×

NMB BANK
NIC ASIA

गभर्नर सिफारिस समिति औपचारिकताविहीन

चैत १८, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 मन्त्रिपरिषद्ले ९ चैतमै गठन गरेको गभर्नर सिफारिस समितिले अझैसम्म औपचारिकता पाउन नसकेको अर्थ मन्त्रालयका अधिकारीले बताएका छन्। नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट गर्न गठित सिफारिस समितिका सदस्यलाई सरकारले हालसम्म नियुक्तिपत्रसमेत दिएको छैन्।

Muktinath Bank

मन्त्रिपरिषद् बैठकले निर्णय गरे पनि अर्थमन्त्री डा. युवराज खतिवडा आफैं व्यस्त हुँदा हालसम्म सदस्यलाई पत्राचार गर्न नसकेको अर्थ मन्त्रालय एक उच्च अधिकारीले बताए। राष्ट्र बैंक ऐनअनुसार अर्थमन्त्रीको संयोजकत्वमा तीन सदस्यीस समिति गठन गर्नुपर्छ। स्रोतका अनुसार मन्त्रिपरिषद्ले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरी बास्कोटालाई गभर्नर सिफारिस समितिको सदस्य मनोनित गरेको छ। सदस्य मनोनित गरिएको भनिएका बास्कोटाले भने हालसम्म आफूलाई उक्त समितिमा बस्नेबारे कोही पनि सरकारी अधिकारीले छलफल नगरेको बताए। 'मलाई कसैले सोधेको पनि छैन, औपचारिक रुपमा नियुक्ति गरेको जानकारी दिएको पनि छैन', उनले भने। अर्का सदस्य भट्टराईले भने स्वयम् अर्थमन्त्री खतिवडाले सोधेको, तर पत्र प्राप्त नभएको बताएका छन्।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्थ मन्त्रालयका अधिकारी मन्त्रिपरिषद्को उक्त निर्णय अर्थमन्त्रीकै इच्छाअनुसार तत्काल कार्यान्वयन नगएको बताउँछन्। 'पछिल्लो समय कोरोना भाइरसको महामारीका कारण सरकारका प्रमुख दुई मन्त्रालय सम्हालेकाले उहाँलाई समय व्यवस्थापन गर्न कठिन भएको देखिन्छ', ती अधिकारी भन्छन्, 'त्यसबाहेक उहाँका फरक खाले कुनै निजी सोच छ भने थाहा भएन।'


Advertisment
Nabil box
Kumari

गभर्नर नियुक्तिको अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्रीमा निहित हुने भए पनि अहिले प्रधानमन्त्री केपी ओली बिरामी परेकाले खतिवडा बढी निर्णयक देखिएका छन्। यसले गर्दा उनी अनुकूल समयमा उक्त समितिलाई सक्रिय बनाउने गरी अघि बढेको अर्थ मन्त्रालयका अधिकारी बताउँछन्।

Vianet communication
Laxmi Bank

पछिल्लो समय विश्वव्यापी महामारीले कुन हदसम्म अर्थतन्त्रलाई समस्यामा पार्छ भन्ने अनुमान पनि लगाउन नसकिने राष्ट्र बैंक र अर्थ मन्त्रालयका अधिकारी बताउँछन्। अन्तरराष्ट्रिय वित्त विश्लेषकले पनि उक्त महामारीपछि सृजना हुने आर्थिक मन्दीले संसारलाई कति समस्याको भारी थपिन्छ भन्ने पूर्वानुमान गर्न कठिन भएको बताउँदै आएका छन्। केही पश्चिमा अर्थशास्त्रीले यो शताब्दीकै ठूलो मन्दीको सामना गर्नुपर्ने जोखिम आंैल्याउन थालेका छन्।

यस्तो बेला केन्द्रीय बैंकको भूमिका बढी नै महत्वपूर्ण हुन्छ। 'हाम्रोजस्तो विकासोन्मुख मुलुकमा मौद्रिक नीतिभन्दा बृहत्त आर्थिक नीतिले नै बढी काम गर्ने हुन्छ', राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्ट भन्छन्। धेरैजसो नेपाली अर्थशास्त्री केन्द्रीय बैंक सञ्चालन गर्ने गभर्नरभन्दा अर्थमन्त्री नै बलियो चाहिने सोच राख्छन्। तर, संकटको घडिमा केन्द्रिय बैंकको स्वायत्तता कायम राख्न र नियामकीय भूमिकालाई दर्बिलो पार्न बलियो गभर्नर चाहिने पनि कतिपयको मत छ। अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x