×

NMB BANK
NIC ASIA

विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएकाको तथ्याङ्क सङ्कलन गरेका छन् । केही स्थानीय तहले आफ्ना क्षेत्रमा विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गरिसकेका छन् भने केहीले गरिरहेका हुन् ।
 
पाँचखाल नपामा बुधबार साँझसम्म ४९ नगरवासी विदशेबाट फर्किएको तथ्याङ्क सङ्कलन गरिएको छ । उनीरुमध्ये १४ भारतबाट फर्किएको पाइएको नगर उपप्रमुख लक्ष्मी दनुवारले बताउनुभयो । उहाँका अनुसार स्वास्थ्य जाँचपछि १३ लाई घर बाहिर ननिस्कन भनिएको छ भने दुईलाई धुलिखेलस्थित क्वारेन्टाइनमा बस्न पठाइएको छ । 'विदेशबाट फर्किएकालाई घरमै बस्न र कोरोना भाइरसको जस्तै लक्षण देखिए तत्काल स्वास्थ्यचौकी जान भनेका छौँ', दनुवारले भने । 

Sagarmatha Cement
Muktinath Bank

एक महिनाको अवधिमा बनेपा नपामा ४२ जना विदेशबाट घर फर्केको विवतरण सङ्कलन भएको छ । जसमध्ये एक महिलालाई धुलिखेलस्थित क्वारेन्टाइनमा राखिएको बनेपा नगर उपप्रमुख रेखा दाहालले बताउनुभयो । उहाँका अनुसार जनप्रतिनिधिको रोहवरमा अन्यको स्वास्थ्य परीक्षण गरी घरबाट ननिस्कन भनिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बनेपा नगरले बुडोलस्थित रेडक्रसको तालिम केन्द्रमा ६५ श्ययाको क्वारेन्टाइन हालै सञ्चालनमा ल्याएको छ । “विदेशबाट फर्किएका नागरिकलाई स्वास्थ्यकर्मीले निगरानी गरिरहेका छन्”, उपप्रमुख दाहालले भने , 'अन्य बिरामीको सङ्ख्या थपिए पोलिटेक्निक स्कूल, चेतना केन्द्र, आइटीपार्क, सामुदायिक विद्यालय तथा होटललाई क्वारेन्टाइन बनाउने योजना बनाएका छौँ ।'


Advertisment
Nabil box
Kumari

पनौती नगरले पनि हालसम्म १७ विदेशबाट फर्केकाको विवरण सङ्कलन गरेको छ । नगरप्रमुख भीम न्यौपानेले भने , 'उनीहरुको स्वदेश आगमनबारे बुझ्दै घरभित्रै सुरक्षित बस्न र कुनै समस्या आए तत्काल स्वास्थ्य संस्था जान सुझाएका छौँ ।' उनका अनुसार नगरस्थित विपद् व्यवस्थापन समितिको बैठकले ‘फुडबैंक’ सञ्चालन गर्ने निर्णय गरेको छ ।
 
यस्तै, नमोबुद्ध नगरमा हाल २२ विदेशबाट घर फर्किएका छन् । उनीहरुलाई ‘होम क्वारेन्टाइन’मा राखिएको नगरप्रमुख टङ्कप्रसाद शर्माले जानकारी दिए। पछिल्लो समय भारतबाट आएकालाई घरबाट कतै नजान भनिएको र उनीहरुलाई नगर स्वास्थ्यकर्मीले निगरानी गरिरहेको उनले बताए।
     
रोशी गाउँपालिकामा एक महिनाको अविधिमा १२ जना विदेशबाट फर्किएको तथ्याङक छ । उनीहरुलाई कुनै समस्या नदेखिएपछि घरमै बस्न भनिएको बताइएको छ । मण्डनदेउपुर नपा, चौँरीदेउराली गाउँपालिकालगायत स्थानीय तहले विदेशबाट घर फर्केकाको विवरण सङ्कलन गरिरहेको जनाइएको छ । काभ्रेपलाञ्चोकमा छ नपा र सात गाउँपालिका छन् । 
 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x