×

NMB BANK
NIC ASIA

कर्णाली सरकारकै मिलेमतोमा लकडाउन उल्लंघन, क्वारेन्टाइनमा राख्नै पर्नेलाई सुटुक्क गृहजिल्ला पठाइँदै

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

‘सि.डि.ओ साप कृपया जवाफ दिनु होला । दिनभर कोरोना नआओस भनेर अस्पतालमा लडेको चिकित्सक र स्वथ्यकर्मीको मनोबल के भयो होला ?  जब बेलुका घर फर्कदा दुई/तीन सय जना मानिसहरूलाई प्रहरीका सोझा सोझा भाइहरूको प्रयोग गरेर ३ वटा बसमा कोचाकोच गर्दै ओसारपसार गरेको देखेर । मेरो त होस् उड्यो । यो केबल स्वास्थ्यकर्मीको लडाईं होइन । यती बेला लकडाउनको दुरुपयोग केबल दुरुपयोग होइन दुर्घटना हो । यसरी कोचिएर गरेको यात्राले पुरै कर्णालीलाई फैलाउन सक्छ । कोरोना भाइरस, सबै लाई चेतना भया ।’

Muktinath Bank

यो कुनै सामान्य व्यक्तिले सामाजिक सञ्जाल फेसबुकमा लेखेको वा कसैमाथि रिस पोखेको भनाइ होइन । यो कर्णालीका बालरोग विशेषज्ञ, कर्णालीका डाक्टरले नै समायोजनको बेलामा अन्यत्र रोजेका बेला कर्णाली रोज्ने एक डाक्टर नवराज केसीको भावुक स्टाटस हो । यो स्टाटसबाट पनि प्रष्ट हुन्छ कि कर्णालीमा के भइरहेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय सुर्खेतको मिलेमतोमा भारतबाट आएका नागरिकलाई विना क्वारेन्टाईनमा राखेर गृहजिल्ला पठाउने गरिएको छ । दैनिक जसो भारतका विभिन्न नाकाबाट आउने कर्णालीका नागरिकलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, सामाजिक विकासमन्त्री दल रावल, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेको मिलेमतोमा दैनिक चार देखि पाँच वटा बसमा यात्रु ठेला ठेल गरेर राती पठाउने गरेको खुलेको हो । प्रदेश सरकारले आफैले भारतबाट फर्केका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टाईनमा राख्ने निर्णय उल्लंघन त गरेको छ नै, प्रदेश प्रहरी कार्यालय उक्त कार्यको साक्षी बसिरहेको पाइएको हो ।


Advertisment
Nabil box
Kumari

‘नेपाल सरकारले नाका बन्द गरेको उक हप्त पुग्न थालेको छ तरपनि भारतको रुपैंडिया, कैलालीको गौरीफन्टा, महेन्द्रनगरको बनबासाबाट आउने कर्णालीका नागरिकलाई सरकारकै खर्चमा गाडी रिर्जभ गरि पावरवाला मुख्यमन्त्री तथा मन्त्रीहरूको जिल्लामा दैनिक जसो पठाइदै गरेको हामीले पाएका छौं,’ वीरेन्द्रनगरको बांगेशिमल नाकामा बस्ने स्थानीय रमेश कार्कीले भने, ‘अरुलाई मास्क विना हिडन नदिने प्रहरीले उनीहरूलाई गाडी चढाउन सहयोग गरेको देख्दा अच्चम लाग्छ ।’

Vianet communication
Laxmi Bank

 कालिकोट घर भएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यसअघि ६ भन्दा बढी बस रिर्जभगराएर कालिकोट पठाइसकेका छन् । आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले पनि गाडी रिर्जभ गरेर पठाउन शुरू गरेका छन् । चैत १६ गते साँझ मात्रै दुई वटा बस जुम्ला प्रस्थान गरेका छन् ।

‘गाडी उपलब्ध नभएको खण्डमा पहुँच भएका मन्त्रीका गाउँका नागरिकलाई वीरेन्द्रनगरका होटलमा राख्ने गरिन्छ,’ एक होटल व्यवसायीले भने, ‘अनि भोलीपल्ट गाडीको छिनोफानो गरेर मात्रै साँझ परेपछि गाडी जिल्लामा पठाइन्छ ।’

अच्चम लाग्दो कुरा त के छ भने भारतमा कोरोना संक्रमण जति बढेको छ, त्यति नेपालीहरू नेपाल फर्कने काम शुरू भएको छ । ‘सुरुमा भारतबाट केहि व्यक्ति आउने र उनीहरू गाउँ पुगेपछि पहिले गाउँ गएका व्यक्तिहरूको सल्लाह अनुसार अन्य व्यक्तिहरू भारत र नेपालको नाकामा आउने गरेका छन्,’ वीरेन्द्रनगर ६ का कमल न्यौपानेले भने, ‘यसरी हरेक व्यक्तिलाई मन्त्रीले उद्धार गरेको भन्ने पारेर एकातीर भोट कमाउन थालिएको छ भने अर्कोतिर कोरोनालाईगाउँ पठाउन सरकार लालायित बन्दै गइरहेको छ ।’

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेत, कर्णाली प्रदेश प्रहरी कार्यालय वीरेन्द्रनगरले चाहेर पनि ती गाडीहरू रोक्न नसकेको श्रोत बताउँछ । ‘भारतबाट आएकालाई क्वारेन्टाइनमा राखौं भनेर सुझाव दिउँ भने उल्टै कति जान्ने भएको भनेर मन्त्री तथा उच्च पदस्थ अधिकारी हपार्छन कि भन्ने डर लाग्छ,’ प्रहरी श्रोतले नाम उल्लेख नगर्ने शर्तमा भन्यो, ‘उनीहरूकै हालीमुहाली छ । पद र पावर भयो भने कोरोना पनि डराउँदो रहेछ भन्ने मलाई लाग्यो । दैनिक दुई सय भन्दा बढी व्यक्ति कर्णाली प्रवेश गरिरहेका छन् ।’

आइतवार राती ९ बजेर १८ मिनेटमा प्याजी कलरको बसमा पनि यात्रु ओसारेर लगेको वीरेन्द्रनगर सातका एक प्रत्यक्षदर्शीले जानकारी दिए । ‘बस प्याजी रंगको थियो, भित्र बत्ती बन्द थियो,’ उनले भने, ‘गाडीभित्र कम्तीमा पचास जना भन्दा बढी व्यक्ति भएको हुनुपर्छ । सडकमै हल्ला सुनिरहेको थियो । अर्को अनौठो कुरा त के छ भने जति पनि गाडी कालिकोट भन्दा माथि पठाउने गरेको छ सरकारले ती सबै गाडी राती मात्रै चलाईन्छ ।’ 

यसरी प्रदेश सरकार सुरक्षा संयन्त्रसँग मिलेर लकडाउनको अवज्ञा गर्न थालेपछि कर्णालीका नागरिक, स्वास्थ्यकर्मी कोरोनाबाट थप त्रसित भएका छन् ।

यता, जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी दिल्लीराज पन्तले इर्मजेन्सी भएकाहरूलाई पठाइएको हुनसक्ने बताए । ‘मसँग डिटेल विवरण त अहिले छैन ।’ उनले केहि थाहा नभएझैं गरि लोकान्तरसँग भने, ‘सायद इर्मजेन्सी प्रयोगकालागि गाडी गएको हुनसक्छ ।’

जिल्ला प्रशासन कार्यालय सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्कालाई यसबारेमा कुरा गर्न खोज्दा उनको फोन उठेन ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बाहिरबाट आएकाहरूलाई जाँच गरेर मात्रै बबई ल्याइएको र त्यहाँबाट जिल्लातर्फ पठाइएको बताए । ‘क्वारेन्टाईन भनेको वीरेन्द्रनगरमा मात्र नदेखौं न । जुम्लामा, कालिकोटमा पनि छन् । त्यहाँ प्रदेश सरकारको नियन्त्रणमा रहनेगरी पठाइएको हो,’ मुख्यमन्त्री शाहीले भने, ‘ज्वरो आएकाहरूलाई मात्रै क्वारेन्टाईनमा राखेका छौं । जुम्लामा उनीहरू पुगेको खण्डमा अनिवार्य क्वारेन्टाईनमा राखिने छ ।’ 

मुख्यमन्त्री शाहीले भारतबाट आएकाहरूलाई मानवियताका नाउँमा पनि उद्धार गर्नुपर्ने बताए । ‘उहाँहरूलाई मानवियताका नाउँबाट पनि उद्धार गर्न आवश्यक छ,’ मुख्यमन्त्री शाहीले भने, ‘अब यसपछिका दिनमा हामी क्वारेन्टाईनमा राखिएकालाई मात्रै कर्णाली ल्याउँछौं । त्यसरी उद्धार गर्न बन्द गर्छौं ।’ 

उनले भारत र नेपालको नाकामा रहेका स्थानीय तहमा नै क्वारेनटाईनमा राखिने बरु त्यसका लागि आवश्यक पर्ने खर्चको व्यवस्थापन प्रदेश सरकारले गर्ने बताए ।

गृह मन्त्रालयका उपसचिव एवम सूचना अधिकारी उमाकान्त अधिकारीले नाका बन्द भएको अवस्थामा त्यसरी प्रवेश गर्न दिन नमिल्ने बताए । ‘आज नै म ति जिल्लाहरूका बारेमा बुझ्छु । त्यसरी गाडीका गाडी मानिस ओसार पसार गर्न पाईदैन,’ उनले भने, ‘प्रदेश सरकारले समन्वय गर्न भनेका हौं । त्यसबारेमा भोली नै कुरा हुन्छ ।’
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x