कात्तिक २१, २०८०
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
विज्ञहरूले अब केही समयमै कोरोना संक्रमण नियन्त्रणमा आउने बताउन थालेका छन् । कोरोनाका कारण भइरहेको मृत्युको दर घटेको विज्ञहरूको भनाइ छ ।
जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले कोरोना संक्रमण नियन्त्रणले फड्को मार्न थालेको बताउँदै डर मान्नुनपर्ने यद्यपी सावधानी अपनाउनुपर्ने सुझाव दिएका छन् ।
हेर्नुहोस् उनले दिएका सुझावहरू :
–कोरोना संक्रमणको मृत्यु दर ३.५ प्रतिशतबाट घटेर १.४ प्रतिशतमा घटेको छ । यो कम उमेर भएकामा नगन्य मात्र छ । होम क्वारेन्टाइन, आइसोलेसन र उपचारको कारण यो सम्भब भएको हो । जब कि ०.१ मृत्यु दर सामान्य रुघाखोकीमा पनि छ ।
–चीन, अमेरिका, इजरायल, सिंगापुर, नेदरल्याण्ड, क्यानडा लगायतका देशमा कोरोना संक्रमण बिरुद्धको खोप सफल परिक्षण भइरहेको छ ।
–सम्झनुहोस त, हामी मध्ये धेरैजनालाई जनवरी, फेब्रुवरीमा कडा खालको रुघाखोकी लागेको थियो । त्यो बेला टेस्ट थिएन । हामीहरु आराम गरेर, सिटामोल खाएर तथा आराम गरेर निको भएका थियौं । त्यो कोरोना संक्रमण हुनसक्छ । एकपटक संक्रमण भएपछि १ बर्ष दोहोरिदैन । कारणबस भएपनि त्यसले हानि गर्न सक्दैन ।
–कोरोना संक्रमणले ८५ प्रतिशतलाई सामान्य लक्षण देखाएर निको हुने, ८ प्रतिशतलाई आइसोलेसन तथा सामान्य उपचार पछि निको हुने, ३ प्रतिशत लाई लाइफ सपोर्ट चाहिने र मृत्युदर निकै कम भएकोले संक्रमण भएपनि आत्तिनु जरुरि छैन ।
–विश्वका अधिकांश देशमा कोरोना संक्रमणको ग्राफ फ्ल्याट हुँदै गएको छ । अर्थात संक्रमण स्थिर भइरहेको छ ।
–प्रकोपको इपिसेन्टर चीनमा अस्थायी कोरोना अस्पताल बन्द भए, जनजीवन सुचारु भयो । भारतले धेरै प्रकारका औषधिले सफल उपचार गरिरहेको छ ।
–लक डाउनको कारण बायु प्रदुषणमा कमी आएको हुँदा सिकिस्त हुने बिरामीको संख्या घटेको वाशिंगटन पोस्टले जनाएको छ ।
–कोरोना भाइरसले हाम्रो इम्युन सिस्टममा कसरी असर गर्छ भन्ने अष्ट्रेलियाका बैज्ञानिकले पत्ता लगाएका छन् । यो अधययनले औषधि तथा खोप निर्माणमा ठूलो उपलब्धि हासिल गरेको छ ।
–कोरोना संक्रमण भएपछि लक्षण देखिन, बिकास हुन, गम्भीर चरणमा पुग्न तथा सिकिस्त हुन ४-६ हप्ता लाग्दछ । यो समयमा संसारले उपचारमा ठूलो फड्को मार्नेछ ।
–कोरोना संक्रमण सर्ने तथा यसले असर गर्ने कुरा व्यक्तिको नियन्त्रणमा रहने भएकोले यसको ग्राफ निकै झर्दैछ । घरमा बस्ने, पोषिलो खाना खाने, व्यायाम गर्ने, घरमा बनाएको ताजा खाना खाने, घरमा बस्दा अल्कोहल तथा चुरोट कम खाने एबम रोग प्रतिरोधात्मक क्षमता बढाउने भिटामिनहरुको प्रयोग बढेकोले कोरोनाको असर घट्दै गएको छ ।
–हरेक देशले आइसोलेसन बेड, आइसीयुको क्षमता, भेन्टिलेटरको संख्या, PPE लगायतको क्षमता बढाएकोले उपचारको गुणस्तर बढेको छ । त्यस्तै स्वास्थ्यकर्मीको अनुभवले क्षति घट्दै गएको छ ।
–शक्ति राष्ट्रहरुले बायोलोगिकल हतियारलाई न्युट्रल गर्ने आफ्ना लुकाइएका खजाना खोल्दैछन । यसले गर्दा अमेरिका लगायतका शक्ति राष्ट्रमा कोरोना संक्रमण रोकथाम तथा उपचारमा उल्लेख्य प्रगति हुनेछ ।
–कोरोना संक्रमणसंग लड्न बहुराष्ट्रको एकता बढ्दै गएकोले कुनै पनि राष्ट्र एक्लो हुने स्थिति छैन ।
–कोरोना भाइरस सतहमा ६५ प्रतिशत अल्कोहल, ०.५ प्रतिशत हाइड्रोजन पेरोक्साइड अथवा ०.१ प्रतिशत ब्लीच अर्थात सोडियम हाइपोक्लोराइडले १ मिनेटमा मर्ने भएकोले फैलाबट रोक्न सजिलो छ ।
–विश्वभरका डिस्टिलरीले ह्याण्ड स्यानिटाइजर तथा मोटर कम्पनीले भेन्टिलेटर बनाइरहेका छन् । मास्क तथा स्यानिटाइजर स्थानीय स्तरमा पनि बनिरहेका छन् । यो पनि सुखद पक्ष हो ।
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...