कोहलपुरका गरिब, विपन्नलाई दुगड समूहको खाद्यान्न राहत

केएल दुगड समूहले कोरोना भाइरसबाट प्रभावित बाँकेको कोहलपुरका चार सय घरपरिवारलाई खाद्यान्न वितरण गरेको छ।

दुगड समूहले कोहलपुर नगरपालिका ७, १४ तथा १५ मा ४ सय परिवारलाई प्रतिपरिवार १० केजी चामल, २ केजी चक्की आटा, १ केजी दाल, १ केजी चना र १ लिटर धारा तेल प्रदान गरेको हो। 


Advertisement

१५ केजीको फेमिली प्याक गरीब, असहाय, अपांगता भएकालाई वडा कार्यालयको समन्वयमा वितरण गरिएको हो। 

दुगड समूहका प्रदीप छाजेडका अनुसार कोरोनाका कारण कोही पनि भोकभोकै बस्न नपरोस भनेर ज्यालादारी गरेर जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारलाई राहत दिइएको हो। राहत पाउने समूहको पहिचान सम्बन्धित वडा कार्यालयको समन्वयमा गरिएको थियो।  
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्