चीनमा यात्रुवाहक ट्रेन पटरीबाट खस्यो

प्रतिनिधि तस्वीर

चीनको मध्यमा रहेको हुनान प्रान्तमा सोमवार एक यात्रुवाहक ट्रेन पहिरोका कारण झरेको ढिस्कोमा ठोकिएपछि पटरीबाट खसेको छ । दुर्घटनामा परी अनेकौं यात्रु र रेल कर्मचारी घाइते भएको अधिकारीहरूले बताएका छन् । 

दुर्घटना मध्याह्नतिर ग्रामीण क्षेत्रमा भएको थियो । हालै भएका भारी वर्षाका कारण उक्त क्षेत्रमा पहिरो गएको रेलवे कार्यालयले जानकारी दियो । 


Advertisement

ट्रेनको एउटा डब्बामा आगो लागेको अनि पाँचवटा डब्बा पटरीबाट खसेको रेलवे सेवाको वक्तव्यमा उल्लेख गरिएको छ । यात्रु र कर्मचारीहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ । 

कोही पनि हताहत भएको खबर छैन । 


Advertisement

ट्रेन जिनान शहरबाट ग्वान्जाओतर्फ जाँदै थियो । 

चीनका दक्षिणी, पूर्वी र मध्य भागमा एक हप्तादेखि लगातार पानी परिरहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्