प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दार्चुला सदरमुकाम पारी रहेका नेपालीहरूलाई प्रक्रिया पुर्याएर नेपाल आउनदिनुपर्ने माग गरेका छन् ।
सोमवार सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै देउवाले आफ्नै देशमा आउन पनि नारा जुलुश किन गर्नुपरेको हो भनेर प्रश्नसमेत गरे ।
‘आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो ?’ प्रश्न गर्दै उनले सरकारसँग आग्रह गरेका छन्, ‘दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौं नेपालीहरुलाई आवश्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु ।’
उनले स्वदेश छिर्न नदिइएका नेपालीहरूले नाराजुलुश गरेको भिडियो पनि सेयर गरेका छन् ।
आफ्नो देशमा आउन पनि नारा जुलुश गर्नुपर्ने यो के हो? दार्चुला सदरमुकाम पारी भारतको धार्चुलामा रहेका सयौ नेपालीहरुलाई आवस्यक प्रक्रिया पुरा गरेर तत्काल नेपाल आउने वातावरण बनाउन म सरकारसँग जोडदार माग गर्दछु। https://t.co/YmcFVRzSPR
— Sher Bahadur Deuba (@DeubaSherbdr) March 30, 2020
लोकान्तर संवाददाता