किसानलाई बाली भित्र्याउन दिने सरकारको निर्णय, अवरोध नगर्न निर्देशन

File Photo

सरकारले कोरोना भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन लम्बिएसँगै अत्यावश्यक क्षेत्रमा लचिलो गरेको छ। 

अत्यावश्यक वस्तुका पसल खोल्न दिने, उद्योग र ठूला आयोजना शर्तसहित खोल्न दिने निर्णय गरेको सरकारले किसानका लागि पनि लचिलोपना कायम गरेको छ।  गत ११ चैतदेखि लकडाउन लागू हुँदा ग्रामीण क्षेत्रमा समेत हिँडडुल गर्न प्रतिबन्ध गरिएको छ।


Advertisement

तर गहुँसहित हिउँदेबाली भित्र्याउने र धानबालीको बीउ राख्ने मौसम सुरु भएपछि कोरोना भाइरस रोकथाम तथा जोखिम नियन्त्रण उच्चस्तरीय समितिको बिहीबारको बैठकले हिउँदेबाली भित्र्याउन र अन्यबाली लगाउन अवरोध नगर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा युवराज खतिवडाका अनुसार बाहिरबाट मजदुर नल्याउने गरी किसानले बाली भित्र्याउन र लगाउन पाउने छन्। यसमा अवरोध नगर्न निर्देशन दिइएको उनले जनाए।


Advertisement

 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्