कोरोनाका कारण अमेरिकामा तीन दिनमा दोब्बर मानिसको मृत्यु

ज्यानमारा कोरोनाभाइरसले तीन हजारभन्दा बढी अमेरिकीहरूको ज्यान लिइसकेको जोन्स हप्किन्स विश्वविद्यालयले संकलन गरेको तथ्यांकले देखाएको छ । विगत तीन दिनमा अमेरिकाको मृत्युदर दोब्बर भएको हो । 

अमेरिकाका ५० वटै राज्य संक्रमण रोक्नका लागि संघर्ष गरिरहेका छन् । 


Advertisement

अमेरिकामा एक लाख ६३ हजारभन्दा बढी केसहरूको ट्याली गर्दै जोन्स हप्किन्सको कोभिड–१९ ट्य्राकरले सोमवार साँझसम्म ३ हजार ८ जनाको मृत्यु भएको जानकारी दियो । तीमध्ये लगभग आधा न्युयोर्कका हुन् । न्युयोर्क अहिले अमेरिकाको प्रमुख भाइरल हटस्पट बनेको छ । 

एरिजोना र केन्टकी राज्यका साथै अन्य राज्य र शहरहरूले पनि लकडाउनका उपाय अपनाउन थालेका छन् । लगभग २५ करोड अमेरिकीहरूमाथि यात्रा प्रतिबन्ध लगाइएको छ । 


Advertisement

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले लकडाउनहरू ईस्टर पर्वसम्ममा हटाइसकिने बताउँदै आए पनि सोमवार त्यसविपरीत थप कडा उपाय अप्रिल महिनाको अन्त्यसम्म अपनाइने बताए अनि अमेरिकीहरूले अर्को महिनामा चुनौतीपूर्ण समयको अपेक्षा गर्नुपर्ने बताए । 

न्युयोर्कमा संक्रमण रोक्ने प्रयासहरू बढाइएका छन् । जलसेना, स्थलसेना र नेसनल गार्डले राज्यका अस्पताल र शवगृहमा भएका भीडलाई सम्हालिरहेका छन् । न्यु जर्सी, क्यालिफोर्निया र मिशिगन पनि प्रमुख हटस्पट बनेका छन् । ती प्रत्येक राज्यमा ५ हजारभन्दा बढी संक्रमण देखिएका छन् । 

न्युयोर्कमा संक्रमण रोक्न प्रयास गरिँदैछ । जलसेना, स्थलसेना र नेसनल गार्डले शहरका अस्पताल र शवगृहमा भएका भीडको व्यवस्थापन गरिरहेका छन् । न्यु जर्सी, क्यालिफोर्निया र मिशिगन प्रमुख हटस्पट बनेका छन् । ती प्रत्येक राज्यमा ५ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

आरटीबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्