कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
चैत १५, २०७६
नेपालका करीब २ दर्जन राष्ट्रिय गौरवका आयोजनामध्ये पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल एक हो । निर्माणाधीन विमानस्थल निर्धारित समयभन्दा ६ महिनाअघि नै सञ्चालन हुने गरी तीव्र रुपमा काम भइरहेकोमा पछिल्लो समय कोरोना भाइरसको कारण प्रभावित बन्यो ।
कोरोनासँगै पछिल्लो ३ महिना निर्माण प्रक्रियामा बाधा उत्पन्न भएकोमा अहिले लक–डाउनको स्थितिले मुलुक झनै चपेटामा परेको छ तर समयसीमाभन्दा ६ महिनाअघि अर्थात् सन् २०२० डिसेम्बरभित्रै निर्माण प्रक्रिया सकेर नेपाल सरकारलाई हस्तान्तरण गर्ने लक्ष्यलाई मूर्तरुप दिन लक-डाउनमा समेत विमानस्थलको भित्री काम भने जारी छन् ।
विमानस्थल, चीन र कोरोना । संयोग नै मान्नुपर्छ । यिनीहरू सम्बन्धित रहे । किनकि चिनियाँ लगानीमा निर्माणाधीन विमानस्थलमा अधिकांश कामदार तथा कर्मचारी चिनियाँ नै छन् । विश्वलाई आतंकित पारेको कोरोना भाइरसको उत्पत्ति पनि चीनकै वुहान, हुवाई प्रान्तमा सन् २०१९ डिसेम्बरमा भयो ।
जब ‘आउट ब्रेक’ भयो, त्यसयता लगातार पोखरा विमानस्थलको निर्माण पनि प्रभावित बन्दै गयो । सोही बेला चीनमा नयाँ वर्ष मनाउन यहाँका केही कामदार स्वदेश फर्के । स्वदेश फर्केपछि कोरोनाकै प्रभावका कारण उनीहरूसहित केही नयाँ कामदार तत्काल पुनः नेपाल आउन सकेनन् । पछि यहाँ आउन लागेकाहरू चीन र नेपालमै २–२ पटक गरी क्वारेन्टाइनमा बस्नुपर्यो । पटक–पटक गरी आएका १०७ जना कामदार तथा कर्मचारी सबैले गत ४ चैतदेखि मात्र काम थाले ।
गत फेब्रुअरीपश्चात पहिलो चरणमा ३६ जना र दोस्रो चरणमा गरी ७१ जना कामदार तथा कर्मचारी यहाँ आएका थिए । चीनमै १० दिनसम्म क्वारेन्टाइनमा बसेकोमा उनीहरूलाई पोखरा विमानस्थलमा समेत काममा लाग्नुअघि १० देखि १८ दिनसम्म क्वारेन्टाइनमा राखिएको थियो ।
कोरोनाका कारण विमानस्थलको निर्माण निकै प्रभावित बन्न पुगेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना प्रमुख विनेश मुनंकर्मी बताउँछन् । पोखरा विमानस्थलभित्र लामो समयसम्म क्वारेन्टाइन बस्नेहरू १८ दिनसम्म छोटो समय बस्नेहरू १० दिनसम्म बसेका थिए । क्वारेन्टाइनमा बसेकाहरूको स्वास्थ्य जाँचमा कुनै पनि संक्रमण नभेटिएपछि काममा फर्काइएको थियो । यसरी नेपाली २६२ र चिनियाँ २७१ जना कामदार तथा कर्मचारीबाट अब कामले गति लिन्छ कि भनी आशा गरिएकोमा, सोचेजस्तो भएन । त्यसको १ हप्ता नबित्दै १० चैतदेखि नेपाल सरकारले कोरोनाको उच्च जोखिमबाट जोगिन देशभर लक–डाउन गर्यो । लक–डाउन गर्ने सरकारको घोषणापछि यहाँ कार्यरत १६२ जना नेपाली कामदारलाई बिदा दिँदै घर फर्काइयो । हाल १०० नेपाली र २०० जना चिनियाँ कामदारले भित्री भागमा जे–जति काम हुन सक्छ, सो गरिरहेको जानकारी मुनंकर्मीले दिए ।
‘लक–डाउनले यहाँका ७१ जना जति चिनियाँ कामदारले काम पाउन सकेका छैनन् । त्यत्तिकै बसेका छन्, बाँकीलाई विमानस्थलको भित्री काममा लगाइएको छ,’ उनले भने ।
उनका अनुसार कार्यरतमध्ये फिनिसिङ, इलेक्ट्रिकल, एसी, टायल छाउने, झ्याल–ढोका लगायतका काममा व्यस्त छन् । बाहिरी आवतजावतमा रोक लगाइएको र सवारीसाधन पनि नचलेको हुँदा अन्य कामहरू थाती रहेको उनी बताउँछन् ।
नेपाल सरकारको आवश्यक विधि र प्रक्रिया पूरा गरी चिनियाँ सीएएमसीई इन्जिनीयरिङ कम्पनीलाई नेपाल सरकारले निर्माणको जिम्मा दिएको हो । नेपालले चिनियाँ सरकारसँग २२ अर्ब रुपैयाँ ऋण लिएर निर्माण थालिएको क्षेत्रीय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प रुपमा हेरिएको छ । सन् २०१७ नोभेम्बरदेखि शुरू भई हालसम्म ५५ प्रतिशत काम सम्पन्न भएको विमानस्थलमा ह्यागर टर्मिनल भवनसहित १४ वटा भवन तयार भइसकेका छन् । भवनमा छाना छाउने काम भने ९७ प्रतिशत सम्पन्न भइसकेको छ ।
लक–डाउनअघि जारी रहेका सडक ढलान, कार पार्किङस्थल निर्माण कार्य भने अहिले रोकिएका छन् । आगामी सन् २०२१ जुलाई १० सम्म निर्माण सम्पन्न गर्ने समयसीमा रहेकोमा त्यसको ६ महिनाअघि नै सम्पन्न गर्ने यसअघि प्रक्षेपण गरिएको भएपनि कोरोनाकै कारण सो लक्ष्य प्रभावित हुने देखिन्छ ।
अन्तर्राष्ट्रिय उड्डयन संस्था (आईकाओ) मापदण्ड अनुसार फोरडी मोडलमा पर्ने विमानस्थल निर्माण भएपछि बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाज आउजाउ गर्न सक्नेछन् । २ हजार ५०० मिटर लामो धावनमार्गको विमानस्थलमा उडान वा अवतरित हुने विमानको यात्रु क्षमता झण्डै २ हजार जनाको हुनेछ । विमानस्थल सञ्चालन आएपछि पोखरा मात्र नभई समग्र नेपालकै पर्यटन क्षेत्रले फड्को मार्ने देखिन्छ ।
विमानस्थल निर्माण प्रक्रियाको शुरूआततर्फ फर्किंदा सन् १९५० सम्म पोखरा यातायातको साधनबाट पूर्णतः बञ्चित थियो । सडक सञ्जालसँग जोडिनुअघि हवाई यातायातमा जोडिएको पोखराका लागि सन् १९५३ मा काठमाडौं र सन् १९५९ मा भैरहवाबाट हवाई उडान थालनी भएको थियो । पछि सन् १९६८ मा सिद्धार्थ राजमार्ग (पोखरा–सुनौली) र सन् १९७१ मा पृथ्वी राजमार्ग (पोखरा–नौबीसे) को निर्माणपछि यहाँको पर्यटनले गति लिएको हो ।
२०३२ सालमा पोखरा वडा–१४, १५ र १८ वडाको ३ हजार १०६ रोपनी जग्गा अहिलेको विमानस्थल निर्माणका लागि अधिग्रहण गरिएको थियो । पछि थप ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । गत ५ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि थप १४८ रोपनी जग्गा अधिग्रहणको स्वीकृति विमानस्थल परियोजनालाई दिएको थियो । सरकारको निर्णयप्रति भने स्थानीयले विरोध जनाएका छन् । २०७३ वैशाख १ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विमानस्थल शिलान्यास गरेका थिए ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...