लकडाउनका कारण अलपत्र मजदुरको उद्धार

कोरोना भाइरस, ९कोभिड –१९ ० को सम्भावित जोखिम कम गर्न सरकारले लकडाउन गरेपछि पाँचथरका विभिन्न आयोजनामा अलपत्र परेका मजदुरलाई उद्धार गरिएको छ ।

अहिले सम्म  ३७७  मजदुरको उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए। आयोजनाका आग्रहअनुसार अलपत्र परेकालाई  सवारी साधनको व्यवस्था गरी घरघरमा पुर्‍याइएको उनले बताए । 


Advertisement

अहिले अत्यावश्यकीय कामबाहेक एक जिल्लाबाट अर्को जिल्ला जान अनुमतिपत्र दिन प्रशासनले बन्द गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन शर्मा गुरागाईँले बताए।
 


Advertisement

कमेन्ट गर्नुहोस्