नागरिकको सुरक्षामा राष्ट्रपतिको चासो

 राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न देशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति गम्भीर चासो राखेकी छिन्  ।

नेपाल–भारतको सीमामा अलपत्र परेकादेखि विभिन्न देशमा रहेका नेपाली नागरिकको स्वास्थ्य र सुरक्षाका विषयमा उनले चासो राखेकी हुन् ।


Advertisement

विभिन्न देशमा रहेका १०जना नेपाली राजदूतसँग उनी आफैंले कुरा गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले पछिल्ला दिनमा नेपालको सीमामा आएर बसेका नेपाली नागरिकलाई आफ्नो देशमा आउन दिने र सम्बन्धित निकायले आवश्यक स्वास्थ्य जाँच गरेर क्वारेन्टाइनमा राख्ने व्यवस्थायथा शीघ्र गरिनु राम्रो हुने भन्दै उनले नेपाल सरकारको गम्भीर ध्यानाकर्षण पनि गराइन् । गोरखापत्र दैनिकमा खबर छ ।


Advertisement

कमेन्ट गर्नुहोस्