×

NMB BANK
NIC ASIA

चीनमा फेरि संक्रमण

चैत १४, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 बाहिरबाट फर्किएका चिनियाँमा देखिएको कोरोना भाइरस संक्रमणका कारण चीन चिन्तित देखिएको छ। देशभित्र घरेलु संक्रमण शुन्य बराबर रहेको अवस्थामा विदेशबाट फर्केका चिनियाँ र चिनियाँ प्रवासीमा कोरोना भाइरस संक्रमण पोजिटिभ पाइएको छ।

Muktinath Bank

 मार्च २३ मा चीनमा देखिएको ७८ नयाँ भाइरस संक्रमितमध्ये ७४ केस विदेशबाट आएका अर्थात् आयातित केसहरू नै हुन्। नयाँ आयातित केसहरू थपिँदा चिन्ताको विषय बनेको हो। योसँगै विदेशबाट आएका संक्रमितहरुको कुल संख्या ४२७ पुगेको छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्ता आयातित केसहरू बेइजिङ, साङहाइ, क्वाङतोङसहित चीनका १२ वटा प्रान्त तथा सहरमा देखिएका छन्। सबैभन्दा बढी बेइजिङमा छन्। सोमबार देखिएका ७४ केसमध्ये ३१ वटा यहीं थियो। बेइजिङको स्वास्थ्य समितिका अनुसार, सोमबारसम्म बेइजिङमा यस्ता आयातित केसको संख्या १३८ पुगेका छन्।


Advertisment
Nabil box
Kumari

पछिल्लो अवस्थामा यी आयातित कोरोनाभाइरस सङ्क्रमणले चीनलाई चिन्तित बनाएको छ। सोमबार आयातितबाट एक जना स्थानीय बेइजिङ नागरिक संक्रमित भएको पनि बताइएको छ। योसँगै बेइजिङले बुधबारबाटै बेइजिङ प्रवेश गर्ने सबैको अनिवार्य न्यूक्लिक एसिड टेस्ट गर्ने जनाएको छ। यसअघि ज्वरो आएको अवस्था र केही लक्षण देखिएको खण्डमा परीक्षण गरिँदै आएको थियो। यसै गरी गत शुक्रबारदेखि बेइजिङका लागि उडेका विमानहरूलाई अन्य सहरमा अवतरण गराइ त्यतै जाँच र क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिएको छ। त्यसअघि मार्च १६ सोमबारबाट बेइजिङ उत्रेका सबैले स्वखर्चमा तोकिएको स्थानमा १४ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्ने नियम लागू गरेको थियो।

Vianet communication
Laxmi Bank

सो नियमअघिसम्म बेइजिङ फर्केका सबैलाई सेल्फ क्वारेन्टाइनका लागि भनिएको थियो। यसरी बाहिरबाट आएका चिनियाँहरूमा देखिनसक्ने कोरोनाभाइरस संक्रमण र यसबाट हुने सम्भावित प्रसार रोक्न पनि चीनले उल्लेखनीय कदम चालिरहेको छ।

हालसम्म बेइजिङमा आयातित १०७ केससँगै कूल ५२२ जना संक्रमित भएका छन्। तीमध्ये ४०० जना निको भइ फर्किसकेका छन् भने ८ को मृत्यु भएको छ। यसका साथै जनवरी २४ तारिखदेखि बन्द गरिएका बेइजिङका पार्कहरू, चिडियाखाना, ग्रेटवाल तथा पर्यटकीय स्थलहरू धमाधम खोल्न थालिसकेका छन्। स्थानीय सञ्चार माध्यमले सोमबार बेइजिङको सडकमा देखिएको ट्राफिकले बेइजिङ पूर्ववत् अवस्था पुगेको जनाएको छ। हाल चीनभरि नै स्थिति सामान्य बन्दै गएको छ। धेरै क्षेत्रका शिक्षण संस्थाहरू खोलिसकेका छन् यसै गरी कोरोनाभाइरसको इपिसेन्टर मानिएको उहान र हुपै प्रान्तमा समेत कलकारखाना सञ्चालनमा आइसकेका छन्। यतिबेला नेपालमा देखिएका केश पनि आयातित नै छन्। त्यसैले चीनको अनुभवबाट नेपालले सिकेर आफ्नो तयारी अघि बढाउन र नागरिक पनि त्यसमा तयार हुन आवश्यक छ।

उहानको लकडाउन छिटै खोलिने

कोरोना भाइरसको इपिसेन्टर मानिएको उहानको लकडाउन खोल्ने तयारीमा चीन रहेको छ। यही अप्रिल ८ देखि उहानबासीहरू उहानबाट बाहिर जान पाउने भएका छन्। हाललाई हरित स्वास्थ्य कोड प्राप्त उहानबासीहरू अप्रिल ८ देखि उहानबाट अरू शहर तथा प्रान्त समेत जान पाउने भएका हुन्। कोभिड १९ संक्रमण नभएको र सम्पर्कमा नरहेकालाई हरित स्वास्थ्य कोड उपलब्ध गराइएको र तिनीहरूलाई सो अनुमति दिइने बताइएको छ। एक करोड बढी जनसंख्या भएको उहानमा कूल ५० हजार संक्रमित भएका थिए।

गत सातादेखि नै यस्ता कोड प्राप्तहरू लगायत हुपैका अरू न्यून जोखिम क्षेत्रका स्थानीयहरूले सहज आवतजावतको सुविधा पाइसकेका छन्। कोरोनाभाइरसको संक्रमण बढे लगत्तै जनवरी २३ देखि उहानलगायत हुपैका विभिन्न शहरहरूले आवगमन स्थगित गरेको थियो। यसै बीच सोमबार उहानमा एक नयाँ संक्रमित भेटाइएको छ। लगातार पाँच दिनसम्म नयाँ संक्रमित नथपिएको उहानमा सोमबार एक चिकित्सक संक्रमित पाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ। मार्च १८ मा यहाँ पहिलो पल्ट नयाँ संक्रमित नपाइएको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको थियो। सोही दिन चीन भरि पहिलो पल्ट घरेलु रूपमा भाइरस सङ्क्रमित देखिएको थिएन।

मार्च २३ सम्म चीनको मुख्यभूमिमा कोरोनाभाइरसबाट सङ्क्रमितको कूल संख्या ८१ हजार १ सय ७१ रहेको छ। यसमध्ये निको भएर अस्पतालबाट फर्कनेको संख्या ७३ हजार १ सय ५९ जना रहेको छ भने ३ हजार २ सय ७७ जनाको मृत्यु भएको छ साथै बाकी उपचार पाइरहेका सङ्क्रमितको संख्या ४ हजार ७ सय ३५ छन्। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x