नेपाल उद्योग परिसंघ (सीएनआई) ले सुदूरपश्चिम प्रदेश सरकारलाई राहत सामग्री हस्तान्तरण गरेको छ।
परिसंघले केन्द्रीय, प्रादेशिक र स्थानीय तीनै तहका सरकारसँग समन्वयन विपन्न परिवारका लागि खाद्यान्न लगायत सामग्री वितरण थालेकोमा सुदूरपश्चिममा पनि सहयोग गरिएको हो।
कोरोना भाइरस रोकथामका लागि मुलुक नै लकडाउनको अवस्थामा रहेका बेला दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने वर्ग मारमा छन्। यो अवस्थामा परिसंघले चामल, दाल नुन, तेल, चिउरा सहयोग गरिरहेको हो।
परिसंघले बिहीबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई भेटेर राहत सामग्री हस्तान्तरण गरेको छ।
परिसंघका सुदूरपश्चिममा उद्योग परिसंघका संयोजक हेमविक्रम थापाले मुख्यमन्त्री भट्टलाई दैनिक उपभोग्य वस्तुको १ हजार थान प्याकेट हस्तान्तरण गरेका हुन्। एउटा प्याकेटमा ५ किलो चामल, २ किलो दाल, १ लिटर तेल, १ पाकेट नुन र २ प्याकेज चिउरा रहेको परिसंघले जनाएको छ।
लोकान्तर संवाददाता