कात्तिक १७, २०८०
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
बेलायतमा कोभिड–१९ को कहर जारी छ र त्यहाँ एक हजार १९ जनाको मृत्यु भइसकेको छ ।
सोमवारदेखि देशमा तीन हप्ताको बन्दाबन्दी लगाइएको छ । तर मानिसहरूले अटेरी गरेर घरबाट निस्कने गरेको अनि सामाजिक दूरीको पालन राम्ररी नगरेको पाइएपछि लकडाउन १२ हप्तासम्म लम्ब्याउन सकिने आकलन गरिएको छ ।
राजकुमार चार्ल्स, प्रधानमन्त्री बोरिस जोनसन र हेल्थ सेक्रेटरी म्याट ह्यानककमा कोरोनाभाइरस पोजिटिभ भेटिएको छ । स्वास्थ्य सेवा, सामाजिक स्याहार, औषधि पसल, प्रहरी र दमकल सेवा बाहेक सबै सार्वजनिक र निजी कार्यालय बन्द गरिएको छ । सामाजिक दूरी अपनाउनका लागि लगाइने प्रतिबन्ध १२ हप्तासम्म तन्काउन सकिने बताइएको छ ।
सबै अनावश्यक यात्रालाई रोकिएको छ । बेलायत आउनेजाने ९० प्रतिशत उडान रद्द गरिएको छ । सबै विद्यालय मार्च २० बाट नै बन्द गरिएका छन् ।
बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) स्वास्थ्य परीक्षण गराउन, अस्पताल तयार पार्न र समुदायमा भाइरस फैलिनबाट रोक्नका लागि संघर्ष गरिरहेको छ ।
अस्पतालका ओपीडीहरू लगभग बन्द छन् । बिरामीहरूलाई टेलिफोन वा भिडियो कन्फरेन्सिङमार्फत परामर्श लिन भनिएको छ । कम जरूरी शल्यक्रिया बन्द गरिएका छन् ।
सबै अस्पतालमा कोभिड–१९ एरिया र आइसोलेसन एक्सन प्लानका साथै शय्याहरूको व्यवस्था गरिएको छ । आईसीयूलाई इन्टेन्सिभ ट्रमा युनिटमा परिवर्तन गर्नका लागि सबै आवश्यक उपकरण उपयोग गरिँदैछ । तैपनि
कतिपय अस्पतालले पर्याप्त मात्रामा व्यक्ति सुरक्षा उपकरण स्वास्थ्यकर्मीहरूलाई दिन सकेका छैनन् ।
प्रहरीले कडीकडाउ गरिरहेको छ । अनावश्यक रूपमा बाहिर निस्कनेमाथि एक हजार पाउन्डको जरिवाना लगाइएको छ ।
सुपरमार्केटमा सामानहरू सकिँदै गएपछि मानिसहरूलाई समझदारी अपनाएर खरिद गर्न आग्रह गरिएको छ ।
कोरोनाका कारण काम गर्न जान नपाएर तलब खान समस्यामा परेकालाई अर्थमन्त्री ऋषि शुनकले तलबको ८० प्रतिशतसम्म दिने हिसाबमा आर्थिक प्याकेज स्वीकृत गरेका छन् ।
तर आगामी केही महिनासम्म यस महामारीले कस्तो रूप लिने हो भन्ने चिन्ता कायम छ । भाइरस पूरै संसारबाट नहराएसम्म जोखिम कायमै रहने विशेषज्ञहरूको राय छ ।
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् । सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...