चीनसँग जीटूजीमार्फत स्वास्थ्य उपकरण खरिद गर्न पम्फा भुसालको प्रस्ताव

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की स्थायी कमिटी सदस्य एवं प्रतिनिधि सभा सांसद पम्फा भुसालले नेपाल सरकारले चीन सरकारसँग (जीटूजी) मार्फत सिधै स्वास्थ्य उपकरण किन्नु उपयुक्त हुने बताएकी छन् ।

सबैभन्दा भरपर्दो र विश्वसनीय विधी सरकारले चीनसँग सिधै सामान खरिद गर्नु भएको उनलको भनाइ छ ।


Advertisement

सामाजिक सञ्जाल फेसबूकमार्फत सरकारलाई सुझाव दिँदै भुसालले कोरोना भाइसरको जाँच सामागी यथाशीघ्र ल्याउनुपर्ने बताएकी छन् ।

‘देश महाविपत्तिको सामना गरिरहेका बेलामा अनियमितता भएको भए छानबिन त हुनैपर्छ । त्यो भन्दा १ नम्बरको काम कोरोना भाइरसको जाँच र उपचारको लागि चाहिने स्वास्थ्य उपकरण लगायतका सामग्री यथाशीघ्र खरिद गरेर ल्याउनु हो’ संसद्को राज्य व्यवस्था तथा सुशासन समितिकी सदस्य समेत रहेकी सांसद भुसालले लेखेकी छन्, ‘नेपाल सरकार अहिलेका लागि सबैभन्दा विश्वसनीय विधि सरकारले चीन सरकारसित कुरा गरी चीन सरकारमार्फत जीटूजी विधिबाट खरिद गर्नुहुनेछ । यो विधिबाट सामग्री खरिद गर्दा छीटो र गुणात्मक हुनेछ ।’


Advertisement

ओम्नी ग्रुपमार्फत सरकारले खरिद गरेको उपकरण कमसल क्वालिटीको भएको तथा धेरै महंगोमा खरिद भएको भन्दै व्यापक अलोचना भएपछि स्वास्थ्य सेवा विभागले बुधवार खरिद प्रक्रिया रद्द गरेको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्