×

NMB BANK
NIC ASIA

कोरोनाले निम्त्याएको संकट : सवारी साधनदेखि तालिम गोष्ठीसम्म १४ शीर्षकको बजेट रोक्का

चैत २१, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

विश्वभर कोरोनाभाइरस (कोभिड– १९)को महामारी फैलिरहेका बेला सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

अर्थमन्त्रालयका सचिव  शिशिरकुमार ढुंगानाले महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी सेवा तथा परामर्श, कर्मचारीको तालिम, गोष्ठी, सवारी साधनलगायतका शीर्षकको बजेट रोक्का गरिएको जानकारी गराएका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

'मन्त्रालय/निकायको स्वीकृत बजेटको देहाय खर्च शीर्षकमा विनियोजित बजेटमध्ये २०७६ चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागू हुने गरी २०७६/१२/१९ को निर्णयानुसार रोक्का गरिएको हुँदा यो बमोजिम गर्ने व्यवस्थाका लागि सादर अनुरोध गर्दछु,' पत्रमा भनिएको छ ।


Advertisment
Nabil box
Kumari

आर्थिक गतिविधि प्रभावित भएकाले राजस्व संकलनमा असर पुगेको र कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्रोतको व्यवस्थापन समेत गर्नुपरेकाले विभिन्न शीर्षकका बजेट रोक्का गर्नुपरेको सरकारले जनाएको छ । 

Vianet communication
Laxmi Bank

यी हुन्, बजेट रोक्का भएका शीर्षकहरू :

- सेवा र परामर्श खर्च
- कर्मचारी तालिम खर्च
- कार्यक्रम खर्च
- सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च
- विविध कार्यक्रम खर्च
- अनुगमन मूल्यांकन खर्च (अति आवश्यकबाहेक)
- भैपरी आउने चालू खर्च
- सवारी साधन
- मेसिनरी तथा औजार
- फर्निचर तथा फिचर्स
- कम्प्युटर सफ्टवेर निर्माण तथा खरिद खर्च एवं अन्य बौद्धिक सम्पत्तिप्राप्ति खर्च
- पूँजीगत अनुसन्धान तथा परामर्श
- जग्गा प्राप्ति खर्च
- भैपरी आउने पूँजीगत खर्च

हेर्नुहोस्, पत्र :

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

 तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x