कात्तिक २२, २०८०
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बागलुङकी कोरोना भाइरस सङ्क्रमित १९ वर्षीया एक युवतीलाई पोखराबाट उनको घरसम्म पुर्याउने स्कार्पियो गाडीका चालकको पहिचान भएको छ । पोखरा महानगरपालिका–२५ स्थायी घर भई हाल माछापुच्छ«े गाउँपालिका–३ बस्ने चालक अहिले घरमै सेल्फ–क्वारेन्टाइनमा दैनिक स्वास्थ्यकर्मी र स्थानीय जनप्रतिनिधिको निगरानीमा राखिएको र स्वास्थ्य अवस्था सामान्य छ । उनलाई दैनिक तीन पटक स्वास्थ्यकर्मीले तापक्रम लिने गरेका छन् ।
युवतीलाई गत शनिबार कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि पोखराबाट बागलुङ घरसम्म पुग्न उनले गाडी रिजर्भ गरेको खुल्न आएपछि सो गाडीका चालकको खोजी शुरु भएकामा आइतबार चालक स्थानीय जनप्रतिनिधिको सम्पर्कमा आउनुभएको हो । सोही दिन परीक्षणका लागि पोखरा आएका उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण नदेखिएकाले सामान्य तापक्रम जाँच गरेर घरमा पठाइएको थियो ।
स्थानीयवासीले भने उनको स्वाब परीक्षण गर्न माग गरेका छन् । गत चैत ४ गतेपछि लामो समय चालकको अन्य व्यक्तिसँग सम्पर्क भएकाले स्थानीय अहिले त्रसित भएको र उनको स्वाब परीक्षणको माग गरेका हुन् । वडाध्यक्ष सूर्यप्रसाद लम्सालले चालक अहिले घरमा नै रहेको र दैनिक स्वास्थ्यकर्मी पुगेर तापक्रम जाँच्ने र निगरानीमा राख्ने काम भएको बताए ।
हालसम्म उनमा कोरोनासँग मिल्दोजुल्दो कुनै पनि लक्षण देखा नपरेको उनले जानकारी दिए । “चालक अहिले हामीहरुको दैनिक निगरानीमा रहेका छन् । उनमा अहिले कुनै पनि स्वास्थ्य समस्या देखिएको छैन”, वडाध्यक्ष लम्सालले भने।
चालकले भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आफू परीक्षणका लागि गएको तर कुनै पनि लक्षण नदेखिएसम्म स्वाब परीक्षण नगर्ने भनी चिकित्सकले घर पठाएको बताए । प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले चालक आफूहरुको सम्पर्कमा रहेको तथा स्वास्थ्य अवस्था सामान्य रहेको बताए । व्यक्तिमा कुनै पनि लक्षण नदेखिँदासम्म नमूना सङ्कलन गर्न नमिल्ने भएकाले चालकलाई घरमै सुरक्षित साथ बस्न आग्रहसहित पठाइएको उनले जानकारी दिए ।
गण्डकी प्रदेशमा २० जनाको नेगेटिभ, एकको पोजिटिभ
गण्डकी प्रदेशमा कोरोना भाइरसको आशङ्कामा सोमबार साँझसम्म ३२ वटा नमूना परीक्षणका लागि सङ्कलन गरिएकामा त्यसमध्ये २१ जनाको रिपोर्ट आइसकेको छ । त्यसमध्ये २० जनाको नेगेटिभ आएको छ भने एक जनाको पोजिटिभ रिपोर्ट आएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माले जानकारी दिए । पोजिटिभ बागलुङकी एक युवतीमा देखिएको थियो । बाँकीको नतिजा आउन बाँकी रहेको छ ।
कोरोना सङ्क्रमण फैलन नदिनका लागि हालसम्म प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा ६४ वटा क्वारेन्टाइनस्थलमा एक हजार ३५२ श्यया तयारी अवस्थामा राखिएको छ । केही क्वोन्टाइनमा वैदेशिक रोजगारीबाट फर्किएकालाई राखिएको समेत बताइन्छ ।
त्यसैगरी हालसम्म विभिन्न अस्पतालमा २९९ आइसोलेशन श्यया तयार गरिएको छ । प्रदेशमा एक जना सङ्क्रमित भेटिइसकेकाले सङ्क्रमण थप फैलन नदिनका लागि सङ्क्रमितको उपचार र व्यवस्थापन, कन्ट्र्याक्ट ट्रेसिङ, द्रुत प्रतिकार्य टोली (आआरटी) परिचालनलगायतलाई तीव्रता दिइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रमा कोरोनाका बारेमा जानकारी लिन÷दिनका लागि बिहान ८ः०० देखि साँझ ५ः०० बजेसम्म ‘हेल्लो डक्टर हटलाइन सेवाः १०९२’ शुरुआत गरिएकामा हालसम्म १०५ जनाले सेवामार्फत कोभिड–१९ तथा अन्य स्वास्थ्यसम्वन्धी परामर्श लिएको बताइन्छ । हटलाइन सेवामा सर्वसाधारणले कोरोनाका बारेमा सम्पूर्ण जानकारी तथा मिल्दोजुल्दो लक्षण भएमा चिकित्सकको परामर्शसमेत लिनसक्ने व्यवस्था गरिएको छ ।
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...