×

NMB BANK
NIC ASIA

कहाँबाट आउनुभएको ?
रामेछापबाट ।

Sagarmatha Cement
Muktinath Bank

केमा आउनुभएको ?
एम्बुलेन्समा हजुर ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

के गर्नुहुन्छ ?
रामेछापमै पढ्छु ।


Advertisment
Nabil box
Kumari

ज्वरो कति छ, यसभन्दा अगाडि नाप्नुभएको थियो ?
१०२ भनेर स्वास्थ्यचौकीले भनेको थियो ।

Vianet communication
Laxmi Bank

तपाईंलाई के–के भएको छ भन्नुस् त ?

३ दिन अगाडि मलाई अलिअलि खोकी लागेको थियो । तातो पानी र बेसार खाएपछि खोकी लाग्न निको भयो । २ दिन अगाडि फेरि ज्वरो आयो, खोकी पनि लाग्यो । नजिकैको स्वास्थ्यचौकीमा जँचाउन गएको थिएँ, काठमाडौं जानु भन्नुभयो र आज बिहान एम्बुलेन्समा आएको हुँ । 

परिवारका सदस्य कोही विदेश हुनुहुन्छ ?
छैन, सबै घरमै छौं ।

यो संवाद हो पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालिन पाटन अस्पतालका नर्स र त्यहाँ आएका एक बिरामीबीचको ।

२० वर्षीय ती युवक कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि बुवालाई लिएर ललितपुरको लगनखेलस्थित अस्पतालमा आइपुगेका रहेछन् ।

कोरोनाको डरले त्रसित बन्दै अस्पताल आएका ती युवकसँग यति सोधपुछपछि परीक्षणका लागि रगत निकालियो ।

‘कोरोना हुनसक्छ भनेर स्वास्थ्यचौकीले काठमाडौं जान भनेर पठाएको थियो । पाटन अस्पतालमा बेड खाली छ भन्ने कुरा बाटोमा सुनेपछि यहाँ आएका हौं,’ ती युवकका बुवाले लोकान्तरसँग भने ।

****

अन्दाजी २६/२७ वर्ष अर्का एक व्यक्ति हातमा रिपोर्ट लिएर लाइनमा उभिएका छन् ।

भारतमा मजदुरी गरेर फर्किएका धादिङका ती युवक कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पाटन अस्पताल आइपुगेका रहेछन् ।

खकार, रगत लगायत जाँच गराएपछि रिपोर्ट देखाउनका लागि उनी लाइनमा बसेका रहेछन् ।

आफूलाई कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि परिवारका सदस्यलाई समेत नभनी अस्पताल आएको उनले बताए ।

‘कोरोना भाइरसको जस्तो लक्षण देखिएकाले घरमा कसैलाई पनि नभनी आएको हुँ, रिपोर्ट आएको छ, देखाउँ, के भन्छन्,’ ती युवकले लोकान्तरसँग भने ।

यी त प्रतिनिधि पात्र मात्र हुन्, आजभोलि सरकारी अस्पतालहरू पुग्दा रुघाखोकी र ज्वरोका कारण आउनेहरू प्रसस्तै भेटिन्छन् ।

विश्वभर कोरोनाको संक्रमण फैलिएका बेला त्यससँग मिल्दोजुल्दो लक्षण देखिएकाहरू डराउँदै अस्पताल आउने गरेका छन् ।

पाटन अस्पतालमा ज्वरो र रुवाखोकीका लागि जाँच्ने छुट्टै ठाउँको व्यवस्था गरिएको छ । अन्य समस्या लिएर अस्पताल आउने बिरामीको चाप निकै कम छ ।

बिहीवार मध्याह्न १२ बजे अस्पताल पुग्दा पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएका एक व्यक्ति औषधि छर्किरहेका थिए । 

शंकास्पद् बिरामीलाई राख्न आइसोलेसन वार्डको पनि व्यवस्था गरिएको छ । आइसोलेसन वार्डमा पीपीई लगाएका डाक्टर, नर्स र सहयोगी गरी ३ जना थिए । 

उनीहरू बिरामीलाई सोधपुछ गर्ने, ज्वरो नाप्ने र परीक्षणका लागि नमूना लिने काम गरिरहेका थिए ।

सामान्य खालको रुघाखोकी र ज्वरो भएको खण्डमा औषधि दिएर र अन्य जाँच गरेर पठाउने गरेको देखिन्थ्यो । 

‘हामीले कोरोनाको लक्षण हो या अन्य समान्य खालको रुघाखोकी भनेर एकिन गरी उनीहरूलाई औषधि दिने वा आइसोलेसनमा निर्णय लिने गरेका छौं,’ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालका निर्देशक डाक्टर विष्णुप्रसाद शर्माले लोकान्तरसँग भने ।

सामान्य रुघाखोकी र ज्वरोका बिरामीहरू पनि कोरोना हो कि ? कतै कोरोना त लागेको छैन भनेर आत्तिँदै आउने गरेको डाक्टर शर्माले बताए ।

अस्पतालले कोरोनाको लक्षणसँग मिल्दोजुल्दो लक्षण नदेखिएको खण्डमा अन्य औषधि चलाउने र उनीहरूलाई घरमै क्वारेन्टानमा बस्न सल्लाह दिने गरेको शर्माले लोकान्तरसँग बताए ।

यदि कोरोनाको लक्षणसँग मिल्न गएमा उनीहरूलाई अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने गरेको शर्माको भनाइ छ ।

‘हामीले आइसोलेसनमा राखेर चेकजाँच गर्ने वा उनीहरूको रिपोर्ट आएपछि आइसोलेसनमा राख्न आवश्यक नदेखिएमा आवश्यक सल्लाह दिई घरमा क्वारेन्टाइनमा बस्न भनेका छौं,’ शर्माले भने ।

आइसोलेसनमा ३ जना बिरामी  

पाटन अस्पतालको आइसोलेसनमा बिहीवार मध्याह्न ३ जना कोरोना शंकास्पद बिरामीलाई राखिएको थियो ।

‘३ जनालाई आइसोलेसनमा राखेर उपचार गरिरहेका छौं, उहाँहरूको ल्याब टेस्ट भइराखेको छ,’ शर्माले भने ।

कोरोनाको आशंकामा हालसम्म ६ जना बिरामीलाई आइसोलेसनमा राखिएको र त्यसमध्ये ३ जनाको ल्याब टेस्टमा नतिजा नेगेटिभ आएको डाक्टर शर्माले जनकारी दिए । अन्य ३ जनाको भने रिपोर्ट आउन बाँकी छ ।

पाटन अस्पातालमा अहिले आइसोलेसनका ६ वटा बेड राखिएको छ । इन्फेक्टेड बिरामीलाई राख्न १५ वटा बेड तयारी अवस्थामा राखिएको निर्देशक शर्मा बताउँछन् ।

आवश्यक परेको खण्डमा अस्पतालको क्षमताअनुसार आइसोलेसन बेड र इन्फेक्टेड बिरामीका लागि बेड थप्ने योजना बनाइरहेको निर्देशक शर्माले जानकारी दिए ।

उपचारमा ४० जनाको टीम

पाटन अस्पातालमा कोरोना भाइरसबाट संक्रमित र शंकास्पदहरूको उपचारका लागि डाक्टर, नर्स र हेल्पर गरी ४० जनाको टीम खटिएको छ ।

७/७ जनाको टीम बनाएर शिफ्टमा खटाउने गरेको निर्देशक शर्माले बताए ।

‘हामीसँग कोरोना शंकास्पद र संक्रमित बिरामीको उपचार गर्न ४० जनाको टीम छ । शिफ्ट मिलाएर ७ जनाको टीमलाई जुनसुकै समयमा पनि तयारी अवस्थामा राख्ने गरिएको छ ।’

पीपीई आफैं उत्पादन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालका लागि आवश्यक पर्सनल प्रोटेक्टिभ इकुपमेन्ट (पीपीई) आफैं उत्पादन गरिरहेको छ ।

स्वास्थ्यकर्मीको शरीर पूरै छोपिने गरी तयार पारिने पीपीई अन्तर्राष्ट्रिय मापदण्डको नभएपनि सुरक्षाको हिसाबले राम्रो खालको रहेको निर्देशक शर्माको दाबी छ ।

पीपीई उत्पादनमा सहयोगी दाता समेत खोजी भइरहेको उनले जानकारी दिए ।

कोरोनाको त्रास जताततै छ । नेपालमा हालसम्म ३ जनामा संक्रमण पुष्टि भएको छ ।

विश्वभरमा यसका संक्रमितको संख्या साढे ५ लाख पुग्न लागेको छ भने मृतकको संख्या २४ हजार नाघिसकेको छ ।

नेपालमा कोरोनाको दोस्रो संक्रमण पुष्टि भएपछि मंगलवारबाट लागू हुने गरी सरकारले १ साताका लागि लकडाउन घोषणा गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x