असोज ३०, २०८०
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
पहिला नै हामी खाडी मुलुकबाट नेपाल आउनेहरूको खोजबिनमा ठूलो चुनौतीको सामना गरिरहेका थियौं र अब दिल्लीको निज्जामुद्दीनस्थित तबलीगी जमातबाट फैलिएको कोरोना संक्रमण र यसमा नेपालीको सहभागिताले थप चुनौती थपिएको छ ।
तबलीगी जमातबाट फैलिएको कोरोना–चेन नेपालको लागि पनि आउने महामारीको संकेत हो । यसलाई सीमापारि नै रोकिएन भन्ने यसले ‘तबाह’ गर्नेछ हामीलाई ।
चैत्र १७ र १८ गते दिल्ली प्रहरीले तबलीगी जमातको केन्द्र निज्जामुद्दीनको मर्कज मस्जिदमा लकडाउनको कारण फसेका १ हजार ८३० जनालाई निकालेर केहीको कोरोना परीक्षण गराउँदा ३४ जना कोरोना संक्रमित भेटिएपछि र केही जनाको मृत्यु भएको खबरले पूरै भारतमै त्रास फैलिएको छ । तबलीगी जमातले मरगजमा फसेका १ हजार व्यक्तिबारे प्रशासनलाई लिखित जानकारी दिएका थिए, जसमा २८१ जना विदेशी रहेको खुलेको छ । यसमध्ये १९ जना नेपालका रहेको दिल्लीस्थित नेपाल दूतावासले पुष्टि गरेको छ ।
सबैको नाम र ठेगाना दूतावासले नेपाल सरकार पठाइसकेको छ । नेपाली मिडिया ‘न्युज टुडे’का अनुसार केही व्यक्ति सोमवार राति सीमा छलेर राजविराज फर्केका छन् तर उनीहरू सबै सम्पर्कविहीन रहेका छन् ।
विशेष स्रोतबाट प्राप्त जानकारी अनुसार सप्तरीका ८ जना बिहारको फोर्बेसगञ्जबाट नै फिर्ता भएका छन् । बाँकी कहाँ छन् भन्नेबारे कसैलाई जानकारी छैन । मस्जिदको मदरसामा नेपालका १३ विद्यार्थी समेत पढिरहेका र उनीहरूको स्वास्थ्य जाँच तथा अन्य आवश्यक व्यवस्थापन भारत सरकारले नै गर्ने बताइएको छ ।
तबलीगी जमातको कार्यक्रम १९ जनाभन्दा बढी नेपालबाट गएको हुनसक्ने आशंका पनि रहेको छ । केही हप्ताअघि दिल्लीको निज्जामुद्दीनस्थित तबलीगी जमातको धार्मिक कार्यक्रममा देश–विदेशबाट दशौं हजारको संख्यामा भारत लगायत करीब १५ देशका मुस्लिम समुदायको उपस्थित रहेको थियो । जसबारे यससँग सम्बन्ध राख्ने इस्लामिक स्कोलर शोएब जमईले आजतकको एक कार्यक्रममा स्वीकारेका छन्, जसमध्ये ९ हजार पहिला नै फर्किसकेका समेत उनले बताए । पहिला फर्केका ती ९ हजारमा नेपाली थिएनन् होला ?
वास्तवमा निजामुद्दीनमा तबलीगी जमातको केन्द्र भएको कारणले विश्वभरबाट मानिसहरू आउँछन् । त्यसपछि तिनीहरूलाई अलग–अलग समूहमा विभिन्न शहरमा इस्लामको प्रचारप्रसार गर्न पठाइन्छ । ती क्षेत्रहरूको चिट दिइन्छ, जसमा मस्जिदको विवरण हुन्छ । यिनीहरू त्यहाँ पुग्छन् र मस्जिदहरूमा बस्छन् । कोरोना भाइरसको खतराबीच र यसै समूहबाट केहीलाई संक्रमण पुष्टि भइसकेको अवस्थामा तबलीगी जमातहरू एक शहरबाट अर्को शहरमा गएकाले भाइरस सर्ने खतरा बढेको छ । यस कथनमा निजामुद्दीनको तबलीगी जमातको केन्द्रमा नेपालीहरूको सहभागिताले भारत मात्र होइन, हाम्रो लागि पनि ठूलो चिन्ताको विषय बनेको छ ।
यसैले तबलीगी जमातबाट फैलिएको कोरोना–चेनलाई जसरी भएपनि सीमा पारि रोक्न नेपाल सरकारले कुनै कसर बाँकी राख्नु हुँदैन । नेपाल आएकाहरू तुरुन्त सम्बन्धित निकायको सम्पर्कमा आएर जिम्मेवार नागरिकको कर्तव्य पालना गर्नुपर्यो । केही व्यक्तिको लापरवाहीले पूरै देश खतरामा पर्न जान्छ, यस कुराको बोध तबलीगी जमातको कार्यक्रमबाट फर्केका हाम्रा मुस्लिम दाजुभाइले पनि बुझिदिनुपर्यो ।
संघीय, प्रदेश र स्थानीय सरकारले तबलीगी जमातको कार्यक्रममा सहभागीको खोजबिनमा कुनै कसर बाँकी राख्नुभएन । मुस्लिम धर्मगुरु र अगुवा समेतले खोजबिनमा पूर्णरुपले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।
भारतको घटनाबाट शिक्षा लिई नेपाल सरकारले ‘लकडाउन’ अवधिभर सामाजिक दूरी कायम राख्न सबै धर्मको धार्मिक भेलामा प्रतिबन्ध लगाउनुपर्छ । मन्दिर, मस्जिद, चर्च, गुम्बा लगायतका सबै धार्मिक संस्थामा तत्काल आमनागरिकको प्रवेश पूर्णरुपले रोक लगाउनुपर्छ । आफ्ना नागरिकको सुरक्षा नै सरकारका लागि सबैभन्दा ठूलो धर्म हो ।
चीनबाट शुरू भएको कोरोना भाइरसको महामारी विश्वका करीब–करीब सबै देशमा फैलिसकेको छ । एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दै भाइरसले मानव–चेनमार्फत ८ लाखभन्दा बढीलाई आफ्नो चपेटमा लिइसकेका छन्, जसमध्ये करीब चालिस हजारको मृत्यु भइसकेको छ । कोरोनाले बनाएको मानव–चेनलाई तोड्न नै प्रायःजसो देशले लकडाउन गरेका छन् ।
लकडाउनले देश बाहिरबाट आउने सम्भावित कोरोना संक्रमितलाई रोक्छ भने देशभित्र रहेका संक्रमितबाट संक्रमण फैलिनुलाई नियन्त्रण गर्छ । संक्रमणलाई रोक्न लकडाउन नै सबैभन्दा पहिलो महत्त्वपूर्ण र उत्तम विकल्प रहेपनि थप उपायहरू अवलम्बन नगरे यो असरहीन हुनेछ ।
हाम्रो देशको सन्दर्भमा सरकारले मुलुकभर लकडाउनसहित कोरोना भाइरस विरुद्धको सम्भावित क्षति कम गर्ने गरी विभिन्न योजना बनाइरहेको छ । यस दौरान सरकारद्वारा केही कमी–कमजोरी देखिएको भएपनि अहिले सरकारको आलोचना गर्नुभन्दा पनि उचित सुझावसहित सरकारलाई साथ र सहयोग दिँदै हामी सबै कोरोना भाइरस विरुद्धको लडाइँमा एकजुट हुनु आवश्यक देखिएको छ । सरकारले पनि यो बिर्सनुभएन कि यो अभूतपूर्व विश्वव्यापी युद्ध हो र पूरै विश्व नै उही दुश्मन नोबेल कोरोना भाइरसको सामना गर्दैछ । यस लडाइँको पहिलो युद्धको मैदान अस्पताल हो, जहाँ हाम्रा सिपाहीहरू मेडिकल कार्यकर्ताहरू हुन् । यो युद्ध जित्न सकिन्छ भन्ने सुनिश्चित गर्न सरकारले सर्वप्रथम मेडिकल कार्यकर्तालाई प्रविधिसहित पर्याप्त स्रोतको ग्यारेन्टी गरेको सुनिश्चित गर्नुपर्छ ।
ठूल्ठूला मुलुकले पनि कोरोना भाइरससँगको लडाइँमा धेरै चुनौतीको सामना गर्नुपरेको छ । पर्याप्त अनुभव र स्रोतसाधनको कमीले गर्दा हाम्रो सरकारका अगाडि चुनौतीहरू झन् थपिएका छन्, धेरै ठाउँमा सरकार चुकेका पनि छन् तर अब पहिलो लकडाउनको अनुभव र चीनबाट आएका मेडिकल सरसामग्रीले परिस्थिति पहिलाभन्दा सहज अवश्य बनाएको छ ।
कोरोनाको मानव–चेन तोड्न लकडाउन पहिलो उपाय हो भन्ने बाहिरबाट आएका सम्भावित संक्रमितको पहिचान गर्नु, उनीहरूको कोरोना परीक्षण गर्नु र लक्षण अनुसार क्वारेन्टाइन वा आइसोलेसनमा राख्नु दोस्रो उपाय हो ।
हालसम्म नेपालमा ५ जना कोरोना संक्रमित भेटिएका छन्, यिनीहरू सबै विदेशबाट नै आएका थिए । चैत्र ४ गते कतारबाट कतार एयरवेज क्यूआर ६५२, चैत्र ६ गते यूएईबाट एयर अरयिबा जी९५३७ र दिल्लीबाट विस्तारा एयर लाइन्स यूके१५५ बाट नेपाल आएकामध्ये कोरोना संक्रमित पुष्टि भएका छन् । यी विमानबाट फर्केका सबैको कोरोना परीक्षण आवश्यक थियो, जुन समयमै भएन ।
हामी सबैको साझा बुझाइ के रह्यो भने कसैमा ज्वरो वा रुघा लागेको देखिएमा मात्र कोरोनाको सम्भावित संक्रमित हुनसक्छ । यही बुझाइमा सरकार पनि अघि बढ्यो । चैत्र ४ गते कतारबाट आएका मध्येबाट प्रायःजसोको ज्वरो मात्र परिक्षण गरियो । विदेशबाट आएकाहरूको स्वाब परीक्षण नै नगरी कोरोना नेगेटिभ भनेर प्रचार गरियो । केही दिनअघि म स्वयं कतारबाट आएका १ जनालाई खोजेर जनकपुर प्रादेशिक अस्पताल लगेर जाँच गराए र उनको पनि ज्वरो मात्र परीक्षण गरिएको थियो । कोरोनाको उच्च शंकास्पदमा रहेकाको पनि स्वाब जाँच नहुनु शतप्रतिशत लापरवाही हो । विश्व स्वास्थ्य संगठन (डब्यूएचओ) ले भनिसकेको छ –कोरोनाको कुनै लक्षण नदेखिएपनि संक्रमण भेटिएको छ ।
चीनको तोङ्जी अस्पतालको प्रमुख वाङ वीले एउटा अन्तर्वार्तामा आफ्नो अस्पतालमा आएका ५ जनामा कोरोनाको कुनै लक्षण नदेखिएपनि ‘पोजिटिभ’ पाइएको जनाएका छन् ।
बजारमा भ्रम र डर दुवै फैलिएको छ, जनता त्रसित छन् । मास्कबारे जनतामा ठूलो भ्रम सिर्जना भएको देखिन्छ । मास्क लगाउँदा कोरोनाभाइरसबाट जोगिन्छ भनेर अन्य सतर्कता नअपनाई मास्क लगाएर ढुक्क भएका छन्, जबकि विश्व स्वास्थ्य संगठनले मास्कको साथ–साथ अन्य सतर्कता अपनाउन प्रस्ट पारिसकेको छ ।
विदेशबाट आएर जाँच गराउन अस्पताल गए भने प्रहरीले समातेर १४ दिन कतै थुनिदिन्छ (क्वारेन्टाइन) भन्ने ठूलो डर मनमा रहेको देखिन्छ । परिणामस्वरुप विदेशबाट आउनेहरूमध्ये धेरैजना लुक्दै हिँडेका छन् । कोरोना भाइरस र सरकारले गरेको निर्णयबारे जनतामा सही जानकारी जानु जरुरी देखिएको छ ।
कोरोना भाइरसले नेपालमा पनि महामारीको रूप लिनसक्ने सम्भावनालाई मध्यनजर गरी सबै जना त्यस्तो अवस्था आउन नदिन विशेष चनाखो र सतर्क हुनुपर्छ । कोरोनाको महामारी फैलिन दिने वा नदिने भन्ने विषय सरकार र नागरिककै हातमा छ । बाहिरबाट आएकामाथि विशेष निगरानी बढाउनु आवश्यक छ । यो कार्य स्थानीय तहले सहज तरिकाले गर्न सक्छ । हरेक वडाका जनप्रतिनिधिले आ–आफ्नो वडाको निगरानी इमान्दारीपूर्वक गरे भने हामी सजिलै कोरोना मानव–चेन तोड्न सफल हुन्छौं ।
अमेरिकामा कोरोना संक्रमितको संख्या सबैभन्दा बढी देख्नुको कारण त्यहाँ सबैभन्दा बढी कोरोना परीक्षण हुँदैछ । जहाँ परीक्षण नै हुँदैन, त्यहाँ यथार्थ ओझलमा हुन्छ र लुकेको कुरा आउने संकटको अदृश्य सूचक हुन्छ । सरकारले पहिलो चरणमा बढीभन्दा बढी कोरोना सम्भावित संक्रमितको परीक्षण गर्नुपर्छ ।
सरकारी तयारीको साथ–साथ जनताले आफ्नो सुरक्षा आफैं गर्नुपर्ने अपरिहार्यता देखिएको छ । सामाजिक दूरी र लकडाउन अनुशासित भएर पालना गर्नुबाहेक तत्काल अन्य विकल्प छैन ।
आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...
मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्, दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....। हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...
कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...
नेपालको सार्वजनिक प्रशासन, विशेषतः निजामती सेवामा व्यावसायिक सदाचारिता विकास भएन भन्ने प्रश्न समय समयमा उठ्दै आएको छ । कर्मचारीमा स्वाभाविक रूपमा हुनुपर्ने कार्यसम्पादनलाई व्यवस्थित बनाउने सीप, संस्कार र अनुभवजन्य...
राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...
केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...