पातलो कम्मर र सुन्दर शरीर चाहियो ? यी चिज खाँदै नखानुस्

यदि तपाईंलाई आफ्नो पेट र कम्मर सानो बनाउनुछ भने शारीरिक अभ्यास मात्र होइन, आफ्नो खानपानमा पनि ध्यान दिन जरुरी छ । जुन खानामा सुगर, कार्बोहाइड्रेटको मात्रा धेरै हुन्छ, त्यस्तो खाना तुरुन्त बन्द गर्नुपछ ।

यी चिजहरूले तपाईंको शरीरलाई मोटो बनाउन सक्छन् । खानपानमा तल उल्लेखित चिजहरू रोक्न सकेदेखि तपाईंको शरीर सुन्दर हुन सक्छ ।


Advertisement

मिठाई मोटोपनाको साथी हो । यसलाई कम गर्दै लैजानुपर्छ । त्यस्तै फास्ट फूड पनि तपाईंका लागि शत्रु हुन सक्छ । यसमा उच्च मात्रामा क्यालोरी हुन्छ, जसले गर्दा मोटोपना बढ्छ ।

त्यस्तै रक्सी सेवन त अन्य कारणका लागि पनि हानिकारक छ । रक्सीमा पोषकतत्व हुँदैन तर क्यालोरी भने हुन्छ । तपाईंको तौल कम गर्ने मिसनमा रक्सीले मित्रतापूर्वक सहयोग गर्दैन ।


Advertisement

त्यस्तै दूग्ध उत्पादनहरूले पनि तपाईको तौल कम गर्ने सपना साकार पार्न सक्दैनन् । यसमा क्याल्सियम त हुन्छ तर कार्बोहाइड्रेटको मात्रा पनि उत्तिकै हुन्छ । जरुरी क्याल्सियम सागसब्जीबाट लिएर दूध पिउन छोड्नुपर्छ ।

फलफूलको जुसमा पनि उच्च मात्रामा सुगर हुन्छ । धेरै जुस पिउनाले शरीरको मोटोपना बढ्न सक्छ ।

त्यस्तै नाम नै लिन नहुने अर्को खाना हो आलू । एउटा आलू खानुको मतलब तपाईले एक चम्चा चिनी खाएबराबर हुन सक्छ । स्न्याक फूड पनि तपाईंको शरीरका लागि हानिकारक छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्