के आज पानी पर्छ ? यसो भन्छ मौसम विभाग

बिहीवार देशभरको मौसम सामान्यतया सफा रहेको छ । अहिले मौसममा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    

बिहीवार दिउँसो देशका पहाडी भूभागमा  आँशिक बदली रही अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन तथा चट्याङ, हावाहुरी तथा असिना सहित वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ । बाँकि भूभागमा मौसम सामान्यतया सफा रहने छ। 


Advertisement

बिहीवार राती पनि देशका पहाडी भूभागमा आँशिक बदली रही पहाडी  भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ तथा असिना सहित वर्षाको सम्भावना रहेको छ । गएराती काठमाडौं, ललितपुर लगायतका केही भूभागमा पानी परेको थियो ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्