्क लगाउन अनिवार्य गरियो । 

चीनमा व्यापक प्रयोग गरिने दुई मोबाइल यापहरू अलीपे र वीच्याटले पनि नियन्त्रण कायम गर्न सहायता गरे । मानिसहरूको आवागमनको हिसाब राख्न ती यापले सहायता गरे । संक्रमण प्रमाणित भएका मानिसलाई अन्त जान नदिनका लागि पनि यापबाट सहयोग पुग्यो । अनि मोबाइल फोनहरूमा रंगका कोडहरू दिएर कुन मान्छेको स्वास्थ्य स्थिति के छ भन्ने थाहा पाउने बनाइयो । हरियो रंगको कोड हुनेलाई मात्र हिँड्न दिइयो । 

चीनले कोरोनामाथि पाएको सफलताले अन्य देशलाई पनि आत्मविश्वास दिलाएको छ । नयाँ नयाँ क्षेत्रमा संक्रमण फैलिएको भनी दिनदिनै खबर आइरहेको भए पनि व्यावहारिक उपाय अपनाउँदा यसलाई जित्न सकिने रहेछ भनी चीनले सिकाएको छ । 
 

सायन्स म्यागेजिनबाट

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x