×

NMB BANK
NIC ASIA

कर्णाली प्रदेश विपद् कोषमा लाखौं जम्मा हुँदै, १० करोड वितरण

चैत १९, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कर्णाली प्रदेश सरकारले कोरोनाविरुद्ध लड्न गठन गरेको प्रदेश विपद कोषमा हालसम्म १० करोड ३८ लाख भन्दा बढी रकम जम्मा भएको छ । प्रदेश सरकारले जम्मा गरेको विपद कोषमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले ३० लाख भन्दा बढि रकम जम्मा गरेका छन् ।

Muktinath Bank

कोरोना रोकथाम तथा प्रतिकार्यका लागि स्थापना गरिएको उक्त कोषमा जम्मा भएको रकममध्ये ९ करोड ९० लाख रुपैंया वितरण भइसकेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ । मन्त्रालयका उपसचिव विनोद गौतमका अनुसार वीरेन्द्रनगरमा नेपाली सेनालाई क्वारेन्टाईन व्यवस्थापन र निर्माणका लागि दुइ करोड दिने निर्णय भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस्तै कर्णालीका दश ओटा जिल्लालाई प्रत्येक जिल्ला विपद व्यवस्थापन समितिको खातामा पचास पचास लाख रुपैंया पठाउने मन्त्रीपरिषदले निर्णय गरिसकेको छ । सोही कोषबाट नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई एक करोड, प्रदेश अस्पताल कालागाउँ सुर्खेतलाई एक करोड र चौरजहारी सामुदायिक अस्पताललाई पचास लाख रुपैंया दिइने निर्णय भइसकेको छ ।


Advertisment
Nabil box
Kumari

यस्तै सोही बजेटबाट प्रदेशमा आपुर्ति व्यवस्थापन गर्न गठन गरिएको आपुर्ति समितिलाई तीस लाख र यातायात तथा अन्य व्यवस्था गर्न बनेको समितिलाई दश लाख रुपैंया दिइएको छ । यी सबै रकम जोडदा ९ करोड ९० लाख रुपैया वितरण भइसकेको उपसचिव गौतमको भनाई थियो ।

Vianet communication
Laxmi Bank

रकम जम्मा हुने क्रम बढदै

प्रदेश विपद व्यवस्थापन कोषमा कुमारी वैंकले रु.१० लाख, राष्ट्रिय अपांग महासंघ, कर्णाली प्रदेशको तर्फबाट रु ५१ हजार १ सय ५१ रुपैयाँ सहयोग गरेका छन् । सिटीजन वैंकले रु.७ लाख, सिद्धार्थ बहुउद्देश्यीय सहकारी संस्था सुर्खेतले रु.२ लाख, नेपाल मगर संघ जिल्ला समन्वय समिति सुर्खेतले रु.२ लाख, सिद्धार्थ संचार सहकारी संस्था (सुनगाभा टेलिभिजन) सुर्खेतले रु.७५ हजार, लगनशील महिला लघुउद्यमी सहकारी संस्था सुर्खेतले रु.५० हजार र सिद्धार्थ नेशनल एकेडेमिले रु.२५ हजार जम्मा गरेका छन् ।

सिद्धार्थ बैंकले रू.१० लाखको र नौमुले गाउँपालिका–३, द्वारी दैलेख निवासी पदमबहादुर बिश्वकर्माले व्यक्तिगत रुपमा रु.५१ हजार रुपैयाँ पनि कोषमा जम्मा गरिसकेका छन् । हालसम्म ३४ लाख भन्दा बढि सहयोग अन्य निकायले गरिसकेका छन् ।

यस्तै, मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सचिवालयमा काम गर्ने पाँच जनाले १ लाख ९८ हजार जम्मा गरेका छन् । मुख्यमन्त्रीसहित अन्य पाँच जना मन्त्रीहरुले एक महिनाको पारिश्रमिक पनि जम्मा गर्ने निर्णय गरेका छन् । यो रकम कोषमा जम्मा भइसकेको छैन ।

मुख्यमन्त्रीले हाल ६० हजार ९७० रुपैयाँ तलब खाइरहेका छन् । यसमा एक प्रतिशत कर कट्टी गरि बाँकी रकम जम्मा हुनेछ । प्रदेशमा रहेका अन्य पाँच जना मन्त्रीहरुले ५२ हजार रुपैंया तलब पाईरहेका छन् । मुख्यमन्त्रिसहित मन्त्रीहरुको एक प्रतिशत कर काटेर हिसाब गर्दा तीन लाख १७ हजार ७ सय ६० रुपैंया जम्मा हुनेछ ।

यस्तै प्रदेश सरकारले प्रदेशभर कार्यरत कर्मचारीहरुबाट बढीमा सातदेखि कम्तिमा तिन दिनको तलब काटेर कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ । प्रदेशभर २५ सय ५२ दरवन्दी भएकोमा हाल १४ सय आसपास कर्मचारीहरु कार्यरत रहेका छन् । यी कर्मचारीको सहसचिव माथिको सात दिन, उपसचिव देखि अधिकृत छैठौंसम्म ५ दिन, उक्त श्रेणीभन्दा तलका कर्मचारीको तिन दिनको रकम कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

यसरी हेर्दा उदाहरणकालागि खरिदारको तलबमान २६ हजार ६ सय ४ रुपैयाँ पुगेको छ । खरिदारको तलबबाट २६४० रुपैंया काटेर कोषमा जम्मा हुनेछ । सबैभन्दा बढि सहसचिवको तलबबाट काटिने छ । दश जना सहसचिव कर्णालीमा कार्यरत छन् ।

उनीहरुबाट एक लाख भन्दा बढि रकम जम्मा हुनेछ । यसरी अनुपातमिलाई प्रति कर्मचारी ४ हजारका दरले हिसाब गर्दा ५६ लाख रुपैंया न्यूनतम जम्मा हुने देखिएको छ ।

मन्त्रालयले तयार पारेको कार्यविधि अनुसार उक्त कोषमा जम्मा भएको रुपैंया अन्य काममा खर्च गर्न पाईने छैन । ‘कोरोना नियन्त्रण तथा प्रतिकायृका लागि मात्रै उक्त बजेट खर्च गरिनेछ,’ उनले भने, ‘क्वारेन्टाईन व्यवस्थापन, क्वारेन्टाईनमा बसेका नागरिकलाई खानपान, अस्पतालले औषधी खर्च गर्न, सामान्य खालका बेड बनाउन यो बजेट खर्च गर्न पाईने छ ।’ प्रशासनिक खर्च शुन्य भएका कारण अन्यत्र खर्च गर्न नपाईने कार्यविधि बनाइएको उपसचिव गौतमको भनाई छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x