×

NMB BANK
NIC ASIA

मादीमा स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ता, करार कर्मचारीको १० लाखको बीमा

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कास्कीको मादी गाउँपालिकाले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिनका लागि सञ्चालन भएका कार्यक्रममा खटिने स्वास्थ्यकर्मीलाई अतिरिक्त प्रोत्साहन भत्ता उपलब्ध गराउने भएको छ ।

Sagarmatha Cement
Muktinath Bank

गाउँपालिकाको मङ्गलबार बसेको बैठकले ‘लकडाउन’ तथा कोरोना सङ्क्रमण त्रासको विषम परिस्थितिमा समेत २४सै घण्टा जनताको सेवामा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन प्रतिदिन रु ५०० का दरले प्रोत्साहन थप भत्ता उपलव्ध गराउने निर्णय भएको गाउँपालिका अध्यक्ष बेदबहादुर गुरुङले बताए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसैगरी गाउँपालिकाले सरकारबाट बीमा नभएका करारका स्वास्थ्यकर्मीलाई समेत रु १० लाखको बीमा गर्ने निर्णय गरेको छ । स्थायी कर्मचारीको सरकारबाट नै बीमा भए पनि करार सेवाका स्वास्थ्यकर्मी वञ्चित हुने भएकाले अहिलेको अवस्थामा जनताको जीउ ज्यानको सुरक्षामा खटिने स्वास्थ्यकर्मीको बीमा गर्न लागिएको गाउँपालिकाले जनाएको छ । 'कोरोनाका कारणबाट विश्वनै प्रभावित भएको अवस्थामा जनताको स्वास्थ्यलाई ध्यानमा राखेर खटिएका स्वास्थ्यकर्मीको मनोवल बढाउन प्रोत्साहन भत्ता र बीमा नभएकालाई बीमा गर्ने निर्णय पालिकाबाट गरेका छौँ', अध्यक्ष गुरुङले भने। 


Advertisment
Nabil box
Kumari

गाउँपालिकाले विपद् व्यवस्थापन कोषमा रु १० लाख थप गर्ने भएको छ । कोरोना सङ्क्रमण न्यूनीकरण कार्यक्रम चालू वर्षको बजेट कार्यक्रममा विपद् व्यवस्थापन शीर्षकमा विनियोजित रु १५ लाखबाट खर्च गरिएकामा अहिले कोषमा रकम थप गर्न लागिएको बताइन्छ । 

Vianet communication
Laxmi Bank

जारी लकडाउन प्रभावकारी कार्यान्वयनका लागि १२ वटै वडामा एउटा वडाबाट अर्कोमा कोही कसैलाई पनि प्रवेश गर्न नदिइने वडा नं ७ का अध्यक्ष एवं प्रवक्ता लालबहादुर गुरुङले बताए। त्यसैगरी राजनीतिक दल, जनप्रतिनिधिलगायतको वडास्तरीय संयन्त्रबाट आपूर्ति सहज गर्ने, बजार अनुगमन तथा अत्यन्त विपन्न परिवारको लगत सङ्कलन गरी राहत प्रदान गर्ने भएको छ । 

लकडाउनको मौका पारी कालो बजारी गर्ने, वन्यजन्तुको चोरी शिकारी गर्ने, जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कानुनी कारवाहीका लागि सुरक्षाकर्मी तथा जनप्रतिनिधिले विशेष निगरानी गर्ने भएको छ । गाउँपालिकाले हालै विदेशबाट फर्किएका २३ मध्ये दुई जनालाई क्वारेन्टाइनमा राखिएको र बाँकी होम क्वारेन्टाइनमा जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीको निगरानीमा रहेको बताइन्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x