सुर्खेत प्रहरीको थुनुवा कक्षबाट फरार तीनै जना पक्राउ

प्रतिकार्यात्मक तस्वीर।

जिल्ला प्रहरी कार्यालय सुर्खेतको थुनुवा कक्षबाट बिहीबार बिहान फरार भएका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक भरत शाहका अनुसार वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मीलाई बिहान ११ बजे लाटीकोइलीबाट नियन्त्रणमा लिएको हो। यस्तै, वीरेन्द्रनगर नगरपालिका ६ का २० वर्षीय सुनिल चौधरीलाई लक्ष्मी चलचित्र हल नजिक लुकिछिपी बसेको अवस्थामा र भेरीगंगा नगरपालिका घर भइ वीरेन्द्रनगर ११ मा बस्दै आएका २१ वर्षीय सन्देश केशरालाई भेरीगंगा नगरपालिकाको सत्तरीबाट बेलुका नियन्त्रणमा लिइएको हो।


Advertisement

प्रहरी निरीक्षक शाहका अनुसार तीनै जनालाई ब्राउन सुगर लागु औषधको मुद्दामा अर्को एक दफा थपेर मुद्दा चलाइने छ । चैत २० गते राती जिल्ला प्रहरी कार्यालय पछाडीतर्फको झ्याल उक्काई फरार हुनेहरुमा दुई जना चैत १६ गते मात्रै प्रहरीले ब्राउन सुगर लागुऔषधसहित नियन्त्रणमा लिएको थियो । 

रेग्मीलाई चैत १६ गते प्रहरीले ४ ग्राम १५० मिलिग्राम लागु औषधसहित पक्राउ गरेको थियो। यस्तै सोही दिन थारुलाई १२० मिलि ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको थियो ।   


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्