×

NMB BANK
NIC ASIA

कस्तो छ विदेशमा रहेका नेपालीको अवस्था ?

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

 कोरोना भाइरस (कोभिड–१९) यतिबेला २०३ देशमा फैलिइसकेको छ । विश्वभर नै आठ लाख ५९ हजार ९१३ सङ्क्रमित भएका छन् । तीमध्ये ४२ हजार ३४४ को ज्यान कोरोनाले लिएको छ । त्यस्तै एक लाख ७८ हजार ३५६ जनाले भाइरसलाई जितेर घर फर्किएको विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले अद्यावधिक गरेको छ ।

Muktinath Bank

अमेरिकामा छोटो समयमै चार हजार ५५ को ज्यान गएको छ । त्यहाँ एक लाख ८८ हजार ५९२ सङ्क्रमित छन् । अमेरिकाका नेपाली मूलका एक जनाको कोराना सङ्क्रमणबाट मृत्यु भयो । इटलीमा हालसम्म १२ हजार चार सयको ज्यान गयो । त्यहाँ एक लाख पाँच हजार ७९२ सङ्क्रमित छन् । स्पेनमा आठ हजार ४६४ र चीनमा तीन हजार ३१२ को ज्यान गएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

युरोपका इरान, फ्रान्स, जर्मनी, बेलायत, स्विट्जरल्यान्डमा सङ्क्रमण बढ्दो छ । बेलायतमा चार जना नेपालीको मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाली श्रम बजार रहेको मध्यपूर्वी एसियालाई डब्लूएचओको कोरोना भाइरसको उच्च जोखिमको क्षेत्र भनेको छ । श्रम गन्तव्य मुलुकमा सङ्क्रमणकै कारण नेपाल सरकारले श्रम स्वीकृति रोकेको छ । नेपाल प्रवेश गर्न २०२० अप्रिल ३० सम्म रोक लगाइएको छ । विदेशका नेपाली यतिबेला कोही
जोखिममै काम गर्दैछन् । कोही सेल्फ क्वारेन्टाइनमा छन् ।


Advertisment
Nabil box
Kumari

विदेशमै लक डाउनमा नेपाली

Vianet communication
Laxmi Bank

मलेसियापछि सबैभन्दा बढी नेपाली रहेको स्थान कतार हो । यहाँ वैध, अवैध, व्यवसाय गरी बसेका झन्डै आठ लाख जना नेपाली रहेको अनुमान छ । “पूरै लकडाउन छैन, काम चलिरहेको छ, अन्य सावधानी अपनाइरहेको छु,” दोहामा कार्यरत ईश्वरराज पौडेलले भने। ट्याक्सीमा दुई जनासम्म यात्रा गर्न छुट छ । भीडभाडमा हिँड्दा साढे एक मिटर दूरी कायम गर्नुपर्छ । बजार, पसलमा पनि दूरी कायम गरेर किनमेल गर्र्नुपर्छ ।
पौडेलका अनुसार नेपाली श्रमिक अत्यधिक रहेको सनैया लेबर क्याम्प लक डाउनमा छ । यो क्षेत्र दोहाबाट दक्षिणमा पर्छ । त्यहाँ नेपाली, बङ्गाली, भारतीय र अन्य मुलुकका समेत कामदार बस्छन् । एक जना बङ्गालीको कोरोनाका कारण मृत्यु भएपछि कडाइ गरिएको छ । त्यहाँ झन्डै १५ हजार नेपाली नागरिक छन् ।

स्थानीय र विदेशी नागरिकलाई सरकारले कुनै भेदभाव गरेको छैन । राजदूतावासले सुरक्षित रहन सार्वजनिक सूचना जारी गरेकोे छ । नेपाली तथा हिन्दी भाषामा स्थानीय रेडियोले बच्ने उपाय अवगत गराइरहेको छ । १६००० नम्बरको टोलफ्री दिएको छ । कुनै समस्या परेमा सम्पर्क गर्न भनिएको पौडेलले बताए ।

तलब नपाउने चिन्ता
संयुक्त अरब इमिरेट्स (युएई) नेपाली श्रमिकको अर्को राम्रो गन्तव्य हो । कोरोना सङ्क्रमण फैलिन नदिन यतिबेला धेरै कम्पनीले काम बन्द गरेका छन् । तीमध्ये एक मोबाइल कम्पनीमा काम गर्ने २३० जना नेपाली अधिकांश समय कोठाभित्र बस्छन् । “कोठामा आठ जना छौँ, बाहिर नडुल्ने, एउटै परिवार जसरी बस्ने गरेर सुरक्षित रहेका छौँ,” त्यहाँ कार्यरत मोहन बस्यालले भने।

कोठामा छुट्टै खाट, खानाको व्यवस्था छ । काम नगरेको समयको तलब काटिने भएर कामदार चिन्तित छन् तर भिसा सकिनेको अटोमेटिक भिसा थपिदिएको छ । उहाँका अनुसार पूर्ण लकडाउन छैन । रातको ८ बजेदेखि बिहान ६ बजेसम्म कफ्र्युजस्तै छ । त्यो अवधिमा सडकमा औषधि छरिन्छ । जुन भवनमा कोरोना सङ्क्रमण भेटिन्छ । लक गरेर सफा गरिन्छ । रातमा बाहिर निस्कने करिब ६४ जनालाई पक्राउ गरी छुट्टै क्वारेन्टाइनमा राखिएको छ । बाहिर निस्कँदा बारम्बार शरीर स्यानिटाइज गरिन्छ ।

दक्षिण कोरियामा सहज
दक्षिण कोरिया विद्यार्थी र कामदार रहेको अर्को मुलुक हो । यहाँ ५० हजार नेपाली छन् । एकताका चीनपछि यहाँ बढी सङ्क्रमण थियो । त्यहाँको सरकारले कडाइका साथ सुरक्षात्मक उपाय अपनाएपछि सुधार भएको छ । पूरै लकडाउन छैन । स्कुल, कलेजमा अनलाइन पढाइ भइरहेको छ ।

“हिँड्दा मास्क अनिवार्य छ, ठाउँठाउँमा अटोमेटिक मेसिनमा परीक्षण हुन्छ, हरबखत सहर स्यानिटाइज गर्ने सक्रिय छन्,” कोरियामा रहेकी मनु भट्टराईले भनिन् । यात्रुको सुविधाका लागि ठाउँठाउँमा हेल्थडेस्क छ । विद्यार्थी प्रज्ञा सापकोटा अनलाइन पढाइमा व्यस्त छिन्। उनका अनुसार रेल र अन्य सवारीमा सुरक्षात्मक रूपमा हिँड्न दिइएको छ ।

अस्ट्रेलियामा घरमै पढ्दै
अस्टे«लियाबाट माया भण्डारीले त्यहाँ रहेका धेरै विद्यार्थी सुरक्षित छन् । अनलाइन पढाइ भएकाले घरभित्रै बसेर सेवा लिइरहेका छन् । परराष्ट्र मन्त्रालयले कामदार मुलुक र विदेशमा रहेका नेपालीको जानकारी हरेक दिन लिइरहेको छ । विभिन्न देशका राजदूतसँग भिडियो सम्मेलन गरी सतर्क रही नेपालीको सुरक्षा गर्न परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले निर्देशन दिएका छन् ।

मन्त्रालयस्थित मध्यपूर्व, पश्चिम एसिया र अफ्रिका विभागका प्रमुख हरिश्चन्द्र घिमिरेले विदेशका नेपालीको अवस्था सन्तोषजनक रहेको जानकारी दिनुभयो । पछिल्लो तथ्याङ्कअनुसार युएईमा दुई जनाको कोरोना सङ्क्रमण निको भएको छ । मार्च ३१ मा थप दुई जना गरी छ जनाको उपचार चलिरहेको त्यहाँस्थित दूतावासले जनाएको छ ।

घिमिरेका अनुसार बहराइनमा तीन जनामा सङ्क्रमण देखिएको छ । साउदी, कुवेत लगायत अन्य मुलुकमा सङ्क्रमण देखिएको छैन । “धेरै कामदार बाहिर छन्, यो स्थिति लम्बिँदा रोजगारी र आर्थिक समस्या बढ्न सक्छ,” घिमिरेले भने। जसको विश्लेषण गर्न मन्त्रालयले थालेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनको एक चौथाइ हिस्सा रेमिट्यान्स हो । अर्थतन्त्रमा हाल २५.१ प्रतिशत अंश रेमिट्यान्सले ओगटेको छ । मन्त्रालयका अनुसार युएईमा दुई लाख ५० हजार, कतारमा चार लाख, साउदी अरबमा तीन लाख ५० हजार, बहराइनमा ३५ हजार, ओमनमा २५ हजार, कुवेतमा ७० हजार, मलेसियामा पाँच लाख, कोरियामा ५० हजार नेपाली छन् । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x