×

NMB BANK
NIC ASIA

स्वास्थ्य मन्त्रालयमा राजनीति : भाइरस विशेषज्ञसहितका डाक्टरलाई मन्त्रालय तानेर कामविहीन बनाइयाे

चैत १५, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना संक्रमितको उपचारमा जनशक्ति अभाव भएको भन्दै सरकारले डाक्टर, नर्ससहित दुई सय ५६ स्वास्थ्यकर्मी करारमा भर्ना गर्न विज्ञापन गरेको छ । तर, अपेक्षाअनुसार आवेदन नपरेको भन्दै चिन्ता जनाइरहेको छ । दुर्भाग्य, हाजिर मात्रै गरेर तलब खाइरहेका विशेषज्ञ चिकित्सकसहित पाँच सय स्वास्थ्यकर्मीलाई काममा खटाउनेतर्फ भने सरकारले कुनै चासो देखाएको छैन । 

Muktinath Bank

समायोजन नमिलेर जगेडामा राखिएका यी स्वास्थ्यकर्मी देशमा विपत् आइलाग्दा पनि कामविहीन छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय केहीलाई विभिन्न हेल्प डेस्कमा परिचालन गरिए पनि अधिकांश फुर्सदिला छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्वास्थ्य मन्त्रालयमै विशेषज्ञ चिकित्सकसहित २२ स्वास्थ्यकर्मी फाजिलमा छन् । विशेषज्ञतर्फ एघारौँ तहका महमद दाउद र राधिका थपलिया तथा दशौँ तहका डा. पवनकुमार शाह र डा. श्रवणकुमार मिश्र हाजिर मात्रै गर्छन् । त्यस्तै, नवौँ तहका डा. प्रज्ज्वल श्रेष्ठ, डा. नीलम ठाकुर, डा. रवीन्द्र रेग्मी, डा. सुमित अग्रवाल र डा. सन्ध्या जोशीले मन्त्रालयमा हाजिर गर्ने र वीर अस्पतालमा काम गरिरहेका छन् । 


Advertisment
Nabil box
Kumari

जब कि मन्त्रालयले १० चैतमा गरेको विज्ञापनमा नवौँ तहका जनरल फिजिसियन सातजना मागेको छ । त्यस्तै, नवौँ तहका एनेस्थेसियोलोजिस्ट सातजना, आठौँ तहका मेडिकल अधिकृत २० जना, पाँचौँ तहका स्टाफ नर्स सयजना गरी एक सय ३४ स्वास्थ्यकर्मी मागेको छ । आवेदनको म्याद सात दिन राखेकोमा पाँच दिनसम्म चिकित्सकको आवेदन परेको छैन । मन्त्रालय स्रोतका अनुसार नर्सका लागि ५० जति आवेदन मात्रै परेको छ । 

Vianet communication
Laxmi Bank

मन्त्रालयका कर्मचारी प्रशासन शाखाका सहसचिव रघुराम विष्टले फाजिलका केही स्वास्थ्यकर्मी सम्पर्कमै नरहेको नयाँ पत्रिकालाई बताए । उनीहरू प्रदेश र स्थानीय तहमातहत रहेको उनको भनाइ छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले फाजिलका तीन सयभन्दा बढी स्वास्थ्यकर्मी सम्पर्कबाहिर रहेको बताए । करिब दुई सयलाई भने देशभरका हेल्प डेस्कमा परिचालन गरिएको उनको भनाइ छ । उनका अनुसार सम्पर्कबाहिर रहेकाहरू चौथो, पाँचौँ, छैटौँ र सातौँ तहका छन् । जब कि विभागले पनि यी तहका समेत ७८ स्वास्थ्यकर्मी माग गर्दै ११ चैतमा विज्ञापन आह्वान गरेको छ । नवौँ तह एनेस्थेसियोलोजिस्ट चारजना, नवौँ तह चिकित्सक (एमडी क्रिटिकल केयर/एमडी इन्टरनल मेडिसिन) चारजना, आठौँ तह मेडिकल अधिकृत १६ जना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स ५० जना मागेको छ । विभागले सात दिनको म्याद दिएकोमा हालसम्म नगन्य आवेदन परेको छ । ‘अपेक्षाअनुसार दरर्खास्त आएको छैन,’ महानिर्देशक श्रेष्ठले भने, ‘यो वेला दर्खास्त दिनुपर्ने थियो, तर दिएनन् ।’

देशको एक मात्रै सरुवारोग अस्पताल टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले पनि तीन महिनाका लागि भन्दै करारमा ४४ स्वास्थ्यकर्मी मागेकोमा अपेक्षाअनुसार आवेदन परेको छैन । पाँच दिन समय दिएर ९ चैतमा विज्ञापन खोलिएको टेकुमा सोचेअनुसार आवेदन नपरेपछि चिन्तित बनाएको स्रोतले बतायो । 

टेकुले नवौँ तह कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट ६ जना, आठौँ तह मेडिकल अधिकृत आठजना, सातौँ तह नर्सिङ अधिकृत चारजना र पाँचौँ तह स्टाफ नर्स २६ जना मागेको थियो । 

अपेक्षाअनुसार आवेदन नपरेपछि अब स्वास्थ्य मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सक र नर्सहरू खटाउने विकल्प सोचेको छ । विभागका महानिर्देशक श्रेष्ठले देशभर चिकित्सक र नर्सको अवस्था हेरेर काठमाडौं तानिने पनि बताए । तर, संक्रमण फैलिँदा काठमाडौंबाहिर झन् भयावह हुन सक्ने भएकाले सरकारको यो नीति प्रभावकारी देखिँदैन । 

सेवासुविधा प्रशासनलाई, काम स्वास्थ्यकर्मीलाई

स्वास्थ्य मन्त्रालयमा एक सय पाँच कर्मचारीको दरबन्दी छ । त्यसमा ५० जना स्वास्थ्य सेवाका छन् भने बाँकी प्रशासन समूहका छन् । तर, कोरोना महामारीको समयमा मन्त्रालयका सीमित मात्रै कर्मचारी छन् । 

अधिकांश शाखा बन्द रहेका छन् । मन्त्रालयमा सेवासुविधा प्रशासन समूहका कर्मचारीले लिएका छन् । उपसचिवदेखि माथिका कर्मचारीले सबै सेवा लिएका छन् । तर, स्वास्थ्य सेवा समूहका सहसचिवहरूले भने पाउनुपर्ने सेवासुविधा पाएका छैनन् । यो महामारीको समयमा सुविधाविहीन कर्मचारी नै काममा खटिएका छन् ।

स्वास्थ्य मन्त्रालयका एक वरिष्ठ जनस्वास्थ्य अधिकारीले भने, ‘सेवासुविधा लिएका प्रशासनका कर्मचारी घरमा बसेका छन्, तर हामी हिँडेर काममा आउनुपरेको छ ।’ स्वास्थ्यमा ६ जना प्रशासनका सहसचिव रहेकोमा सबै अनुपस्थित छन् ।

स्वास्थ्य मन्त्रालयमा प्रशासनतर्फका सचिव यादव कोइराला, प्रशासन प्रमुख सहसचिव रघुराम विष्ट, लेखा प्रमुख मुक्तिराम न्यौपाने, कानुन उपसचिव पुष्करराज नेपाल, शाखा अधिकृत प्रेम खुवा, नासु प्रेम विक र सचिवका पिए राजमणि निरौला मात्रै काममा छन् । 

त्यस्तै, स्वास्थ्य सेवातर्फ प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह, मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटा, डा. गुणराज लोहनी, वरिष्ठ जनस्वास्थ्य प्रशासक भीम सापकोटा, सागर दाहाल, जनस्वास्थ्य अधिकृत यशोदा अर्याल, डा. गुणनिधि शर्मा, रविकान्त मिश्र र पानबहानुर श्रेत्री काममा छन् । नयाँ पत्रिकामा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x