×

NMB BANK
NIC ASIA

घुम्ती सेवामार्फत ग्यास वितरण प्रभावकारी

चैत २३, २०७६

NTC
Sarbottam
Premier Steels
Marvel

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाना पकाउने ग्यास वितरण र व्यवस्थापनमा नेपाल आयल निगमले प्रभावकारी काम गरिरहेको बताएका छन्।

Muktinath Bank

निगमले घुम्ती सेवाबाट ग्यास वितरण गरेपछि सरकारले ग्यास पुर्‍याउन सक्छ भन्ने सन्देश गएको उनको भनाइ छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निगमले सञ्चालन गरेको घुम्ती सेवाको टेकुस्थित कार्यालयको शनिबार अनुगमन गरी मन्त्री भट्टले निगमको कामको सराहना गरे । बन्दाबन्दीको समयमा सबैले ग्यास पाउन नसकेको गुनासो बढेपछि निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवामार्फत घरमै ग्यास पुर्‍याउँदै आएको छ ।


Advertisment
Nabil box
Kumari

चैत १८ गतेबाट सुरु गरेको घुम्ती सेवाले हालसम्म करिब नौ सय सिलिन्डर ग्यास वितरण गरिसकेको छ । ग्यास अभाव हुनेले फोन सम्पर्क गरेपछि घुम्ती सेवाले सोही स्थानमा ग्यास पुर्‍याउँदै आएको छ । ढुवानीको खर्च नलिई निगमले तोकेको मूल्यमा ग्यास वितरण गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।

Vianet communication
Laxmi Bank

उनका अनुसार बजारमा सहजै पहुँच बनाउन नसक्ने वर्गबाट अहिले ग्यास नपाइएको गुनासो आएको छैन । घुम्ती सेवा सञ्चालन भएपछि उपभोक्ता नठगिएको उनको भनाइ छ ।

विशेष वर्ग तथा क्षेत्रको पहिचान गरी निगमले घुम्ती सेवामार्फत ग्यास उपलब्ध गराउँदै आएको छ । निगमले १२ वटा वर्गको पहिचान गरी घुम्ती सेवा प्रदान गरेको छ ।

अशक्त, वृद्धाश्रम, अस्पताल, बालगृह, अनाथालय, कारागार, किरियाघर, पुनस्र्थापना तथा सुधारगृह, निःशुल्क भोजन गराउने सङ्घसंस्था, दीर्घरोगी, सरकारले तोकेका क्वारेन्टाइनहरू, गरिब तथा मजदुर कर्मचारीलाई घुम्ती सेवाबाट ग्यास वितरण गरिएको छ ।

सम्पर्कका लागि निगमले विभन्नि नम्बर सार्वजनिक गरेको छ । जसमा प्रत्यक्ष नम्बर ११४६ वा ०१—४२६२६००, ०१—४२६३४८५ वा मोबाइल नम्बर ९८५१२०१२६२, ९८५१०६७७२४ र ९८४७९५३१६३ मा सम्पर्क गरी ग्यास अडर गर्न सकिने जनाइएको छ । अर्डर गरेको केही छिनमै निगमले ग्यास उपलब्ध गराउँदै आएको छ । गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x