मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
चैत १९, २०७६
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा मृत्यु भएका बाबुराम थापाको शव ४ दिनसम्म उठ्न सकेको छैन ।
कोरोनाको आशंकामा बुटवल धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा उनको चैत १६ गते बिहान मृत्यु भएको थियो ।
रुपन्देहीको सैनामैना नगरपालिका–४ का थापाको स्वाब परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएपनि परिवार र आफन्तले शव बुझेका छैनन् ।
अस्पतालले शव लैजान आग्रह गरेको छ । मृतक थापाकी पत्नीले अस्पतालको लापरवाहीले पतिको मृत्यु भएको भन्दै राहत उपलब्ध गराउन माग गरेकी छन् । ‘केही नभएको बिरामीलाई कोरोना अस्पतालको नाममा मृत्यु हुने बनाइयो । उपचार गर्न अस्पताल गएको हो, मर्न होइन । राज्यले आफूलाई उचित राहतको व्यवस्था गर्नुपर्छ,’ रीताले लोकान्तरसँग भनिन् ।
चैत ६ गते यूएईबाट आएका थापालाई आउँदा नै ज्वरो आएको थियो । उनी घरमा आएपछि नजिकैको मेडिकलमा गएर चेकजाँच गरी औषधि खाए । उनलाई टाइफाइटको समस्या देखिएको थियो । घरपरिवार र छिमेकीले कोरोनाका लक्षण देखिएपछि उनी आफैं अटो रिक्सा रिजर्ब गरी लकडाउनको समयमा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि आएका थिए ।
कोरोना भाइरस संक्रमणको आशंकामा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा चैत १६ गते थापाको मृत्यु भयो । शवलाई अहिले प्रादेशिक अस्पतालको मर्चरीमा राखिएको छ ।
प्रदेश ५ सरकारका सामाजिक विकास मन्त्री सुदर्शन बरालले थापाको परिवारलाई शव लैजान भनिएपनि नलगेको बताए । ‘परिवार र आफ्न्तले शव लैजान खोजेका छैनन्,’ मन्त्री बरालले लोकान्तरसँग भने, ‘उपचारमा कुनै नेक्लिजेन्सी भएको छैन । अस्पतालले राहत उपलब्ध गराउन सक्दैन,’ उनले थपे, ‘उपचार गर्दागर्दै मृत्यु भएको हो । प्रदेश सरकारले भन्टिलेटर उपलब्ध गराउन नसक्नु बाध्यता हो । लापरवाही होइन ।’
थापाको मृत्यु भएपछि मात्र स्वाब परीक्षणका लागि काठमाडौं पठाइएको थियो । २ पटक स्वाब परीक्षण गर्दा पनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।
लुम्बिनी प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष सुर्यबहादुर भट्टराईले अस्पतालमा आएका सबै उपचार सफल नहुने बताए । ‘महामारीको अवस्थामा पनि अभावबीच चिकित्सकले काम गरेको छन् । उपचारमा कुनै कमी भएको होइन । के औषधि चलाए । त्यो रिपोर्ट हुन्छ । चिकित्सकको कमजोरीले मृत्यु होइन,’ अध्यक्ष भट्टराईले भने ।
पतिको मृत्यु भएपछि रीता अस्पताल पुग्दा समेत उनले पतिको मुख हेर्न समेत पाइनन् । न उनलाई कसैले समवेदना दिएन । लुम्बिनी प्रादेशिक अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले मृतक थापामा कोरोनाको रिपोर्ट नेगेटिभ आएपनि अन्य के कारणले मृत्यु भएको हो भन्ने खुल्न नसकेको बताए । चिकित्सक थापाले बाबुराममा कुनै दीर्घरोग नभएको बताएका थिए ।
थापाको स्वाब परीक्षण गर्न ढिलाइ भएको परिवारको दाबी छ । थापा अस्पताल पुगेको ४ दिनसम्म पनि स्वाब जाँचका लागि पठाइएको थिएन । अस्पतालले जहाजको उडान नभएको र गाडीमा १ जनाको पठाउँदा महंगो पर्ने भन्दै ३ दिनमा धेरै जनाको संकलन गरेर पठाउने गरेको बताएको थियो ।
प्रदेशमा अब कोरोनाको जाँच गर्ने मशिन आइसकेको छ । अबको १–२ दिनमा भैरहवामा नै जाँच हुने भएको छ । कोराना अस्पतालमा १८ जना बिरामी भर्ना भएका थिए । त्यमध्ये आधाभन्दा बढी निको भएर घर फर्किसकेका छन् ।
कोरोना अस्पतालमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटर र आईसीयू प्रयोगमा ल्याइँदैछ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...