×

NMB BANK
NIC ASIA

कोरोना संकट

प्रहरीको पीडा : दिनभर सडकमा ड्यूटी, कसले गर्छ हाम्रो सुरक्षाको ख्याल ?

चैत १७, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्व नै कोभिड– १९ अर्थात् कोरोना भाइरसले त्राहिमाम छ । विश्वभर ७ लाखभन्दा धेरै मानिस कोरोना भाइरबाट संक्रमित छन् भने ३३ हजारभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।

Muktinath Bank

नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म ५ जनामा मात्र देखिएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाको संक्रमणबाट जोगिनका लागि नेपाल सरकारले देशैभरि लकडाउन गरेको अवस्था छ । लकडाउनको अवस्थामा देशभरका मानिसहरू आफ्नै घरमा सुरक्षित बसेका छन्, तर प्रहरी भने अहिले सडकमा छ । 


Advertisment
Nabil box
Kumari

लकडाउनको कार्यान्वयन गराउन र आमनागरिकको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी केरोना भाइरसको संक्रमणबाट कति सुरक्षित छ त ? प्रहरीले सुरक्षाको के कस्ता विधिहरू अपनाएको छ ? यो आमचासोको विषय हो ।

Vianet communication
Laxmi Bank

सडकमा उभिने अधिकांश प्रहरीले समान्य खालको मास्क प्रयोग गरिरहेको देखिन्छ । स्यानिटाइजर र साबुन पानीले हात धुने खालका सेफ्टीहरू कतिपय चोकमा उपलब्ध भएपनि सबै ठाउँमा भने छैन ।

‘बजारमा मास्क पनि पाइँदैन हामीले कपडाको मास्क प्रयोग गरिराखेका छौं त्यसले कति छेक्ला र ? मानिसहरू नजिक आउँदा पनि कोरोना सर्छ कि भन्ने डर लाग्छ,’ बालाजु क्षेत्रमा ड्यूउटीमा खटिएका एक जवानले गुनासो गरे ।

दिनभर ड्यूटीमा खटिएको प्रहरीलाई बेलुकी आफ्नो ब्यारेकमा धेरै जवानहरूसँग एउटै कोठामा सुत्नुपर्ने बाध्यता छ । यसले यदि कोही प्रहरीलाई कोरोनाको संक्रमण भएको खण्डमा अरू जोगिने देखिँदैन ।

‘हामीले बाहिरबाट जाँदा साबुन पानीले हात त धुन्छौं के त्यतिमात्र पर्याप्त हो ? एउटा कोठामा २ भन्दा धेरै जवानहरू सुत्नुपर्छ यदि कसैलाई कोरोनाको संक्रमण भएको खण्डमा सबैलाई सर्ने अवस्था छ,’ माइतीघर थापाथली क्षेत्रमा खटिएका एक प्रहरी हवल्दारले आफ्नो गुनासो लोकान्तरसँग सुनाए ।

ड्यूटीमा खटिएर आएका प्रहरी कर्मचारीले आफ्नो ब्यारेकमा बेलुका सुत्न आउँदा राम्रोसँग साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग बाहेक अन्य कुनै पनि खालको सुरक्षा प्रविधि नभएको नेपाल प्रहरीका सह–प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उमेशराज जोशीले स्वीकारे ।

‘हामीले सडकमा ड्युउटीमा खटिएर आएका प्रहरी कर्मचारीलाई साबुन पानीले हात हुने र स्यानिटाइजरको प्रयोग अनिवार्य बनाएका छौं,’ सह–प्रवक्ता एसएसपी जोशीले लोकान्तरसँग भने ।

नेपाल प्रहरीले आवासीय तालिमहरू पनि केही समयका लागि पोष्टपण्ड गरेको छ । हात नमिलाउने, दूरी कायम गर्ने साथै अनिवार्य बस्नुपर्ने मिटिङहरू पनि खुला ठाउँमा आवश्यक दूरी कायम गरी बस्न थालिएको एसएसपी जोशीले बताए ।

जोशीले भने– ‘हामीले अफिसमा बस्ने मिटिङहरू पनि खुला ठाउँमा आवश्यक पर्ने दूरी कायम गरेर बस्ने गरेका छौं ।’

नेपाल प्रहरीलाई लकडाउन पहिलो अनुभव भएकाले यसलाई कसरी सुरक्षात्मक तरिकाले ड्यूटी गर्ने भन्ने बारेमा अनुभव नभएको प्रवक्ता जोशीले बताए ।

हामीले मास्क र स्यानिटाइजर कहाँबाट ल्याउने ?

ड्यूटीमा खटिएका प्रहरीलाई अहिले मास्क र स्यानिटाइजरको व्यवस्था कहाँबाट गर्ने भन्ने चिन्ता छ । दिनमा १४/१५ घण्टा ड्यूटीमा खटिनुपर्ने भएकाले मास्क र स्यानिटाइजरको व्यवस्था गर्न समस्या भएको बताउँछन् । 

‘दिनभर ड्यूटीमा खटिनुपर्छ । हामीले कहाँबाट मास्क र स्यानिटाइजरको जोहो गर्ने ? प्रहरीलाई मास्क र स्यानिटाइजर अनिवार्य बनाइएको छ । बजारमा मास्क अभाव छ, प्रहरीका सम्बन्धित निकायले उपलब्ध गराएको छैन,’ कोटेश्वरमा ड्यूटी गरिरहेका एक ट्राफिक प्रहरीले लोकान्तरसँग भने ।

यस्तै प्रहरीले दिनभर घाममा कपडाको मास्क प्रयोग गरेको देखेर केही मनकारी व्यापारी तथा स्थानियहरूले उपलब्ध गराएको मास्क प्रयोग गरिहरको बानेश्वरमा कार्यरत एक प्रहरी जवानले बताए ।

उनले भने, ‘हामी मास्क र स्यानिटाइजर खोज्न कहाँ जानु, बाटोमा देख्ने स्थानीय व्यापारीहरूले दिएको मास्कले काम चलाएको छु ।’

जोखिम मोलेर फिल्डमा खटिने प्रहरीलाई राज्यले यस्तो संक्रमणको समयमा सुरक्षाका सामाग्रीहरू उपलब्ध गराउनुपर्ने प्रहरी उच्च अधिकारीहरूको बुझाई ।

'हामीले सीमित स्रोत र साधनमा जोखिम मोलेर नागरिकहरूलाई सुरक्षा दिइरहेका छौं । यो बन्द हड्ताल जस्तो होइन बिल्कुलै नयाँ र प्राकृतिक महामारी भएकाले प्रहरीले जोखिममै मोलेर काम गरिरहेका हौं,' प्रहरी प्रवक्ता जोशीले भने ।

केही समयअगाडि संक्रमणको उच्च जोखिममा रहेका एयरपोर्टमा कार्यरत लगभग ३ सय ५० प्रहरी कर्मचारीलाई महानगरीय प्रहरी कार्यालयले एन ९५ मास्क वितरण गरेको थियो ।

यदि कोही प्रहरी कर्मचारीलाई कोरोनाको संक्रमण भइहालेको खण्डमा उनीहरूलाई कहाँ आइसोलेसनमा राख्ने भन्ने पनि राम्रो व्यवस्था छैन । नेपाल प्रहरी अस्पतालमा १० वटा आइसोलेसन बेड भएतापनि यो पर्याप्त होइन ।

कोरोना भाइरसको माहामरी फैलिरहेको अवस्थामा आमनागरिकलाई सुरक्षा दिने प्रहरी कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउनु सरकारको पनि दायित्व हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x