विदेशबाट आएका १ सय ८२ जना होम क्वारेन्टाइनमा

कोरोना भाइरसको सम्भावित सङ्क्रमणबाट जोगिन विदेशबाट फर्केकाको खोजी कार्य तीव्र पारिएको छ भने फर्केकामध्ये १८२ जनालाई होम क्वारेन्टइनमा राखिएको छ ।

जिल्लाका सातवटै स्थानीय तह र ६१ वटै वडामा वैदेशिक रोजगारीबाट चैत १ गतेदेखि पछिल्लो समयसम्म आएकाको खोजी कार्य जारी राखिएको प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले बताउनुभयो । उहाँका अनुसार हालसम्म १८२ जना सम्पर्कमा आएका छन् ।


Advertisement

जिल्लाको महाशिला गाउँपालिकाबाट १५, विहादी गाउँपालिकामा  ३८, कुश्मा नगरपालिकामा ३९, मोदी गाउँपालिकामा १०,  जलजला गाउँपालिकामा २९ र फलेवास नगरपालिमा ६१ जना विदेशबाट फर्किएका भेटिएका हुन् ।

विदेशबाट फर्किएकामा अधिकांश छिमेकी मुलुक भारतबाट फर्किएका छन् भने त्यसबाहेक दक्षिण कोरिया, बेलायत, जापान, बेल्जियम, कतार, साउदी अरब, दुबई, ओमन र दक्षिण अफ्रिकाबाट आएका छन् ।


Advertisement

 उनीहरु प्रत्येकको घरमा स्वास्थ्यकर्मी पठाएर स्वास्थ्य परीक्षण गरिएको महाशिला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चै ठकुरीले जानकारी दिए।

विदेशबाट फर्किएकामा अहिलेसम्म कोरोनाको कुनै पनि लक्षण नदेखिए पनि उनीहरुलाई घरमै पुगेर सुरक्षित बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी नेपालले बताए। 
 

कमेन्ट गर्नुहोस्