×

NMB BANK
NIC ASIA

विदेशबाट आएकाको खोजी गर्दै प्रहरी

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विदेशबाट फर्किएका नेपालीमा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण देखा पर्न थालेपछि नेपाल प्रहरीलाई ती व्यक्तिहरूको पहिचान गर्न समस्या परेको छ । प्रहरीले सबैलाई सम्पर्कमा आइदिन आग्रह गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

विशेषगरी चैत महिनाको ४ गते भएका हवाई उडानहरू कतार एयरवेज र एयर अरेवियाबाट नेपाल आएका दुई नेपाली यात्रुमा कोरोना भाइरसको सङ्क्रमण देखा परेसँगै सो समस्या देखिएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता उमेशराज जोशीले त्यो दिनको विभिन्न हवाई उडानबाट नेपाल आएकाहरूमध्ये आफैँ सम्पर्कमा आउनेहरू कमै छन्, धेरैको पहिचान हुन नसकेको उनी बताउँछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

केही दिनअघि फ्रान्सबाट दोेहा हुँदै काठमाडौँ आएकी १९ वर्षीया युवती र शनिबार कोरोना सङ्क्रमणको पुष्टि गरिएकी बाग्लुङकी युवती पनि बेल्जियमबाट खाडी मुलुक हुँदै नेपाल आएको पाइएको छ । कतार एयरवेजको क्यूएआर ६५२ विमान चढेर काठमाडौँ आएकी युवती विमानमा सवार १५८ यात्रुमध्ये १३४ जनाले मात्र आफू ‘सेल्फ क्वारेन्टाइन’मा रहेको सूचना प्रहरीलाई प्राप्त भएको उनले स्पष्ट पारे।


Advertisment
Nabil box
Kumari

“सोही विमानमा सवार पाँच जना विदेशी नागरिकसहित २४ जना कहाँ छन्, कस्तो अवस्थामा छन्, खोजी हुँदैछ,” उनले भने, “राहदानीका आधारमा जिल्ला गाउँको पहिचान गरी स्थानीय प्रहरीलाई तत्काल खोजी गर्न निर्देशन दिएका छौँ ।” कोरोना भाइरस सङ्क्रमण भएका पाँचै जना नेपाली नागरिक विभिन्न मुलुकबाट नेपाल आएका हुन्। उनीहरूसँगै हवाई यात्रा गरेका तथा सम्पर्कमा रहेका परिचित र आफन्त सबैलाई सम्पर्कमा आइदिन प्रहरीले आग्रह गरेको छ ।

Vianet communication
Laxmi Bank

सङ्क्रमित व्यक्तिहरू सवार विमानको फ्लाइट नम्बर तथा विमानमा सवार यात्रुको पहिचान भए पनि राहदानी लिएको जिल्ला र फोन नम्बर फरक पर्दा सम्पर्कमा ल्याउन समस्या भएको हो । उहाँका अनुसार राहदानी एक जिल्लाबाट र बसोवास अर्कै जिल्ला भएकाले समस्या भएको हो ।

कतार एयरको क्युएआर ६५२ विमानमा सवार १५८ मध्ये १०९ जना ४० जिल्लाका छन् । तीमध्ये एक फ्रेन्च, दुई जर्मनी र दुई भारतीय नागरिक पनि सम्पर्कमा आएका छन् भने २४ नेपाली कहाँ कस्तो अवस्थामा बसेका छन्, खोजी भइरहेको छ ।

त्यस्तै तेस्रो सङ्क्रमित व्यक्ति सवार एयर अरेबियाको विमान जी ९५३७ बाट नेपाल आएका १७० जना यात्रुको पनि खोजी जारी रारिएको प्रवक्ता जोशीले बताए। सो कार्यमा प्रहरीको केन्द्रीय हेल्थ हेल्प डेस्क नै परिचालन गरिएको छ । उहाँहरूको राहदानीका आधारमा ठेगाना पत्ता लगाई सम्पर्कमा ल्याउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा परिपत्र गरिएको छ ।

चैत ४ गतेपछि नेपाल भित्रिएका सम्पूर्ण नागरिकको विवरण सङ्कलन गरी सम्पर्कमा ल्याउन हेल्प डेस्क मात्र नभई सिङ्गो प्रहरी सङ्गठन सक्रिय छ, उनले भने ।

सङ्क्रमित यात्रु सवार विमानका अन्य यात्रुहरू पत्ता लगाउन प्रहरी प्रधान कार्यालयले परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागबाट विस्तृत विवरण सङ्कलन गरिरहेको छ । चैत पहिलो हप्तादेखि अन्तर्राष्ट्रिय उडान बन्द गरिएको अवधिसम्म नेपाल फर्किएका सबैलाई प्रहरीको सम्पर्कमा आउन आग्रह गरेको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x