कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
चैत १७, २०७६
कोरोना भाइरस (कोभिड–१९) को जोखिम न्यूनीकरण गर्न सरकारले आह्वान गरेको लकडाउनका कारणले प्रभावित बनेका ज्यालादारीमा काम गर्ने मजदुर लगायतलाई निःशुल्क राहत प्याकेज ल्याइने भएको छ ।
गण्डकी प्रदेश सरकारले गठन गरेको प्रदेशस्तरीय आपूर्ति तथा अनुगमन समितिले लकडाउनको मारमा परेका सडक बालबालिका, दैनिक ज्यालामा काम गर्ने मजदूर, क्वारेन्टाइनमा बसेका र आर्थिक रूपमा आफैं किनेर खाने क्षमता नभएकाहरूका लागि राहत प्याकेज ल्याउन लागेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्साल संयोजक र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगर सहसंयोजक रहेको सो समितिले प्रदेशमा सहज रूपमा खाद्यान्न जनतासम्म पुगोस् भन्ने हेतुले न्यूनतम मूल्यमा खाद्य सामग्री वितरणको ब्यवस्था गर्न लागेको जनाएको छ ।
सोमबारदेखिनै मोबाइल एप्स सञ्चालनमा ल्याएर अति प्रभावित घर परिवार र स्थानीय तहसम्मको माग सङ्कलन गर्ने, स्थानीय तहका प्रमुखहरूसँग समन्वय गर्न नौ वटा ‘टास्क फोर्स’ बनाउने, दैनिक उपभोग्य बस्तुको कालोबजारी र अभाव हुन नदिन अनुगमन गर्ने, प्रदेश बाहिरबाट आवश्यक उपभोग्य सामग्री भित्राउने र जिल्लादेखि स्थानीय तहसम्म आपूर्ति अनुमगन समिति गठन गरिने समितिका सहसंयोजक मन्त्री थापामगरले जानकारी दिए ।
'जारी लकडाउनका कारणले शारीरिक श्रम गरेर जीवन निर्वाह गर्ने नागरिकहरू मारमा परेका छन् । उनीहरूलाई असहज परिस्थितिमा राज्यको तर्फबाट राहत उपलव्ध गराउने र गण्डकी प्रदेशमा कोही पनि भोकै बस्नु नपर्ने अवस्थाका लागि प्याकेज ल्याउन लागेका छौं', उनले भने ।
शनिबार बसेको मन्त्रिपरिषद् बैठकले असहज अवस्थामा समेत गाउँगाउँसम्म खाद्यान्न आपूर्ति तथा वितरणमा सघाउने, अत्यावश्कीय बस्तुहरूको आपूर्ति, मुल्य र गुणस्तर कायम गर्नका लागि प्रदेश, जिल्ला तथा स्थानीयतह स्तरीय आपूर्ति समिति गठन गर्ने निर्णय गरेको थियो ।
प्रदेशस्तरीय समितिमा प्रमुख जिल्ला अधिकारी, प्रदेश नीति योजना आयोगमा आपूर्ति हेर्ने सदस्य, प्रदेश प्रहरी कार्यालय सदस्य, प्रदेश उद्योग वाणिज्य सङ्घ, चेम्वर अफ कमर्श, उपभोक्ता उपभोक्ता हित संरक्षण समिति, पत्रकार महासङ्घ र वन वातावरण मन्त्रालयको वाणिज्य तथा आपूर्ति महाशाखा सदस्य छन् ।
त्यसैगरि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्तरीय आपूर्ति समिति गठन गरेको छ ।
सो समितिमा जिल्ला समन्वय समितिका प्रमुख/उपप्रमुख सदस्य, महागनर, नगरपालिका र गाउँपालिकाका प्रमुख/उपप्रमुख सदस्य रहनेछन् । त्यसैगरि स्थानीय तहमा समेत प्रमुखको संयोजकत्वमा आपूर्ति समिति गठन गर्न लागिएको छ । कृष्ण दवाडी/रासस
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...