×

NMB BANK
NIC ASIA

विपत्तिको बेलामा गोलमाल

कमरेडहरू, शिर निहुराउने काम गर्नुभयो, पाप धुरीबाट कुर्लेला नि !

चैत २०, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

प्रधानमन्त्री केपी शर्मा ओली बिरामी छन् । उनको स्वास्थ्य थप सुध्रँदै जाओस्, शुभकामना । तर, स्वास्थ्य सुध्रँदै गएपनि उमेर र थकानका कारण सम्भवतः सरकार प्रमुख र पार्टी प्रमुख दुवै पद उनका लागि यो नै अन्तिम हुनसक्छ  । जीवनको अन्तिम क्षणमा पुगेको मानिसका लागि राम्रो काम गरेर इतिहासमा नाम लेखाउने रुचि हुनुपर्ने हो । ओलीमा पनि त्यही होला । सन्तान नभएको मानिसले पदीय दुरूपयोग गरेर सम्पत्ति केका लागि या कसका लागि थुपार्ने ? सम्भवतः प्रधानमन्त्री व्यक्तिगत रूपमा त्यो लोभमा छैनन् भन्ने मेरो अनुमान छ । 

Sagarmatha Cement
Muktinath Bank

मानौं प्रधानमन्त्री व्यक्तिगत रूपमा भ्रष्टाचार गर्ने योजनामा छैनन्, बाहिर आएका प्रत्येक आर्थिक अनियमिततासम्बन्धी विषयमा उनी निर्दोष छन् भने पनि उनको नेतृत्वमा रहेको सरकारका सदस्यले म जस्ता हजारौं, लाखौं कार्यकर्ताको मात्र होइन स्वयं प्रधानमन्त्रीको पनि शिर निहुर्‍याइदिएका छन् । यस्तो अवस्था आउनुमा प्रत्यक्षमा रूपमा संलग्न नभएपनि नैतिक रूपमा चाहिँ प्रधानमन्त्री ओलीले पनि जिम्मेवारी लिनुपर्ने बाध्यता आइलागेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाठकवृन्द,
यो आलेख तयार गर्दै गर्दा मलाई नेकपाको शुभचिन्तक हुँ भनेर परिचय दिन लाज लागिरहेको छ । कुन मुखले मैले आफूलाई म पनि नेकपाको शुभचिन्तक हुँ या मैले नेकपालाई भोट दिएको थिएँ भनेर परिचय दिने ? दुईतिहाइको शक्तिशाली सरकार बनेकै दिनदेखि शुरू भएका आर्थिक अनियमितताका अनेकौं काण्डले म मात्र होइन, लाखौं शुभचिन्तकको शिर यसैगरी निहुरिएको हुनुपर्छ ।  


Advertisment
Nabil box
Kumari

सरकारका मन्त्रीका क्रियाकलापले पार्टीका नेता, कार्यकर्ता र शुभचिन्तकको शिर निहुरिरहेका बेला उक्त प्रक्रियामा हिजो बुधवार अर्को एउटा अध्याय थपिएको छ । 

Vianet communication
Laxmi Bank

यसपटक चाहिँ सरकारमा प्रधानमन्त्रीपछिका सबैभन्दा उच्च तहका नेता एवं उपप्रधानमन्त्री ईश्वर  पोखरेल, प्रधानमन्त्रीले नजिक ठानेका मन्त्री र प्रधामन्त्रीकै वरिपरि घुमिरहने स्वार्थी समूहका कारण शिर निहुरिएको हो ।  

प्रधानमन्त्री ओलीले एकजना आफ्ना विश्वासपात्रलाई बालुवाटारमा बोलाएर सोधपुछ गरी यथार्थ सूचना हाँसिल गरेपछि विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्द भएको स्रोतको दाबी छ । त्यो कमिसनखोरी सम्झौता रद्द हुनुभन्दा अगाडि प्रधानमन्त्री पत्नी राधिका शाक्यका अगाडि प्रधानमन्त्रीकै वरिपरि रहने केही स्वार्थी समूहका सदस्यहरू धुरुधुरु रुन पुगेको स्रोतको दाबी छ । 

यस्तो संकटका बेला किनिएका स्वास्थ्य उपचार सामग्रीमा अनियमितता भएको बारे समाचारहरू आइरहेको भन्दै प्रधानमन्त्री निकै रिसाएको बुझिएको छ । उनै रिसाएका प्रधानमन्त्रीले स्वास्थ्य तथा जनसंख्या मन्त्रीलाई फोन गरी तत्काल खरिद सम्झौता रद्द गर्न हकारेका थिए । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनसँग कसरी कुरो मिलाउने र बजारको हल्लालाई कसरी रोक्ने भन्नेबारे विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग छलफल गरिरहेकै बेला प्रधानमन्त्रीको ठाडो आदेश सहितको फोन उनीहरूका निम्ति एक ब्रजपातका रूपमा आयो ।

तपाईंलाई समेत थाहा नदिई यी सबै षड्यन्त्र भैरहेका छन् भने प्रधानमन्त्रीज्यू, त्यो तपाईंले आफ्नो ठान्नुभएका नजिकका मन्त्रीहरूबाट तपाईंमाथि भैरहेको भयंकर ठूलो धोका हो । देश र जनताप्रति गद्दारी हो । तपाईं स्वयं, देश र जनताप्रति यस्तो गद्दारी गर्ने यी धोकेबाजहरूलाई अझै पनि विश्वास गरिरहनुहुन्छ या कारवाही गर्नुहुन्छ, त्यो तपाईंकै मर्जी ।

आदेश  पाएपश्चात निन्याउरो अनुहार लगाएका श्रेष्ठले यो मामिलामा पत्रकारहरूसमक्ष आफूले फेस गर्न नसक्ने कुरा मन्त्रीलाई बताएका थिए। तर पनि उनीहरू पत्रकार सम्मेलन गर्न बाध्य भए । हात परिसकेको ठूलो माछा फुत्कदा कस्तो महसूस हुन्छ ? कुनै बहादुर पत्रकार पैदा भएको दिन उसले अवश्य सोध्नेछ, तर जनताहरू हारेका छैनन्, थाकेका छैनन् । जनताका प्रश्नहरू मरेका छैनन् । 

स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई जनताले शुरूदेख नै शंकाको नजरले हेरेका थिए । त्यो शंका सामाजिक सञ्जाल र मिडियामार्फत प्रतित भइरहेकै थियो ।
पहिलो कुरा त ‘घरमा पाहुना आएका छन्’ भनेर प्रश्नको सामना नगर्ने जस्ता कार्यशैलीसँग मानिसहरू खुशी थिएनन् । दोस्रो कुरा उनको कार्यशैलीमा कमिसनको गन्ध ह्वास्सै आएको देखिन्थ्यो। उनको राजीनामा माग्नेहरू कैयौं थिए । उनी अलोकप्रिय बन्दै थिए । 

यसबीचमा भानुभक्त ढकालको मात्र होइन, उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायतले गलत नियतले काम गरेको भनेर धेरै टिप्पणी र प्रश्नहरू उठिरहे । तर पनि उनीहरू गल्ती स्वीकार गर्नुको साटो उल्टै प्रतिरक्षा गर्नमा व्यस्त रहे । हिजो आएर बल्ल घुँटा टेक्न बाध्य भएका छन्, त्यो पनि प्रधानमन्त्रीको कडा एक्सनपछि । 

हिजो पूर्वराजा ज्ञानेन्द्रका अघिपछि कैयौं स्वार्थी समूह थिए, तिनैका कारण ज्ञानेन्द्रको सत्ता निकै पीडाका साथ पतन भयो भन्ने गनिन्छ । प्रधानमन्त्री ओली पतन भइसकेका त छैनन्, तर औषधिको बोझले शिथिल उनलाई देशका बारेमा कुनै शुभ समाचार भने छैन। अनि बाध्य छन् ठाडो आदेश दिन, बाध्य छन् घेरा तोड्न । प्रधानमन्त्री पत्नी राधिकाको इच्छाविपरीत प्रधानमन्त्रीलाई अस्पतालदेखि बालुवाटारको कोटरीमा ल्याउनका लागि पनि यिनै स्वार्थी समूहको हात छ भन्ने गरिन्छ । यथार्थ कुरो के हो पशुपतिनाथ नै जानुन् । 

कम्युनिस्टको दुईतिहाइ सरकार छ । गर्न सकिने काम धेरै छन् । जनताको मनमा खुशियाली ल्याउन सकिने योजना तमाम छन्। तर कथित मन्त्री र स्वार्थी समूहका नाममा जनतामाथि जो अत्याचार भइरहेको छ, यो कुनै मण्डले शासकको अवतारजस्तो देखिन्छ। 

जस्तो कि जब–जब कोरोनाको संकट थपिँदै गयो तब–तब प्रधानमन्त्रीनजिकको स्वार्थी समूह निकै तीव्र गतिमा चलायमान भएको प्रतीत हुन्छ, र नेपाल कम्युनिस्ट पार्टीको दुईतिहाइ सरकारको बदनामको अर्को शृंखला फेरि शुरू हुन्छ । यिनीहरूले नागरिक समाजका कुरा सुन्दैनन्, जनताका भावना बुझ्दैनन्, मिडियाका एक्सप्रेसन हेर्दैनन् ।   

जब सरकारी घोटला र अनियमितता कुराहरू आउँछन्, उनीहरूको परिवार नै जोडिन पुग्छ । यो त राम्रो हैन । चीनबाट मेडिकल सामग्री खरिद गर्न सरकारका मन्त्रीले र स्वार्थी समूहले आफू निकटका व्यापारीसँग रातारात सेटिङ मिलाएको भन्ने कुरा आयो। आरोपहरू बाहिर आएपछि प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले ट्विट गर्दै भनेका छन्– 'सोच्नुहोस् त, यदि तपाईंहरूलाई टर्चर गर्न तपाईंका आफन्त र परिवारलक्षित अपमानजनक आरोप सार्वजनिक रूपमा शुरू भए कस्तो महसूस गर्नुहुन्छ ? मेरो प्रश्न छ– यो प्रोक्सी वार कसको इशारामा किन र केका लागि हो ? के हाम्रो मिडिया मुख छोप्दै परपीडामा रमाउने अत्याचारी मेसिनको तहमा गिरिसकेकै हो ?'

स्वास्थ्य सामग्री खरिदमा रिमालपुत्रलाई समेत जोडेर समाचार बाहिर आएपछि उनले यस्तो ट्वीट गरेका हुन् । स्वास्थ्य सामग्री खरिदमा रिमालपुत्रको संलग्नता भए/नभएको प्रमाणित भएको छैन । त्यो अनुसन्धानले पत्ता लगाउने विषय हो । तर यस्ता समाचार बाहिर आउनु सुखद् विषयचाहिँ पक्कै होइन । हक्की स्वभावका रिमाल शुरूदेखि नै आक्रमणको तारो बनेका छन् । हुन त हाम्रो समाज गल्ती नगर्नेलाई पनि जर्बजस्ती दाग लगाउन पछि पर्दैन । तर यदि रिमाल या उनका सन्तान समेत गलत क्रियाकलापमा लाग्न थालेका हुन् भने उनीहरूले कर्मको फल भोग्ने नै छन् । तर तुष पोख्न मात्र उनीहरूमाथि आरोप लगाइएको हो भने त्यो उनीहरूप्रतिको ठूलो अन्याय हुने छ ।

रक्षामन्त्री एवं नेकपाका प्रभावशाली नेता ईश्वर पोखरेलले एक टेलिभिजनसँग कुरा गर्दै भनेका थिए– 'म स्वयंको पहलकदमीका साथ निगरानीका साथ चीनबाट मेडिकल सामग्रीहरू मगाइएको छ, बाहिर गरिएका हल्ला सबै प्रायोजित हुन्, एक चिम्टी पनि अनियमितता भएको छैन, यदि कहीँ कतै त्यस्तो ल्याप्सेस भएको पाइयो भने म जिम्मा लिन्छु ।' 

रक्षामन्त्री जस्तो मान्छे, पार्टीको नेताले भनेको कुरा नमानेर हुन्छ भन्दै कार्यकर्ताहरू उफ्रन थाले । सामाजिक सञ्जालमा आउने प्रतिक्रियालाई हेर्ने हो भने अरिंगालहरू रक्षामन्त्रीको बचाउनमा ओर्ले । तर ईश्वर पोखरेलकै छोराको पनि खरिद कुकर्ममा सहभागिता छ भन्ने समाचार आएपछि धेरैको सातो उड्यो । त्यो समाचारको लिंक कस्ले किन उडायो भन्ने प्रश्न पनि उठेका छन् ।

रक्षामन्त्रीका पुत्रको खरिद कुकर्ममा संलग्नता छ या छैन त्यो पनि अनुसन्धानले मात्र पत्ता लगाउने विषय हो । तर रक्षामन्त्री आफैं चाहिँ विवादमुक्त पात्र होइनन् । उनको विगत विवादास्पद छ । आपूर्ति मन्त्री भएको बेला उनको घरको पानी ट्याङ्कीमा लाखौं रूपैयाँ कालोधन भेटिएको चर्चा अहिले पनि चलिरहन्छ । त्यो आरोपबाट उनी अझै पनि मुक्त छैनन् । आफूलाई निकै बाठो ठान्ने प्रवृत्तिका पोखरेलमाथिका आरोप र शंकाका लामा कथाहरू छन् । 

ईश्वर पोखरेल मात्र हैन, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले चीनबाट ल्याउने सामग्रीमा कुनै समस्या नभएको र यसबारे आफूले जवाफ दिनुपर्छ जस्तो नलागेको बताएका थिए । यो कुरालाई उनको सम्पूर्ण राजनीतिक सहकर्मीहरूले समर्थन गरे । पार्टीनिकटका पत्रकार संगठनका पत्रकारहरू त झन् ज्यान नै फालेर समर्थनमा उत्रिए । निकै भलाद्मी भनिएका नेता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चिनियाँ सामान महंगो भयो भन्नेहरूलाई 'गिद्दहरूले सिनोतिर हेर्छन्, फूल तिर हेर्दैनन्' भनेर जनताको भावनामाथि प्रहार गरे । यो प्रकरणमा परराष्ट्रमन्त्री ज्ञवाली पनि चुकेका छन् । उनको भूमिका पनि शंकास्पद् देखिएको छ, विवादमा आएको छ । यदि उनको भूमिका शंकास्पद थिएन भने सम्झौता किन रद्द भयो  ? त्यसको हिसाब–किताब जनताले आउने चुनावको बेला पनि अवश्य खोज्नेछन्, कमरेड ।

विवादास्पद खरिद प्रकरणको बचाउमा उत्रनेमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पनि थिए । उनले सामाजिक सञ्जालमार्फत लगातार सरकारका मन्त्रीको बचाउ गरिरहे । सम्झौता रद्द भएपछि उनी के सोच्दै होलान् ? यदि सम्झौता गलत हुँदैनथ्यो, सही थियो भने किन रद्द गरियो त कमरेड ? छ जवाफ ?

नेकपाका युवा नेता रमेश पौड्यालले त फेसबूकमा भानुभक्त ढकालको फोटो राख्दै लामो स्टाटस लेखेर चाकडी गर्न भ्याए । 

उनको चाकडीलाई कैयौं कार्यकर्ताहरूले मननयोग्य भनेर हैसला पनि प्रदान गरे ।

उनले लेखेका थिए– छिटो छरितो प्रक्रियाबाट सामग्री नेपाल आइपुग्नै लाग्यो, जनताले उपचार पाउने भए भनेपछि स्वास्थ्य मन्त्रीमाथि फेरि अनेक लान्छना । यसो किन गरिँदैछ ? कुरो प्रस्टै छ– सहमतिको सरकार बनाउने ध्येय । महासंकटको यस क्षणमा बन्द गर, यो घृणित खेल । सक्छौ, सरकारको काममा सहयोग गर, सक्दैनौ जनता बचाउने काममा अवरोध नगर ।'

तर जनता आक्रोशित थिए । उनको स्टाटसमा कमेन्ट गर्दै धेरैले चीनबाट ल्याइएका समान महंगो भएको र सिधै कमिसनको खेलमा सरकारी मानिसहरू लागेको आरोप  लगाए । प्रकाश संग्रैलाले उनलाई यसरी जवाफ फर्काएका थिए– 'जहाँ गलत हुन्छ, त्यो बाहिर ल्याउनुपर्छ तर कुनै बहाना बनाएर कोरोना विरुद्धको लडाईंलाई कमजोर पार्नु हुँदैन । कोरोनाका नाममा राजनीति गर्ने र कालोधन्धा, भ्रष्टाचार वा तस्करी गर्ने काम अपराध हो ।'

जानेबुझेका मानिसहरू भन्छन्, ओम्नी समूहलाई नियमविपरीत चीनबाट सामान ल्याउने जिम्मा दिलाउन प्रधानमन्त्रीनिकट केही स्वार्थी समूहको मुख्य भूमिका थियो। तर सरकारलाई यस्तो नैतिक विपत आइलाग्यो कि प्रधानमन्त्री ओलीले फेरि एकपटक ठाडो आदेश दिनुपर्‍यो । खरिद प्रकरणका प्रमुख पात्र रक्षामन्त्री ईश्वर पोखरेल तथा स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको चाहनाविपरीत ओम्नी समूहसँग भएको सम्झौता रद्द भएरै छाड्यो । यो सम्झौता रद्द भएपछि शायद पोखरेल र ढकालको ओठमुख सुकेको हुनुपर्छ ।

सम्झौता रद्द सतहमा आएका विषय भयो । सरकारले किन अमुक व्यापारीलाई कुन प्रलोभनका साथ ठेक्का सुम्पियो ? त्यो पनि सतहमै आएको विषय भयो । तर राजनीतिक विषय सतहमा आउन जरुरी छ । कम्युनिस्ट पार्टीको दुईतिहाइ सरकारको यो हदसम्मको बदनाम अकल्पनीय हो । अब त यस्तो भैसक्यो सरकारले जनताका लागि मास्क किन्नु पर्दैन, आफ्नै लाज छोप्नका लागि गतिलो मास्क किन्नुपर्ने पो देखियो । प्रधानमन्त्रीलाई स्वार्थी समूहले कतिसम्म गुमराहमा राखेका रहेछन् भन्ने कुरा पटक–पटकका काण्डहरूबाट थाहा नै हुन्छ । ती स्वार्थी समूहमा को-को छन् प्रधानमन्त्रीले चिन्न जरुरी छ । चीनबाट मेडिकल सामग्री ल्याउने प्रकियाकाबारे प्रधानमन्त्रीलाई थाहा नै नदिएर चोरबाटोबाट कसरी चक्रब्यूह रचिएको रहेछ भन्ने कुरा  निकै डरलाग्दो, आश्चर्यजनक घटना हो । भनिन्छ, प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएको फाइदा सबैभन्दा धेरै कसैलाई भएको छ भने उनकै वरिपरी घुमिरहने स्वार्थी समूहलाई भएको छ । 

हिजो पूर्वराजा ज्ञानेन्द्रका अघिपछि कैयौं स्वार्थी समूह थिए, तिनैका कारण ज्ञानेन्द्रको सत्ता निकै पीडाका साथ पतन भयो भन्ने गनिन्छ । प्रधानमन्त्री ओली पतन भइसकेका त छैनन्, तर औषधिको बोझले शिथिल उनलाई देशका बारेमा कुनै शुभ समाचार भने छैन। अनि बाध्य छन् ठाडो आदेश दिन, बाध्य छन् घेरा तोड्न । प्रधानमन्त्रीपत्नी राधिकाको इच्छाविपरीत प्रधानमन्त्रीलाई अस्पतालदेखि बालुवाटारको कोटरीमा ल्याउनका लागि पनि यिनै स्वार्थी समूहको हात छ भन्ने गरिन्छ । यथार्थ कुरो के हो पशुपतिनाथ नै जानुन् । 

मुख्य कुरा के हो भने, सरकारको कमजोरी केबल कमिसनखोरहरूलाई काँधमा हालेको कुरामा मात्र देखिन्न । चीनको वुहानमा पहिलोपटक कोरोनाभाइरस देखिएको ३१ डिसेम्बर अर्थात् १५ पुसमा हो । २३ जनवरी अर्थात् ९ माघमा वुहान लकडाउन भएपछि विश्वको ध्यानआकृष्ट भयो । त्यसयताका ६७ दिनसम्म नेपाल सरकार किन मौन बस्यो ? किन उडानहरूमा प्रतिबन्ध लगाउम सकेन ? किन आवश्यकता अनुसारका मेडिकल समाग्री किन्न सकेन ?

वुहान लकडाउन भएदेखि पूर्वतयारीका लागि स्वास्थ्य उपकरण किन्न नेपाल सरकारले सम्बन्धित कम्पनीहरूबाट टेन्डर आह्वान गरेको थियो । २५ माघमा टेन्डर आह्वान गरिएपछि १९ कम्पनीले कोटेसन बुझाएका थिए । तर, दुई महिनासम्म ती कोटेसन सरकारले किन दराजमा थन्क्यायो ? गत सोमबार लकडाउन गरियो । पुराना टेन्डर रद्द गरेर तीन घन्टाभित्र नयाँ कोटेसन दिन कम्पनीहरूलाई किन आह्वान गरियो ? ६२ दिन मौन बसेर तीन घन्टाभित्र नयाँ प्रस्ताव मागेको सरकारले खासमा कसको सेवा गर्न खोजेको हो ?

चिनियाँ दूतावास र सिचुवान प्रान्तले २ सय ८० रुपैयाँ (१६.५० युआन) मा किनेर दिएको एन–९५ मास्क नेपाल सरकारले ८ सय ३३ रुपैयाँ (७ डलर) मा कसरी किन्यो ? त्यस्तै चिनियाँ सरकारले ५ सय ५ रुपैयाँ (३० युआन) का दरले किनेर दिएको प्रोटेक्टिभ गगल्सलाई नेपाल सरकारले २१ सय ५२ रुपैयाँ (१८ डलर) केका आधारमा तिर्‍यो ? चिनियाँ सरकारले ४ हजार ७ सय १८ रुपैयाँ (२ सय ८० युआन) मा किनेर दिएको इन्फ्रारेड थर्मोमिटर नेपाल सरकारले किन्दा ७ हजार सात सय ७१ (६५ डलर) कसरी पर्‍यो ?

स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै स्वास्थ्य तथा जनासंख्या मन्त्री भानमुक्त ढकालविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि अख्तियारले पनि समाउने खतरा भयो भन्ने चाल पाए । सरकारी दलालहरू आत्तिएका थिए नै । तर तिनका केही पाल्तु प्रायोजित हनुमानहरूले कमिसनखोरलाई काँधमा बोकिरहे । 

स्वार्थका कारण चीनबाट कोरोनाभाइरसका उपचार सामग्री ल्याउने ठेक्का पाएको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलको ३२ करोड भन्दा धेरै रकम फसेको छ । यो मात्र हैन नेपाली जनताको मनमा नमीठो छाप परेको छ र सरकारप्रतिको विश्वास गुमेको छ । कम्युनिस्ट पार्टी र दुईतिहाइको मतसँगको विश्वास धर्मराएको छ। जनताको मतको अपमान भएको छ। जनताको मत लजाएको छ। के यो क्षतिको नैतिक जिम्मा प्रधानमन्त्रीले लिनुपर्दैन ? होइन यदि तपाईंलाई समेत थाहा नदिई यी सबै षड्यन्त्र भैरहेका छन् भने प्रधानमन्त्रीज्यू, त्यो तपाईंले आफ्नो ठान्नुभएका नजिकका मन्त्रीहरूबाट तपाईंमाथि भैरहेको भयंकर ठूलो धोका हो । देश र जनताप्रति गद्दारी हो । तपाईं स्वयं, देश र जनताप्रति यस्तो गद्दारी गर्ने यी धोकेबाजहरूलाई अझै पनि विश्वास गरिरहनुहुन्छ या कारवाही गर्नुहुन्छ, त्यो तपाईंकै मर्जी ।

hAMROPATRO BELOW NEWS
TATA Below
असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

कात्तिक ३०, २०८०

केही वर्षअघि विद्वान प्राध्यापक डा. अभि सुवेदीले कान्तिपुरमा लेख्नुभएको एउटा प्रसंगबाट आजको चर्चा शुरू गर्नु उपयुक्त हुनेछ । त्यस प्रसंगमा नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्रीको हैस...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x