कात्तिक २४, २०८०
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
विश्वभरि फैलिएको कोरोना संक्रमणका कारण नेपाल पनि यतिखेर लकडाउन अवस्थामा छ। यो बन्दाबन्दीको समय लम्बिन सक्ने संकेत सरकारले दिएको छ। यसो हुनु भनेको लामो समय घरभित्रै बस्दा व्यक्तिको जीवनशैलीमा आउने परिवर्तन पनि हो। यस्तो जीवनशैलीले दीर्घरोगी तथा स्वस्थ व्यक्ति दुवैमा विभिन्न किसिमका स्वास्थ्य समस्या निम्त्याउन सक्ने चिकित्सकले औंल्याएका छन्।
चिकित्सकका अनुसार विशेष गरी बन्दाबन्दीका कारण घरभित्रै बस्ने र मिठामिठा परिकार बनाएर खाने गरेको देखिन्छ। कतिपयले समय कटाउन मदिरा सेवन, अनावश्यक मात्रामा चिल्लो तथा गुलियो पदार्थ पनि खाने गरेको सुनिन्छ। घरभित्रै बस्ने र व्यायाम नगर्नाले मधुमेह, रक्तचाप, कोलस्ट्रोल बढ्ने तथा मुटुका रोगीमा धड्कन बढ्नेजस्ता समस्या आउन सक्छन्। यीसँगै मानिसहरु घरभित्र कोरोनाको त्रास बोकेर बसेका कारण पनि रक्तचाप बढ्ने, छाती दुख्ने, स्वाँस्वाँ बढ्नेजस्ता समस्या देखिएका छन्। मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलका अनुसार अहिले रोगभन्दा डरका कारण यस्ता लक्षण बढी देखिने गरेका छन्।
कोरोनाको जोखिमका कारण रक्तचाप, मुटु तथा अन्य दीर्घरोगी सीधै अस्पताल पुगेर उपचार गर्न सक्ने अवस्था नभएपछि विभिन्न सामाजिक सञ्जालमार्फत बिरामीको सूचना संकलन गरी परामर्श दिनेगरेको मनमोहन कार्डियो भास्कुलर तथा थोरासिक सेन्टरका मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेल बताउँछन्। ‘विशेष गरी मुटु, रक्तचाप, मधुमेह र गम्भीर खालको उपचार गराइरहेका बिरामीका हकमा अनलाइन परामर्श दिइरहेका छौं’, डा. गजुरेलले भने। लामो समय लकडाउन भएमा यी दीर्घरोगीमा विभिन्न समस्या आउन सक्छन्। त्यसैले यस्ता बिरामी र अन्य स्वस्थ व्यक्तिले पनि लकडाउनको बेला आफ्नो मानिसिक र शारीरि क स्वास्थ्यप्रति सचेत हुन आवश्यक रहेको चिकित्सक बताउँछन्। लामो समय कोरोनाको त्रासमा घरभित्रै बसिरहनुपर्दा भावनात्मक समस्या पनि आउन सक्ने त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विभाग प्रमुख डा. सरोजप्रसाद वझा बताउँछन्। उनका अनुसार त्रासका कारण निद्रा नलाग्ने, तनाव बढ्ने, डराउनेजस्ता समस्या आउन सक्छन्। तनावले व्यक्तिको शारीरिक र मानसिक स्वास्थ्यमा असर पार्ने भएकाले बन्दाबन्दीका बेला स्वस्थ भएर जिउने कला हरेकमा हुनु जरुरी छ।
लकडाउनका बेला हुन सक्ने सम्भावित जोखिमबाट बच्न स्वस्थ खाना खाने, अनावश्यक चिल्लो, भुटेतारेको खाना नखाने र चिकित्सकले सिफारिस गरेका औषधि नियमित सेवन गर्नुपर्छ। ‘दीर्घरोगीले खानपिनमा अलिकति पनि बिगार्नुभएन’ डा. अनिलले भने। बन्दाबन्दीका बेला जथाभावी खानाले स्वस्थ व्यक्तिमा पनि झाडापखाला, ग्यास्ट्रिकको समस्या आउन सक्छ।
यो समयमा घर बाहिर निस्केर व्यायाम गर्न नमिल्ने भएकाले घरभित्रै गर्न सकिने व्यायाम गरेर पनि स्वस्थ रहन सकिने डा. अनिल औंल्याउँछन्। उनका अनुसार घरबाहिर हिँडडुल गर्न नमिले पनि दैनिक आधा घण्टाजति घरभित्रै भ¥याङमा तलमाथि गर्ने, स्किपिङ खेल्ने, घर कम्पाउन्मा हिँडिरहने, नाच्ने गर्न सकिन्छ। यस्ता व्यायामले पनि तौल तथा रक्तचाप सन्तुलनमा राख्न सकिने डा. अनिल सुझाउँछन्। घरभित्रै गर्न सकिने शारीरिक व्यायाम गर्दा मानसिक रुपमा तयार भएमा रोगसित लड्ने क्षमतासमेत बढ्ने डा. गजुरेल बताउँछन्। उनका अनुसार घरभित्रै जगिङ, प्राणायम, स्किपिङ गर्न घरको छत उपयोग गर्न सकिन्छ। ‘केही भएमा अस्पताल जान सकिने अवस्था छैन, स्वास्थ्यको ख्याल गरौं’, उनले भने।
मानसिक रोग विशेषज्ञ डा. वझाका अनुसार लामो समय घरभित्र बस्दा कोरोनाको त्रासबाट बच्न आत्मबल बलियो बनाउनु आवश्यक छ। भावनात्मक रुपमा स्वस्थ हुन हरेक व्यक्तिले योग–ध्यान गर्ने, मनमा सकारात्मक सोेच राख्ने, भविष्यमा हुन सक्ने कुरामा भन्दा वर्तमानमा रमाउने, नियमित व्यायाम गर्ने, कमेडी भिडियो हेर्ने र फोनमा आफन्तबीच कुराकानी गर्न सकिन्छ। मनमा शान्ति ल्याउन नराम्रा समाचार नहेर्ने, निद्रा पुग्नेगरी सुत्ने, घरभित्रकै काममा व्यस्त हुुने गर्न सकिन्छ। ‘घरको कोठा सफा गर्ने र विश्व स्वास्थ्य संगठनले भने अनुसार सफाइ गर्न नभुल्ने गर्नुपर्छ’, उनले भने। राम्रो संगीत सुन्ने, सिर्जनशील काममा लाग्ने, लामो श्वास तानेर रोक्ने र बिस्तारै बाहिर फाल्ने श्वासको व्यायाम गर्नाले पनि आनन्द प्राप्त हुन्छ।
बन्दाबन्दीमा नेपाल सरकारले विकसित राष्ट्रमा जस्तो खानाको व्यवस्थापन गर्न सकेको छैन। कतिपय धेरै खाना पाउने र कतिपय खाना नपाउने समूह नेपाली समाजमा रहेको पोषणविद् मोदनाथ पौडेल बताउँछन्। आफू स्वस्थ हुने र रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने खाना खानुपर्ने पौडेल सुझाउँछन्। विशेष गरी मधुमेह, उच्च रक्तचाप र कोलस्ट्रोलका बिरामी तथा अन्य दीर्घरोगी र वृद्धवृद्धाले लामो समय व्यायाम गर्न नपाएको अवस्थामा पहिलेको भन्दा खानामा क्यालोरी घटाउनुपर्छ। यसका साथै सन्तुलित खाना खानुपर्छ। कोरोनाविरुद्ध लड्ने क्षमता वृद्धि गर्न भिटामिन सी भएका फलफूल कागती, सुन्तला, अमलाको सेवन गर्न सकिन्छ। मौसमी फलफूल उपभोग गरेमा शरीरमा प्रतिरोधात्मक क्षमता बढ्छ। नागरिक दैनिकमा खबर छ ।
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले त्यहाँ आवश्यक प्राविधिक तयारी ...
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ। अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ । ...
बुटवल, १५ फागुन- भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...