नर्सहरूलाई सहज होस् भनी अस्पतालले राख्यो रोबोट

आयरल्यान्डको एक अस्पतालले रोबोट परिचालन गरेर नर्सहरूलाई कोरोनाभाइरसका रोगीहरूसँग बढी समय बिताउने सुविधा दिएको छ । 

राजधानी डब्लिनस्थित माटेर मिसेरीकोर्डिआए विश्वविद्यालय अस्पतालमा अब रोबोटले प्रशासनिक र कम्प्युटरको काम गर्नेछन् । अहिलेसम्म नर्सहरूले ती काम गर्नुपरेको थियो । 


Advertisement

नर्सहरूलाई प्रशासनिक कामको झन्झट नहुँदा कोभिड–१९ का रोगीहरूका लागि बढी समय दिने अवसर प्राप्त हुनेछ । 

उइपाथ कम्पनीका सफ्टवेयर डेभलोपरहरूले स्वास्थ्य प्रणालीको झन्झटिलो प्रक्रियालाई छिटो टुंग्याउने हिसाबले रोबोट बनाएका हुन् । 


Advertisement

रोबोटहरूले प्रशासनिक काम गरेपछि नर्सहरूले रोगीहरूसँग ५० प्रतिशत बढी समय बिताउन पाउने अपेक्षा गरिएको छ । 

रोबोट प्रविधिले कोभिड–१९ का परीक्षण परिणामलाई विश्लेषण गर्ने र संसारभरि फैलाउने काम पनि छिटो गर्नेछन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्