मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
चैत २२, २०७६
देशबासीका नाममा राष्ट्रपतिको सम्बोधन : संयमताले नै कोरोनाबाट बँच्न सकिन्छ
राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन् गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सबैलाई आह्वान गरेकी छिन् ।
कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी महामारीका सन्दर्भमा देशवासीका नाममा शुक्रवार साँझ सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले संयमताले नै सिङ्गो समाज र राष्ट्रलाई कोरोना भाइरसबाट जोगाउन सकिने भएकाले सबैले यस पक्षमा ध्यान दिनु अति आवश्यक रहेकामा जोड दिएकी हुन् ।
उनले जनस्वास्थ्यलाई उच्च प्राथमिकतामा राखी सङ्क्रमण फैलिएर परिस्थिति नियन्त्रण बाहिर नजाओस् भनेर नै नेपाल सरकारले पूरै देशमा लकडाउन गरेको बताउँदै यदि सतर्कता अपनाइएन भने संक्रमण फैलन सक्ने भएकाले सबैलाई आफ्नो स्वास्थ्यमा आवश्यक ध्यान दिन आग्रह गरेकी छन् ।
संसारका सबैजसो मुलुकमा फैलिइरहेको यस महामारीबाट नेपाल अछुतो रहन नसके पनि अहिलेसम्म नेपालमा आन्तरिक संक्रमण नदेखिएको बरु बाहिरबाट संक्रमित भई आएकाहरुलाई पत्ता लगाएर उपचार गरिएको अवस्था भएको बताउँदै राष्ट्रपति भण्डारीले नेपाल सरकारले लिएका नीति र चालेका कदम प्रभावकारी भएकाले नै यो सीमित रहेको र फैलन नपाएको स्पष्ट गरेकी छिन् ।
उनले लकडाउनले गर्दा दैनिक जीवनमा केही अप्ठ्यारा सिर्जना भए पनि सबैलाई आफ्नो मात्र नभई आफ्नो परिवार, छरछिमेक र समग्र समुदायको स्वास्थ्य र अमूल्य जीवन जोगाउन यस बेलामा संयमित भएर घर बाहिर ननिस्कन पनि आह्वान गरेकी छिन् ।
स्वास्थ्य मन्त्रालयले भन्यो– पोखरामा कोरोनाको पोजेटिभ केस छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाभाइरस (कोभिड- १९) को थप संक्रमित आज नभेटिएको जनाएको छ ।
शुक्रवार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म जम्मा ६ जना मात्र संक्रमित रहेको बताए ।
'हालसम्म संक्रमित केस ५ वटा हो, निको भएर फर्किसकेका एक व्यक्ति बाहेक,' प्रवक्ता देवकोटाले भने, 'त्यसमध्ये २ जना काठमाडौंमा, २ जना बाग्लुङमा र १ जना धनगढीमा उपचाररत हुनुहुन्छ ।'
पोखरामा कोरोना संक्रमित भेटिएको भन्ने समाचारको पनि प्रवक्ता देवकोटाले खण्डन गरे ।
'पोखराको केस पोजेटिभ निस्कियो भन्ने कुरा (मिडियामा) आएको छ, पोखरामा हालसम्म कुनै पोजेटिभ केस छैन,' देवकोटाले भने ।
नेकपामा सरकारको निर्णयलाई लिएर तीव्र असन्तुष्टि, तत्काल सचिवालय बैठक बोलाउन माग
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर सचिवालय बैठक बोलाउन आग्रह गरेका छन् ।
स्वास्थ्य सामग्री ल्याउने क्रममा चरम भ्रष्टाचार भएको आफूले सुनेको भन्दै खनालले यो विषयमा पार्टीभित्र छलफल गर्नुपर्ने आवश्यकता देखिएको भन्दै प्रचण्डलाई बैठक बोलाउन आग्रह गरेको खनालनिकट स्रोतले जनायो ।
‘मैले अध्यक्ष प्रचण्डलाई फोन गरेर तत्काल सचिवालय बैठक बोलाउन आग्रह गरेको हुँ,’ खनालको भनाइ उधृत गर्दै उनीनिकट स्रोतले लोकान्तरसँग भन्यो, ‘अहिले सरकार विषम परिस्थितिमा छ । एकपछि अर्को विवादास्पद निर्णय गरिरहेको छ । मिडियाले तारन्तार फोन गरेर सोधिरहेका छन् । बैठक बोलाएर यसलाई तुरुन्त छिनोफानो गर्नुपर्यो ।’
शुक्रवार अपराह्न लोकान्तरसँगको छोटो कुराकानीमा वरिष्ठ नेता खनालले बैठक नै नबसेकाले मेडिकल सामान ल्याउँदा भ्रष्टाचार भएको बारेमा पार्टीले आधिकारिक धारणा कसरी सार्वजनिक गर्ने भन्दै प्रतिप्रश्न गरेका थिए ।
नेकपाका एक अर्का सचिवालय सदस्यले सरकारले एकपछि अर्को विवादास्पद काममा फँसेको बताए । ‘पहिला मेडिकल किट ल्याउँदा भ्रष्टाचार भएको कुरा आए, त्यसपछि नेपाली सेनालाई जिम्मेवारी दिने कुरा आएको छ । यो विषयमा पार्टीभित्र तत्काल गहन छलफल हुनुपर्छ । अहिले सरकार र पार्टीबीच कुनै समन्वय देखिएको छैन,’ उनले भने ।
स्रोतका अनुसार शुक्रवार अधिकांश सचिवालय सदस्यहरूबीच फोन कुराकानी भएको थियो । कुराकानीमा पछिल्लो राजनीतिक अवस्था, सरकारका विवादास्पद निर्णय लगायतका विषयहरू समेटिएको नेकपा स्रोतले बताएको छ ।
लकडाउनका कारण संसद् बैठक चैत्र ३० सम्मका लागि स्थगित
कोरोनाभाइरस (कोभिड १९)को संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन)का कारण प्रतिनिधि सभाको बैठक चैत ३० गतेसम्मका लागि स्थगित भएको छ ।
संघीय संसद्का निमित्त महासचिव गोपालनाथ योगीले शुक्रवार एक सूचना प्रकाशित गरी २३ गते आइतवारका लागि बोलाइएको बैठक सरकारले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाको आवतजावतमा लगाएको प्रतिबन्ध यथावत राखेका कारण चैत ३० गतेसम्म सारिएको जानकारी गराएका हुन् ।
कोरोना त्रासका कारण संसद् बैठक चैत्र ७ गतेदेखि लगातार सूचनामार्फत स्थगित हुँदै आएको छ ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...