×

NMB BANK
NIC ASIA

इटलीमा कोरोनाको ठूलो कहर : स्थिति सामान्य हुन अझै निकै समय लाग्ने

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

इटली अहिले निकै कठिन अवस्थामा छ । लकडाउन लगाएको तीन हप्ता बितिसक्दा पनि स्थिति सामान्य हुन सकेको छैन । 

Muktinath Bank

चारैतिर सन्नाटा छ । साइरनको आवाज मात्र सुनिन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिलेसम्म त्यहाँ ९२ हजार ४७२ जनामा संक्रमण देखिएको छ भने १० हजार २३ जनाको मृत्यु भइसकेको छ । 


Advertisment
Nabil box
Kumari

लगभग एक करोड जनसंख्या भएको उत्तरी इटलीको लोम्बार्डी क्षेत्र ध्वस्त हुने स्थितिमा छ । देशको कुल गार्हस्थ्य उत्पादनमा उक्त क्षेत्रले २० प्रतिशत योगदान गर्छ । 

Vianet communication
Laxmi Bank

त्यहाँ सबभन्दा बढी २३ हजार ८९५ संक्रमित फेला परेका छन् र ५ हजार ४०२ जनाको मृत्यु भइसकेको छ । 

इटलीले यस महाव्याधिको गम्भीरतालाई बुझ्न अनि यसविरुद्ध उपयुक्त कदम चाल्न ढिलो गर्‍यो । उत्तरी इटलीमा महामारी फैलिँदै जाँदा समेत नेताहरूले सबै कुरा नियन्त्रणमा छ भनिरहे । 

संक्रमण बढ्न थालेपछि मानिसहरूलाई एक ठाउँमा भेला हुन दिइएन । अनि मानिसहरूलाई घरैमा बस्न भनियो । तर अटेरी गर्दै मानिसहरू घुमिरहे । एक हप्तामा एक लाख मानिसले लकडाउनको अवज्ञा गरे । 

संक्रमितको संख्या ७० हजार नाघेपछि बल्ल कडीकडाउ गर्न थालियो । सेनालाई खटाइयो । अनावश्यक रूपमा घुम्नेमाथि तीन हजार युरो जरिवाना लगाइयो । 

अहिले त्यस्ता मानिसमाथि मुद्दा चलाइएको छ । उनीहरूलाई पाँच वर्षको सजाय हुन सक्छ । 

लोम्बार्डीका अस्पतालमा तिलको गेडो राख्ने ठाउँ पनि छैन । सुरक्षा उपकरणहरूको हाहाकार छ । चिकित्सक र स्वास्थ्यकर्मीहरूलाई नै भाइरसले लडाएको छ । त्यहाँ पाँच् हजारभन्दा बढी स्वास्थ्यकर्मी संक्रमित छन् । ३३ चिकित्सकले ज्यान गुमाइसकेका छन् । १९ जना त लोम्बार्डीमै मरे ।

त्यहाँका चिकित्सकहरूलाई सहायता गर्न रुस र क्युबाबाट स्वास्थ्यकर्मीका टोली आएका छन् । 

कोरोनाका कारण इटलीको अर्थतन्त्र ध्वस्त छ । सन् २००८ को आर्थिक मन्दीको भन्दा खराब स्थिति छ । सरकारले कम्पनीहरूलाई २५ अर्ब युरोको आर्थिक प्याकेज दिने घोषणा गरेको छ तर यो एकदमै सानो रकम हो । 
कम्पनीहरूले कर्मचारीलाई बिदामा पठाइरहेका छन् । फेशन, फूड, फर्निचर र फरारी बाहेक अर्थतन्त्रका सबै पक्ष सुस्त हुनेछन् । 

इटलीमा संक्रमित व्यक्तिहरूको औसत आयु ८०.४ वर्ष छ । त्यहाँको जनसंख्यामा ६५ वर्षमाथिका मानिसको संख्या २३.३ प्रतिशत छ जुन युरोपको औसत (१९ प्रतिशत) भन्दा निकै माथि हो । 

त्यहाँ ६० वर्षभन्दा मुनिका मानिसको मृत्युदर १ प्रतिशत मात्र छ । ८० वर्षभन्दा बढीका मानिसको मृत्युदर २२ प्रतिशत छ । तीमध्ये धेरैजसो मधुमेह, हृदयरोग र वार्धक्यको रोगबाट ग्रस्त थिए । 

इटलीमा शवयात्रा निकाल्न प्रतिबन्ध लगाइएको छ । कोरोनाभाइरस संक्रमित मानिसहरूलाई परिवार र साथभिाइसँग भेट्न दिइएको छैन । परिवारका मानिसलाई अस्पताल आउने अनुमति समेत छैन । 

स्वास्थ्य अधिकारीहरूका अनुसार, शवमा भाइरस संक्रमण हुँदैन तैपनि भाइरस कपडामा लामो समयसम्म बस्न सक्छ । त्यसैले शवहरूलाई तत्कालै सील गरिन्छ । 

इटलीमा मृतकलाई पूर्ण सम्मानका साथ उसको प्रिय कपडा लगाएर गाड्ने चलन छ । परिवारका मानिसले मृतकले मन पराएको कपडा लगाएर उसलाई जिाउँदै अन्तिम संस्कार गर्ने गर्छन् । 

तर अहिले मृतकलाई अस्पतालकै गाउन लगाएर चुपचाप गाड्ने गरिएको छ । मृतकलाई गाड्ने काममा सेना परिचालन गरिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x