कोरोना लाग्नुअघि स्वाद र गन्ध हराउने अध्ययनले देखायो

बेलायती अनुसन्धाताहरूले कुनै व्यक्तिलाई कोरोनाभाइरस लाग्नुअघि सुँघ्ने क्षमता र स्वाद हराउने गरेको पत्ता लगाएका छन् । 

किंग्स कलेज लन्डनको एक टोलीले कोभिड–१९ लक्षण देखिएको आशंका गरिएका चार लाखभन्दा बढी मानिसको प्रतिक्रिया अध्ययन गरेका हुन् ।


Advertisement

त्यसो त सामान्य रुघा लाग्दा पनि गन्ध र स्वाद हराउने गर्छन् । 

विज्ञहरूका अनुसार, कोरोनाभाइरसको सबभन्दा महत्त्वपूर्ण लक्षण भनेको ज्वरो र सुक्खा खोकी नै हो । 


Advertisement

तपाईं वा तपाईं नजिक रहेका कसैलाई लगातार खोकी लागिरहेको छ वा उच्च ज्वरो छ भने घरैमा बसेर अर्कालाई कोरोनाभाइरसबाट जोगाउनुस् । 

किंग्स कलेजका अनुसन्धाताहरूले कोरोनाभाइरसका सम्भावित लक्षणका विषयमा थप सूचना हासिल गर्न चाहेका थिए । यसले विज्ञहरूलाई रोगलाई बुझ्न तथा त्यसविरुद्ध लड्न थप सहज बनाउने अपेक्षा गरिएको छ । 

पब्लिक हेल्थ इंग्ल्यान्ड र विश्व स्वास्थ्य संगठनले चाहिँ यी दुई लक्षणलाई आफ्नो सूचीमा राखेका छैनन् । 

किंग्सका अनुसन्धाताहरूले गन्ध र स्वाद गुम्नु थप लक्षण भएको र तिनलाई पनि विचार गर्नुपर्ने बताए । ती लक्षणहरू खोकी र ज्वरो जस्तो महत्त्वपूर्ण नभएको हुन सक्ने उनीहरूको भनाइ छ ।

बीबीसीबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्