×

NMB BANK
NIC ASIA

कर्णालीमा कोरोनाको जोखिम अत्याधिक, स्याम्पल काठमाडाैँ पठाउनुपर्ने बाध्यता

चैत १६, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेशमा कोरोनाको स्वाव तथा खकार परिक्षण प्रयोगशाला नहुँदा समयमै कोरोना संक्रमित व्यक्ति पत्ता लगाउन सकस भएको छ।

Sagarmatha Cement
Muktinath Bank

प्रदेश अस्पताल सुर्खेत तथा अन्य अस्पतालमा भारत तथा अन्य तेश्रो देशबाट आएका शंकास्पद रोगीहरुको नमूना संकलन गरेर काठमाडौं पठाउनु पर्ने तर त्यो रिर्पोट पनि समयमा नआउने गरेका कारण कसैमा कोरोना संक्रमण भएको पत्ता लागुञ्जेल सम्म कर्णालीमा कोरोना फैलिसक्ने अवस्था सिर्जना भएको हो।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘देश नै लकडाउन भएको अवस्थामा हामीले संकलन गरेका नमूनाहरु पठाउन नेपालगञ्ज विमानस्थल वा एम्बुलेन्सको प्रयोग गर्नुको विकल्प देखिएको छैन,’ कोरोना संक्रमणका फोकल पर्सनका रुपमा तोकिएका डा. केएन पौडेलले लोकान्तरसँग  भने, ‘सामान्यतया उक्त रिर्पोट हामीले दुई दिनमा पाइसक्नु पर्ने थियो । चार पाँच दिन लाग्ने गरेको छ ।’


Advertisment
Nabil box
Kumari

प्रदेश अस्पताल कालागाँउ सुर्खेतबाट हालसम्म १४ जनाको खकार तथा स्वावको नमूना संकलन गरि काठमाडौैँ पठाइएको छ । त्यसमध्ये ९ जनाको रिर्पोट आएको डा. पौडेलको भनाइ छ ।

Vianet communication
Laxmi Bank

भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपाल फर्कने बढेका छन्। ‘आज मात्रै एक सय जना आइपुगेका छन् । अझै भारतका विभिन्न नाकामा कर्णालीका नागरिकहरु अलपत्र परेको खबर आइरहेको छ,’ उनले भने, ‘अच्चम त के छ भने उनीहरु गाउँमा पुगेपछि मात्रै भारतबाट आएको थाहा भएको छ। बाटोमा यात्रा कतिले गरिरहेका छन् भन्ने कसैलाई पनि जानकारी नै छैन।’

उनले बजार क्षेत्रमा क्वारेन्टाईनमा राख्नु भन्दा अब भारतबाट आउने नागरिकलाई नाकामै राख्न सरकारलाई सुझाव दिए। ‘नाकामै क्वारेन्टाईन निर्माण गरेर मात्रै कर्णाली प्रदेश प्रवेश गर्न दिएको खण्डमा कर्णाली कोरोनाबाट जोगिन सक्छ ।’

उनले भने, ‘अहिलेलाई अस्पतालमा उपचार गर्ने अवस्था ठिकै भएपनि विरामी बढेको खण्डमा यसले ठूलो समस्या ल्याउनेछ।’ डा. पौडेलले दैनिक हजार भन्दा बढी विरामीको उपचार गर्नुपर्ने अवस्था आए कर्णालीमा उपचार गर्न बेडको अभाव हुने बताए । हाल प्रदेश भरि बढीमा एक हजार २०० जनालाई राखेर उपचार गर्न सक्ने अवस्था रहेको उनको भनाइ छ । ‘स्वास्थ्यकर्मीले लगाउने पिपिई अभाव भएको छ,’ डा. पौडेलले भने।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले हालसम्म पनि शंकास्पद विरामीको स्याम्पल जाँच गर्न पठाउन नसकेको रजिष्ट्रार विश्वराज काफ्लेले बताए। ‘हामीले पाँच जनाको स्याम्पल जाँच गर्न खोजेका थियौं । हालसम्म पठाउन सकिएको छैन। भौगोलिक रुपमा टाढा भएका कारण स्याम्पल पठाउन असहज भएको हो। जुम्लाबाट नेपालगञ्ज हुँदै काठमाडौं पठाउन समय लाग्ने र जाँच भइ जुम्ला आइपुग्न धेरै दिन लाग्ने देखिएको छ।

उनले भने, ‘अस्पतालमा दुइ जना आइसोलेसनमा राखेका छौं । समस्या स्याम्पल जाँच गर्न समस्या भएको छ । टाढा भएका कारण समयमै हामीले विभिन्न कारणले पठाउन सकेनौं ।’  उनले पिसिआर मेसिन र किट  भएको खण्डमा जुम्लामै उक्त जाँच गर्न सकिने बताए । पिपिइ अभाव भएको उनले जानकारी दिदैं त्यसको आवश्य प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरिरहेको उनको भनाई थियो ।

‘ठूलो पिसिआर मेसिनको मूल्य पचास लाखसम्म र सानो मेसिनको मूल्य २५ लाखसम्म पर्ने रहेछ।’ उनले भने, ‘उक्त मेसिन सुर्खेत र जुम्लामा भएको खण्डमा कोरोना पत्ता लगाउन समसया हुँदैन। हामी जाँच गर्न सक्षम हुने र त्यसले रोग छिट्टै पत्ता लाग्ने अनि रोकथामको प्रक्रिया अवलम्बन गर्न थप सहजता हुने मैले देखेको छु।’ प्रदेश सरकार, संघीय मन्त्रालयले उक्त मेसिन र किट दिने बारेमा सकारात्मक जवाफ दिएका कारण आफुहरु पर्खिरहेको उनको भनाइ थियो । जुम्लाले कालिकोट, मुगु, जुम्ला दैलेखलगायतका क्षेत्रमा सेवा प्रवाह गर्न सक्ने उनको भनाइ छ ।

प्रदेश अस्पताल सुर्खेतका बालरोग विशेषज्ञ डा. नवराज केसीले भारतबाट दैनिक रुपमा एक सय भन्दा बढी व्यक्ति आइरहेको बताउँदै क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । लोकान्तरसँग कुराकानी गर्दै डा. केसीले लकडाउनलाई कडा पार्नुपर्ने र भारतबाट आएका नागरिकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्ने व्यवस्था गर्नुको विकल्प नभएको बताए।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x