कात्तिक २०, २०८०
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
सामाजिक सञ्जाल फेसबूकमा सोमवार एउटा तस्वीर भाइरल भइरहेको छ, जसमा शरीरमा लुगा कट्टु मात्रै भएका एक जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएका छन् ।
दार्चुला सीमा नाकाको पुल नखोलिएपछि कैयौं नेपाली धार्चुलामा अलपत्र परेका बेला ती युवा शरीरका लुगा फुकालेर महाकाली नदीमा पौडी खुल्दै दार्चुला आए । त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडीको डिलासैनी गाउँपालिकाका उनी नदीमा पौडी खेलेर दार्चुला पुगेका हुन् । बैतडीको डिलाशैनी गाउँपालिकाका इन्द्रसिंह खाती र धनबहादुर धामी तथा दार्चुलाको मार्मा गाउँपालिकाका रमेशसिंह बिष्ट गरी ३ जना महामाली नदी तरेर नेपाल प्रवेश गरेका छन् ।
दार्चुला जिल्लाको पारी भारतको धार्चुलामा शुक्रवारदेखि नेपाल प्रवेशको बाटो हेरेर बसेका नेपालीलाई प्रशासनले प्रवेश नदिने कडा अडान लिएको छ । गृह मन्त्रालयबाट प्रवेश नदिने आदेश आएपछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले ‘जो जहाँ छन्, त्यहीँ बस्नू’ भन्दै प्रवेश नदिने भएको हो ।
दार्चुलाका प्रमुख जिल्ला यदुनाथ पौडेलले भने, ‘माथिको आदेश त्यति होे, चाहे नेपाली हुन् वा गैरनेपाली । जो जहाँ छ, त्यहीँ बस्ने व्यवस्था मिलाउनुपर्छ । लकडाउनको पूर्ण पालना गराउने निर्णय भएको छ ।’
भारतका विभिन्न स्थानबाट फर्केका करीब ५०० नेपाली नेपाल प्रवेशको आशामा बसेका थिए । भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरेर फर्किएका नेपालीहरू धार्चुला सीमासम्म पुगेका छन् । यसअघि दार्चुलाबाट निर्वाचन सांसदले सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा राख्ने गरी व्यवस्था मिलाउने, गाडीको व्यवस्था गर्ने गरी प्रवेशको पहल गर्दै आएका थिए तर सोमवार गृह मन्त्रालयको कडा आदेशपछि नेपाल भित्र्याउने प्रयास विफल भएको छ ।
भारतीय सीमा क्षेत्रमा रहेका नेपालीले प्रवेश पाउनुपर्ने माग राख्दै आइतवारदेखि सरकारविरुद्ध नाराबाजी समेत गरिरहेको दार्चुलाका पत्रकार नरेन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार शुक्रवारसम्म ३०० जनाको हाराहारीमा फर्केकाको संख्या सोमवारसम्म करीब ५०० पुगेको छ ।
लकडाउनबीच आइतवारसम्ममा सुदूरपश्चिमका विभिन्न सीमा नाका भएर नेपालीहरू लुकीछिपी प्रवेश गरेका थिए । प्रशासनको मिलेमतोमै नेपालीलाई कञ्चनपुरको गड्डाचौकी, कैलालीको त्रिनगर (गौरीफन्टा) सीमा नाकाबाट प्रवेश गराइएको थियो ।
सरकारले सीमा नाका बन्द गरेको सोमवार १ हप्ता पुगेको छ । कोराना भाइरस संक्रमणको रोकथामको लागि भन्दै सीमा नाका बन्द गरिएको छ तर लुकेर आउने र प्रशासनले सुविधासहित भित्र्याउने क्रम निर्वाध रुपमा चल्दै आएको थियो ।
सरकारले गत चैत ११ गते नै गौरीफन्टा नाकामा रोकिएका १ हजार जना भारतबाट फर्केका नेपालीलाई अन्तिम पटकको लागि भन्दै प्रवेश दिएको थियो तर सुदूरपश्चिम प्रदेशस्थित विभिन्न सीमानाका हुँदै भित्रिने क्रम दिनहुँ जारी रहेको र रोग संक्रमणको उच्च जोखिम भएको भन्दै विरोध हुँदै आएको छ ।
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...