पुस १, २०८०
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
नेपालले नामिबियामा खेल्ने भनिएको एकदिवसीय सिरीज स्थगित भएको छ। कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको नामिबिया त्रिकोणात्मक सिरिज स्थगित भएको हो।
अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आगामी जुन ३० तारिखसम्मका लागि नामिबिया सिरिजलगायत सबै प्रतियोगिता स्थगित गरिएको जनाएको छ। आइसीसीले यसअघि नेपाल, नामिबिया र स्कटल्याण्डबीचको सातौँ चरणको त्रिकोणात्मक सिरिज आगामी वैशाख ८ देखि १५ गतेसम्म गर्ने तालिका सार्वजनिक गरेको थियो। विश्वभर कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएकाले उक्त सिरिज स्थगित गर्नुपरेको आइसीसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो।
यस्तै आइसीसीले लिग दुईअन्तर्गतकै पपुपा न्यू गिनीमा हुने भनिएको नेपाल, पपुवा न्यू गिनी र युएईबीचको सिरिजसमेत स्थगित गरेको छ। आठौँ चरणको उक्त त्रिकोणात्क सिरिज आगामी जुन ९ देखि १६ तारिखसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। आइसीसीले यसअघि नै चैत १९ देखि २६ गेतसम्म हुने भनिएको लिग दुईअन्तर्गतको छैटौँ चरणको अमेरिका, संयुक्त अरब इमिरेटस् (युएई) र स्कटल्याण्ड बीचको सिरिज रद्द गरिसकेको छ।
कोरोना भाइरसका कारण युएईको दुबईस्थित आइसीसीको मुख्यालयसमेत अहिले बन्द छ। स्थगित भएको सिरिज आगामी सेप्टेम्बरमा गर्ने आइसीसीले जनाएको छ। आइसीसी विश्वकप लिग दुई सन् २०२२ सम्म सञ्चालन हुनेछ। लिग दुईमा नेपालसहित अमेरिका, स्कटल्याण्ड, ओमान, युएई, नामिबिया र पपुवा न्यू गिनी छन्। प्रत्येक राष्ट्रले ३६ एकदिवसीय खेल खेल्ने छन्।
लिगको शीर्ष तीन टोली सन् २०२३ को विश्वकप क्रिकेटको छनोटमा सोझै स्थान बनाउने छन्। बाँकी चार टोलीले विश्वकप छनोटमा प्रवेश पाउनका लागि फेरी प्लेअफ खेल्नेछन्। उक्त प्लेअफमा लिग दुईबाट आउने चार टोली तथा च्यालेञ्ज लिगबाट आउने दुई टोलीले प्रतिस्पर्धा गर्नेछन्।
विश्वकप छनोट सन् २०२२ मा आयोजना हुनेछ। विश्वकप छनोटमा सुपर लिगका पुछारका पाँच, लिगबाट आएका तीन तथा प्लेअफबाट आउने दुईसहित १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। विश्वकप छनोटको विजेता र उपविजेता टोलीले सन् २०२३ मा भारतमा आयोजना हुने विश्वकप क्रिकेटमा भाग लिन पाउने छन्। नेपालले गत माघ तेस्रो साता घरेलु मैदानमा ओमान र अमेरिकासँग विश्वकप लिग दुईको पहिलो त्रिकोणात्मक सिरिज खेलको थियो। उक्त सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो भने अमेरिकासितका दुवै खेल जितेको थियो।
नेपालले हालसम्म खेलेका चार खेलमा दुईमा जित तथा दुईमा हारका साथ चार अङ्क बटुलेको छ। नेपालले लिग दुईअन्तर्गत अब ३२ खेल खेल्न बाँकी छ। लिग दुईमा हालसम्म ओमान शीर्ष स्थानमा छ। ओमानले खेलेका १० खेलमा आठमा जित तथा दुईमा हारसँगै १६ अङ्क बटुलेको छ। लिगको दोस्रो स्थानमा अमेरिका रहेको छ। उसले १२ खेलमा छ मा जित तथा छ मा हारसँगै १२ अङ्क बनाएको छ। यस्तै स्कटल्याण्ड आठ खेलमा चारमा जित तथा तीनमा हारका तेस्रो स्थानमा छ। नामिबिया सात खेलमा चारमा जित तथा तीनमा हारका साथ चौथो स्थानमा छ। युएई सात खेलमा तीनमा जित तथा तीनमा हार ब्यहोर्दै लिगको पाँचौँ स्थानमा छ।
नेपाल चार अङ्क बटुल्दै छैठौँ स्थानमा छ भने पपुवा न्यू गिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित हुँदै अङ्कबिहीन अवस्थामा छ। आइसीसी विश्व कप क्रिकेट लिग दुई सन् २०२३ मा आयोजना हुने विश्वकपसम्म पुग्ने सिँढी हो। आइसीसी लिग दुई सन् २०१९ को अगस्तदेखि शुरु भएको हो।
टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ स्थगित
आगामी जुन २६ देखि जुलाई २ ताारिखसम्म मलेसियामा हुने आइसीसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया छनोट ‘बी’ प्रतियोगितासमेत अनिश्चितकालका लागि स्थगित गरिएको आइसीसीले जनाएको छ। उक्त प्रतियोगितामा नेपालसहित मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्याण्डले खेल्ने तालिका तय गरिएको थियो।-विक्रम गिरी/रासस
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...
नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...
अष्ट्रेलियाले छैटौँ पटक आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार घरेलु टोली भारतलाई ६ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उपाधिमाथि कब्जा जमाएको हो । हमादाबादस्थित नरेन्द्र मोदी स्टे...
चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...
एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....
इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ । यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...