×

NMB BANK
NIC ASIA

लकडाउन अवधिभर छुटमा खाद्यान्न बिक्री गरिने

चैत २२, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले लकडाउन अवधिभरका लागि निश्चित ठाउँबाट १० प्रतिशत छुटमा दैनिक उपभोग्य सामान उपलब्ध गराउने तयारी गरेको छ ।

Muktinath Bank

मन्त्रिपरिषद्को बैठकले खाद्य तथा अतिआवश्यकीय वस्तुमा १० प्रतिशत छुट गरिने भनेर गरेको निर्णयपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले यस्तो तयारी गरेको हो । मन्त्रालयले सरकारका मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट टे«डिङले बिक्री गर्दै आएका खाद्यान्न, चामल, गेडागुडी, इन्डक्सन चुलो, नुुन, चिनी, एसटीसी ग्यासलगायतमा १० प्रतिशत छुट दिने तयारी गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले ती कम्पनीबाट छुटसहित उपलब्ध गराउने सामान बिक्रीको निर्देशिका बनाउने क्रममा भएको र एक÷दुई दिनमै निर्देशिका तयार हुने बताउनुभयो । निर्देशिकामा खाद्यान्नको छुट कस्तो वर्ग वा समुदायका व्यक्तिलाई दिने भन्ने विषयमा स्पष्ट परिभाषा गरिने र त्यही आधारमा ती कम्पनीबाट उपलब्ध हुने सामान १० प्रतिशत छुटमा दिइने उनको भनाइ छ । मन्त्रालयका अनुसार ती कम्पनीले आआफ्ना पाँच÷पाँचवटा बिक्री केन्द्र र मोबाइल भ्यानमार्फत बिक्री गर्दै आएको खाद्यान्न सामग्री निर्देशिकाका आधारमा सम्बन्धित वर्ग वा समुदायलाई वितरण गरिने छ ।


Advertisment
Nabil box
Kumari

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हाल विभिन्न पाँच ठाउँबाट सुपथ मूल्यमा कम्पनीका खाद्यान्न वा इन्डक्सन चुलो उपलब्ध गराउँदै आएको छ । कम्पनीका अनुसार सो कम्पनीले केन्द्रीय बिक्री केन्द्र थापाथली, रामशाहपथ, ललितुरको लगनखेलस्थित प्रयागपोखरी, भैँसेपाटीस्थित नख्खु चोक र भक्तपुरको सूर्यविनायकबाट चामल, कर्णालीको सिमी, तीतेफापर र इन्डक्सन चुलो बिक्री गर्दै आएको छ ।

Vianet communication
Laxmi Bank

यस्तै साल्ट टे«डिङ कर्पाेरेसनले केन्द्रीय कार्यालयसहित विभिन्न पाँच ठाउँबाट नुन, चिनी, अन्य खाद्यान्न र एसटीसी ग्यास बिक्री गर्दै आएको छ । त्यस कम्पनीले तीनवटा मोबाइल भ्यानमार्फत पनि कर्पाेरेसनका खाद्यान्न उपलब्ध गराउँर्दै आएको छ । सो कम्पनीले ग्यास कालीमाटीको केन्द्रीय कार्यालय, सतुङ्गल र कोटेश्वरमार्फत बिक्रीको व्यवस्था गरेको छ भने अन्य सामान थप दुई ठाउँ जाउलाखेल र भक्तपुरबाट पनि गर्दै आएको छ । आपूर्ति मन्त्रालयले निर्देशिका तयार गरेपछि ती कम्पनीले आफ्ना बिक्री केन्द्रबाट बिक्री गर्दै आएका सामान १० प्रतिशत छुटसहित तोकिएका वर्ग समुदायलाई उपलब्ध गराउने छन् ।

यसबापत ती कम्पनीले छुट गराएबापतको रकम अर्थ मन्त्रालयले आपूर्ति मन्त्रालयमार्फत उपलब्ध गराउने छ । खाद्य कम्पनीको चामल अन्य पसलको तुलनामा सस्तो भए पनि उपभोक्ताको आकर्षण इन्डक्सन चुलोमा बढी छ । साल्ट टे«डिङ कर्पाेरेसनले चामल, दाल, गेडागुडी, आँटा, नुन, चिनी, तेल र एसटीसी ग्यास बिक्री गर्दै आएको छ तर पनि यस कम्पनीबाट अन्य सामानभन्दा एसटीसी ग्यास, नुन, चिनीको बढी कारोबार भएको सो कर्पाेरेसनले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x